जीटुजी वार्ताको पूर्वसन्ध्यामा बीजीडब्लुएसको बैठक, के के भए निर्णय ?

SHARE:

बेलायत। बेलायत र नेपाल सरकारबीच हुन गइरहेको ‘गभर्नमेन्ट टु गभर्नमेन्ट’ (G2G) वार्ताको पूर्वसन्ध्यामा ब्रिटिस गोरखा वेल्फेयर सोसाइटी (BGWS) ले जुममार्फत भर्चुअल बैठक सम्पन्न गरेको छ। बिहीबार, ४ जुन २०२६ का दिन साँझ आयोजित उक्त बैठकमा संस्थाको आगामी कार्यतालिकाका साथै आगामी सोमबार, ८ जुन २०२६ मा हुने जीटुजी वार्ताको तयारीका बारेमा व्यापक छलफल भएको छ।

बैठकको प्रारम्भमा संस्थाका जनसम्पर्क प्रमुख प्रकाश गुरुङले उपस्थित सम्पूर्ण सदस्यहरूलाई स्वागत गर्दै औपचारिक रूपमा छलफललाई अगाडि बढाएको थिए । बैठकमा संस्थाका कोषाध्यक्ष WO2 टेक बहादुर थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यसैगरी, महासचिव छत्रबहादुर राईले आगामी आइतबार, ५ जुलाई २०२६ का दिन आयोजना हुन गइरहेको संस्थाको वार्षिक भेटघाटको तयारीका विषयमा विस्तृत जानकारी दिएका थिए।

बैठकमा पिआर प्रकाश गुरुङले संस्थाको भवन, अन्य संघ-संस्थाहरूसँगको सम्बन्ध र संस्थाका विभिन्न गतिविधिहरूका बारेमा अवगत गराएका थिए । साथै, आगामी शनिबार, २७ जुन २०२६ मा मनाइने ‘आर्म्ड फोर्सेज डे’ का अवसरमा बीजीडब्लुएसका सदस्यहरू ‘स्ट्यान्डर्ड ब्यारियर’ (एसबी) सहित मार्च पासमा सहभागी हुने र सोको आवश्यक तयारीका बारेमा पीआर प्रमुख प्रकाश गुरुङ तथा एसबी संयोजक ओम थापा काउचाले बैठकमा छलफल गरेका थिए ।

बैठकमा संस्थाका अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपीले आगामी सोमबार, ८ जुन २०२६ मा हुने जीटुजी वार्ताको प्रगति, पूर्वतयारी, रणनीति र आगामी योजनाहरूका बारेमा सहभागीहरूलाई स्पष्ट पारेका थिए । यस पटकको उच्चस्तरीय वार्तामा बेलायतका रक्षामन्त्री जोन हिली, भूतपूर्व सैनिक मामिला मन्त्री (भेट्रान मिनिस्टर) लुइस स्यान्डर-जोन्स, नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल (जुममार्फत), बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी, सैनिक सहचारी महासेनानी अनुप शाहका साथै ग्रुप टेन (G10) का प्रतिनिधिहरूको सहभागिता रहने जानकारी मेजर देवानले दिए । बैठकमा जीटुजीको विषयलाई लिएर उपस्थित सदस्यहरूबाट उठेका विभिन्न जिज्ञासा र प्रश्नहरूको उत्तर दिँदै अध्यक्ष देवानले सहजीकरण गरेका थिए ।

बैठकको अन्त्यमा अध्यक्ष मेजर देवानले महासचिव छत्र बहादुर राई, कोषाध्यक्ष टेक बहादुर थापा, पीआर प्रमुख प्रकाश गुरुङलगायत उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई सक्रिय सहभागिताका लागि धन्यवाद ज्ञापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!