लन्डन । चर्चित लोक तथा दोहोरी गायिका मञ्जु विक ९ वर्षपछि बेलायतको सांगीतिक भ्रमणमा निस्किएकी छन् ।
सृजनशील नेपाली समाजको निमन्त्रणामा शुक्रबार नेपालबाट यूके प्रस्थान गरेकी हुन् । ‘करिब करिब ९ वर्षपछि फेरि दोश्रो पटक आफ्नो साङ्गीतिक कार्यक्रमको लागि यूकेसम्मको यात्रा गर्दैछु । विशेषगरी सृजनशील नेपाली समाज बेलायतका अध्यक्ष विकास रनपैलीज्यू, आमा समूहकी अध्यक्ष नुनमाया दर्जीज्यूलगायत सम्पूर्ण सल्लाहकारज्यूहरूमा धन्यवाद छ,’ एयरपोर्टको फोटो पोस्ट गर्दै मञ्जुले फेसबुकमा लेखेकी छन् ।
मञ्जुले यात्राको आरम्भमा पहिलो बेलायत भ्रमणको स्मरणसमेत गरेकी छन् । ‘यतिखेर प्लेनमा बसिरहँदा मलाई पहिलो पटक बेलायत बोलाउनुहुने मेरो लमजुङ जिल्लाका पूर्वअध्यक्षज्यूहरू र वर्तमान अध्यक्ष पूर्णराज गुरुङज्यू, उपाध्यक्षज्यूलगायतको सिङ्गो कार्यसमितिलाई , साथै गोर्खा जिल्लालगायत बेलायतवासी सम्पूर्ण श्रद्धेय बुबा, आमा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई खुब सम्झेको छु। यहाँहरुले मेरो पहिलो यूके भ्रमण खुम सार्थक बनाइदिनु भएको थियो,’ उनको पोस्टमा छ, ‘यहाँहरूको मायाले म फेरि बेलायत आउँदैछु। यहाँहरूको गाउँ/जिल्लामा हुने समर भेटघाट कार्यक्रममा भेट्ने आशाका साथ म केही महिनाका लागि बेलायततर्फ लाग्दैछु ।’









