बेलायतमा २४औँ गोर्खा कपका लागि मुख्य विधातर्फ ३२ टोली र भेट्रान विधातर्फ १६ टिम दर्ता

SHARE:

लन्डन । २४औँ गोर्खा कप २०२६ का लागि टिम दर्ता प्रक्रिया आधिकारिक रूपमा बन्द भएको छ । आयोजक संस्था तमु धीं यूकेका अनुसार यस वर्ष प्रतियोगितामा मुख्य विधातर्फ ३२ टोली र भेट्रान विधातर्फ १६ टोली सहभागी हुने निश्चित भएको छ ।

आयोजकले प्रतियोगिताप्रति निरन्तर उत्साह र सहयोग प्रदान गर्ने सबै खेलाडी, टोली तथा समर्थकहरूलाई धन्यवाद व्यक्त गरेका छन् । उनीहरूको सहभागिता र साथले हरेक वर्ष गोर्खा कपलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको आयोजकले जनाएको छ । दर्ता गर्न नसकेका टोलीहरूलाई भएको असुविधाप्रति आयोजकले क्षमायाचना गर्दै सबैको समझदारीप्रति कृतज्ञता व्यक्त गरेको छ ।

बहुप्रतीक्षित २४औँ गोर्खा कप आगामी २४ मेमा अल्डरसटस्थित क्वीन्स एभिन्यूमा आयोजना हुने छ । आयोजकले सो दिन खेलाडी, समर्थक तथा समुदायका सबै सदस्यहरूलाई उपस्थित भई प्रतियोगितालाई सफल बनाउन आह्वान गरेको छ ।

टिम दर्ता यही अप्रिल ५ देखि सुरु गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!