बिष्णु भण्डारी
अल्डरसट । राखु समाज युकेको १४ औं वार्षिक साधारणसभा सप्पन्न भएको छ ।
बेलायतको क्याम्बर्लीस्थित रोयल मिलिटरी एकेडेमी स्यान्डस्टमा २३ मे २०२६ मा समाजको साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रम सन्चालन सचिव सुजता भण्डारीले गरेकी थिइन् भने हेल्थ एन्ड सेफ्टी संस्थाका संरक्षक मेजर डम्बर शाहीले जानकारी गराए । कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष सोभिता शाही राखेकी थिइन् ।
वार्षिक सभामा आर्थिक विवरण कपिल मल्लले प्रस्तुत गर्दै ६७ लाख नेपाली रुपैयाँबराबरको सहयोग राखुमा विभिन्न क्षेत्रमा सहगोग गरिसकिएको जानकारी गराए ।
उपाध्यक्ष पुष्पा मल्लले धन्यवाद ज्ञापन गरेकी थिइन् ।
राखु समाजका संस्थापक अध्यक्ष तथा संरक्षक मेजर डम्बर शाहीद्वारा मुक्तिधाम माध्यमिक बिद्यालय राखुका पुर्वविद्यार्थी डा. दुत पुनको प्रेरणादायी जीवनी प्रस्तुत गरेका थिए । डा पुन आफैले विविधताले भरिएको गाउँ राखुमा अध्ययन गर्दाको अमूल्य समय नै जीवनको मुख्य मार्गदर्शक भएको बताए ।
राखु समाजका सदस्य तथा ज्वाइँ चेलीहरुद्वारा अतिथि डा दुत पुन र जमुना पुन दम्पतीलाई भव्य स्वागतपश्चात् रात्रिभोजमा सरिक भएका थिए ।






