मगर संघ युकेले ‘नेपाली ओपन कन्सर्ट’ २५ जुलाईमा आयोजना गर्ने

SHARE:

लण्डन। मगर संघ युकेले आगामी जुलाई २५ मा ‘नेपाली ओपन कन्सर्ट २०२६’ (Music for Unity) शनिबार २५ जुलाई २०२६ मा आयोजना गर्ने भएको छ। सन् २००२ मा स्थापना भएको यस संस्थाले बिगतका वर्षहरुमा झैँ यस वर्ष पनि बेलायतमा रहेका नेपाली समुदायलाई संगीतको माध्यमबाट एकजुट गराउने उद्देश्यका साथ यो बृहत् खुला कन्सर्टको आयोजना गर्न लागेको मगर संघ युकेका अध्यक्ष लाल बहादुर पुन (लालु) ले जानकारी दिएका छन् ।

यस वर्षको कन्सर्ट अल्डरसटस्थित प्रसिद्ध रसमोर एरिनामा सञ्चालन हुनेछ। आयोजकका अनुसार उक्त स्थानमा पुग्नका लागि फ्लिट रोडबाट प्रवेश मार्गको व्यवस्था मिलाइएको छ।

दिउँसो १३:०० बजेदेखि राति २२:३० बजेसम्म चल्ने सांगीतिक उत्सवमा ख्यातिप्राप्त मन्त्र ब्यान्डका कलाकारहरूको प्रस्तुति रहने बताइएको छ। एकताको सन्देश बोकेको यस कार्यक्रममा बेलायतवासी सम्पूर्ण नेपालीहरूलाई गरिमामय उपस्थितिका लागि आयोजकले निमन्त्रणा गरिएको छ।

कार्यक्रम सम्बन्धी थप विस्तृत जानकारी तथा अपडेटका लागि एशोसिएशनको आधिकारिक वेबसाइट www.magaruk.org मा हेर्न सकिने केन्द्रीय समितिले जनाएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!