विश्वभरीका जिवित मानिसहरु मध्ये सबैभन्दा जेष्ठ सदस्य जापानी नागरिकको निधन

SHARE:

टोकियो — विश्वभरीका जिवित मानिसहरु मध्ये सबैभन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ वर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीहरुले एएफपी समाचार समितिलाई आइतबार सो जानकारी दिएका छन् ।

जापानी महिला नाबी ताजिमाको ११७ वर्षको उमेरमा शनिबार बेलुका झण्डै ८ बजेतिर निधन भएको स्थानीय सञ्चार माध्यमहरुले आइतबार समाचार सम्प्रेषण गरेका छन् ।

उनको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो । किकाइ द्विपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उनको निधन भएको सरकारी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सबैभन्दा जेष्ठ नागरिक बनेकी थिइन् ।

गिनिज बुक अफ बर्ल्ड रेकर्डका अनुसार यसअघि विश्वका जेष्ठ नागरिक जमाइकाका भोइलेन्ट ब्राउन सन् २०१७ को सेप्टेम्बरमा निधन भएपछि विश्वको सबैभन्दा जेष्ठ नागरिकको खोजी भएको र ताजिमा विश्वको सबैभन्दा जेष्ठ नागरिक बनेकी थिइन् ।

ताजिमाको निधनपछि विश्वकै अर्का जेष्ठ सदस्य पनि जापानकै नागरिक भएका छन् । झण्डै ११२ वर्षका मसाजो नोनाका अहिले जिवित नागरिक मध्ये सबैभन्दा जेष्ठ नागरिक बनेका हुन् ।

जापानमा धेरै नागरिकहरु लामो उमेर बाँच्ने गर्दछन् । झण्डै ६८ हजार जापानी नागरिकहरु एक सय वर्ष भन्दा बढी उमेरका रहेको सरकारी स्रोतले गत वर्ष नै जानकारी दिएको थियो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!