बेलायतवासी कोपिला लिम्बुका पाटनमा हत्या गरिएका दुई छोराहरुको दाहसंस्कार

SHARE:

लन्डन । बेलायतको आशफोर्ड निवासी कोपिला लिम्बुका ललितपुरको पाटनमा चक्कु प्रहार गरी हत्या गरिएका दुई छोराहरुको दाहसंस्कार गरिएको छ ।

पाटन दरबार स्क्वायरमा छुरा प्रहारबाट गत बुधबार हत्या भएका झापा घर भई ललितपुर बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । हाम्रा संवाददाता गजेन्द्र नेम्वाङका अनुसार पाटन अस्पताल परिसरमा अन्तिम श्रद्धाञ्जलिपछि शनिबार सुमित र सिर्जनको दाहसंस्कार गरिएको हो ।

‘तीन दिनअघि मासु पसलेले हत्या गरेका नेम्बाड. दाजुभाइहरुप्रति हार्दिक श्रद्धाञ्जली । स्थान – पाटन अस्पताल !! बेलायतको आशफोर्ड निवासी मृतक भाइहरुको आमा कोपिला लिम्बु र बुबा देउकुमार नेम्बाङसँग पनि कुराकानी गरें । नेम्बाङ दाजुभाइहरुको पशुपतिमा दाहसंस्कार गरिएको छ ।’

प्रहरीका अनुसार सिर्जनले अर्को व्यक्तिको नम्बर ठानेर डायल गर्दा सञ्जीव नेपालीको नम्बरमा फोन गएको थियो । त्यही विषयमा उनीहरूबीच फोनमा भनाभन भयो । भेटेरै कुरा गर्ने भन्दै उनीहरू पाटन दरबार क्वायरमा जम्मा भए । जहाँ विवाद बढेपछि संजीवले छुरा हानेका हुन् । गम्भीर घाइते भएका नेम्वाङ दाजुभाइको उपचारको क्रममा बिएन्डबी अस्पतालमा मृत्यु भएको हो । हत्यामा संलग्न सञ्जीव नेपाली प्रहरीको नियन्त्रणमा छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!