बेलायतमा थरक नेपाली (गोर्खा) समुदायले २६ अप्रिलमा गोर्खा स्मृति दिवस मनाउने

SHARE:

लन्डन । बेलायतमा थरक नेपाली (गोर्खा) समुदाय(टीएनजीसी)ले यही २६ अप्रिल २०२६ मा गोर्खा स्मृति दिवस मनाउने भएको छ ।

टीएनजीसीका अध्यक्ष तथा कार्यक्रमका प्रमुख संयोजक किशोर लिम्बुले अप्रिल २६ आइतबार वार्षिक गोर्खा स्मृति दिवसको कार्यक्रम तय भएको जानकारी दिएका हुन् । रोयल गनपाउडर म्यागजिन नम्बर ५ सेन्चुरियन वे थेम्समा पर्फ्लीट एसेक्समा कार्यक्रम बिहान साढे ९ बजेदेखि सुरु हुने छ । १०:१५ बजे गोर्खा रेजिमेन्टलगायतको परेड,१०:४५ स्मृति सेवा, ११:00 दुई मिनेट सम्पूर्ण गोर्खाहरुको सम्झनामा मौनधारण, ११:०५ गोर्खा स्मारकमा माल्यार्पण, ११:३५ मा टीएनजीसीका अध्यक्षले अप्रिल २४ को गोर्खा स्मृति दिवसको महत्त्व, गोर्खाहरुको योगदान,नेपाल र बेलायतबीचको विशेष सम्बन्धका विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । यस्तै ११:४५ मा बुगलद्वारा अन्तिम पोस्ट, १२ बजे कार्यक्रम समापन गरिनेछ ।

‘यो सेवा केवल एक परम्परा मात्र होइन यो हाम्रो लागि धेरै महत्त्वपूर्ण छ – यो हाम्रा गोर्खाली पुर्खाहरूको साहस, समर्पण र निस्वार्थताको एक सम्झना हो । जसले विश्व शान्ति र समृद्धिको रक्षाको लागि आफ्नो जीवन अर्पण गरे, उनीहरूको योगदान र बलिदान हामीले कहिल्यै बिर्सनु हुँदैन,’ अध्यक्ष लिम्बुले कार्यक्रमबारे भने, ‘हाम्रो नेपाली गोर्खाली पहिचानलाई सम्झनु हाम्रो कर्तव्य हो। तपाईंको उपस्थितिले हामीलाई मात्र होइन, हामीले सम्मान गर्नेहरूको सम्झनामा पनि ठूलो अर्थ राख्नेछ । आउनुहोस् हामी एकता र कृतज्ञतामा भेला होऊ, प्रतिबिम्बित गरौं, सम्मान गरौं र कहिल्यै नबिर्सने वाचा गरौं ।’

सहभागीलाई ग्रेजबाट गोर्खा स्मारक स्थलसम्म नि:शुल्क बस सेवा रहेको छ । जुन बिहान ८:५० मा जब सेन्टर ग्रेसबाट छुट्नेछ ।

विस्तृत विवरण

🙏 हाम्रा सम्मानित नेपाली समुदायका सम्पूर्ण महानुभावहरुलाई नमस्ते र अभिवादन,🙏

हजुरहरु सबैको जानकारीको लागि आगामी महत्त्वपूर्ण कार्यक्रमहरू निम्नानुसार छन्-

*1) Gurkha Memorial Day, Sunday 26th April 10:00 AM*

अप्रिल 26 गते आइतबार हाम्रो वार्षिक गोर्खा स्मृति दिवसको कार्यक्रममा कृपया हजुरहरु सबै जना उपस्थित हुनुहोला ।

यो सेवा केवल एक परम्परा मात्र होइन यो हाम्रो लागि धेरै महत्त्वपूर्ण छ – यो हाम्रा गोर्खाली पुर्खाहरूको साहस, समर्पण, र निस्वार्थताको एक सम्झना हो जसले विश्व शान्ति र समृद्धिको रक्षाकोलागि आफ्नो जीवन अर्पण गरे, उनीहरूको योगदान र बलिदान हामीले कहिल्यै बिर्सनु हुँदैन।

हाम्रो नेपाली गोर्खाली पहिचानलाई सम्झनु हाम्रो कर्तव्य हो। तपाईंको उपस्थितिले हामीलाई मात्र होइन, हामीले सम्मान गर्नेहरूको सम्झनामा पनि ठूलो अर्थ राख्नेछ।

