विपासना ध्यान

SHARE:

परिचय
विपासना भारत तथा नेपाललगायत अन्य देशको एकदम पुरानो ध्यान साधना हो । धेरै पहिला मानव विकासक्रममा हराए पनि गौतम बुद्धले २५०० वर्ष पहिला पत्ता लगाइ प्रयोग गरेको थियो । विपासना भनेको वस्तुहरुलाई जस्ताको तस्तै अथवा सही देख्नु हो । यो यस्तो पद्धति हो, जसमा आफैं महसुस गरी आफैं शुद्धीकरण गर्नु हो । र, हाम्रो श्वासलाई ख्याल गरी दिमागलाई स्थिरता अथवा सरलता ल्याउनु हो । जब हाम्रो चेतनालाई संवेदनशील बनाइन्छ । हामीहरुले हाम्रो शरीर र दिमागको परिवर्तनलाई थाहा पाउन सकिन्छ । र, हाम्रो संसारिक जीवनको महत्तव अत्यन्त छ, दु:ख र घमण्डहरुलाई बुझ्न सकिन्छ ।
यो अनुभव हुनमा शुद्धीकरणको प्रक्रियाले गर्दा नै हो । यो नितान्त कुनै धर्मसँग सम्बन्धित छैन । त्यसैले विपासना कुनै पनि धर्म, जात, लिङ्गले कुनै पनि समयमा कुनै पनि ठाउँमा गर्न सकिन्छ ।

विपासना भन्ने के होइन ?
– यो कुनै अन्ध विश्वासमा गर्ने क्रियाकलाप होइन
– यो कुनै पनि दार्शनिक मनोरञ्जन तथा बुद्धिमता होइन
– यो कुनै विश्राम गर्ने, छुट्टि मान्ने र अन्तरघुलन गर्ने कार्यक्रम होइन
– यो दैनिक जीवनको दु:ख, संघर्षबाट टाढा भाग्ने कार्यक्रम अथवा विधि होइन ।

विपासना भनेको के हो ?
– यो चाहिँ यस्तो तरिका हो, जसले दु:खलाई अन्त्य गर्छ अथवा हटाउँछ ।
– यो चाहिँ हाम्रो दिमागलाज्ञ शुद्धीकरण गर्ने प्रविधि हो, जसले हाम्रो जीवनको तनावहरु र दु:खहरुलाई नरम र बराबर तवरले समाधान गर्न मद्दत गर्दछ ।
यो चाहिँ यस्तो जीवन बाँच्ने कला हो जसले व्यक्तिले समाजमा सकारात्मक तरिकाले सहयोग पुर्‍याउन सक्छ ।

अनुशासनको नियमहरु
शिला आचरण यसको आधार हो । शिलाले नै समाधि दिमागलाई स्थिरता अथवा बहसमा जानको लागि मद्दत गर्दछ । दिमागको शुद्धीकरण भित्री ज्ञानबाट पाइन्छ ।

गर्न नहुने कार्यहरु
१ मारकाट नगर्ने
२ चोरी नगर्ने
३ बेभिचार नगर्ने
४ असत्य नबोल्ने
५ लागु पदार्थ नखाने

पुरानो विद्यार्थीहरुको लागि
६ दिउँसोबाट नखाने
७ मनोरञ्जन र शरीर सजावट नगर्ने
८ अग्लो र सुविधासम्पन्न विस्तार प्रयोग नगर्ने

(साभार तथा अनुवाद गरिएको छ ।)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!