आउनुहोस् हामी एकता र कृतज्ञतामा भेला होऊ, प्रतिबिम्बित गरौं,
सम्मान गरौं, र कहिल्यै नबिर्सने वाचा गरौं।

कार्यक्रमको रुपरेखा यस प्रकार छन।
Sunday 26th April
09:30 अतिथि आगमन को शुरुवात।
10:15 परेड गोर्खा रेजिमेन्ट र अन्यद्वारा ।
10:45 स्मृति सेवा
11:00 दुई मिनेट सम्पूर्ण गोरखाहरु को सम्झनामा मौन धारण ।
11:05 गोर्खा स्मारकमा माल्यार्पण।
11:35 अप्रिल 24 को गोर्खा स्मृति दिवसको महत्व, गोर्खाहरुको योगदान र
नेपाल र बेलायतबीचको विशेष सम्बन्ध TNGC अध्यक्ष द्वारा सम्बोधन।
11:45 बुगलद्वारा अन्तिम पोस्ट।
12:00 आयोजक द्वारा कार्यक्रम को समापन।

चिया र कफी साथै खाजा संग्रहालय क्याफे भित्र उपलब्ध हुनेछ।
मिति: अप्रिल 26 आइतवार
समय: बिहान ९:३० – १२ अपराह्न सम्म
स्थान:
Royal Gunpowder Magazine Number 5
Centurion Way
Purfleet on Thames
Essex
RM19 1ZZ

ग्रेजबाट गोर्खा स्मारक स्थलसम्म नि:शुल्क बस सेवा प्रदान गरिएको छ।
Bus Time: 08:50, 26 April 2026
Place: Job Centre Grays
सबै कार्यसमितिका सदस्यज्युहरू, कृपया यो हाम्रो महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुन हजुरहरु सक्दो प्रयास गर्नुहोस्, कृपया बिहान ९:१५ बजे सम्ममा आइपुग्नुहोस्। हामी सबै मिलेर यो कार्यक्रम सफल बनाउन काम गरौं। साथै कार्यक्रमको तयारी र पाहुनाको उपस्थितिको हेरचाहमा सहयोग गर्नुहोस्।

*2) Essex Police Community engagement Day with Chief Insp. Daniel Barnes(comm.), HQ and Grays team.*

Sunday 3rd May, TNGC Hall, Grays
Start: 12:00

हामी एसेक्स प्रहरीसँग मिलेर एउटा कार्यक्रम आयोजना गर्दैछौं, जहाँ एसेक्स प्रहरी हामीसँग प्रत्यक्ष रूपमा संवाद गर्दै समुदायलाई कसरी सहयोग गर्न सकिन्छ, संलग्नता कसरी बढाउन सकिन्छ, र विश्वास कसरी निर्माण गर्न सकिन्छ भन्ने बारे जानकारी दिनेछ। तपाईंहरूले स्थानीय प्रहरीसँग प्रत्यक्ष भेटघाट गरी खुला छलफल गर्न सक्नुहुनेछ।

यो कार्यक्रममार्फत तपाईंहरूले:
* प्रहरी सेवाहरू र उपलब्ध सहयोगबारे प्रश्न सोध्न सक्नुहुनेछ।
उदाहरण को लागीयदि तपाईंलाई जातीय दुर्व्यवहार गरिएको छ भने, यदि तपाईंलाई जो कसैले धम्की वा आक्रमण गरिएको छ भने, कसरी रिपोर्ट गर्ने जस्ता प्रश्नहरू।
* प्रहरीले समुदायसँग कसरी सहकार्य गरेर विश्वास र सुरक्षालाई मजबुत बनाउँछ भन्ने बुझ्न सक्नुहुनेछ ।
* प्रहरी सेवामा रोजगारी तथा भर्ती सम्बन्धी अवसरहरूको जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

तपाईंको आवाज महत्त्वपूर्ण छ, र यो कार्यक्रम हाम्रो समुदाय र प्रहरीबीचको सम्बन्धलाई अझ बलियो बनाउनको लागि आयोजना गरिएको हो।
चिया र कफी साथै खाजा उपलब्ध हुनेछ। कृपया आफ्नो परिवारसहित उपस्थित भई सक्रिय सहभागिता जनाउनुहोस्।

धेरै धेरै धन्यवाद।
भवदीय,
किशोर लिम्बु
अध्यक्ष, TNGC
प्रमुख सॅयोजक

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!