लन्डन । बेलायतमा निधन भएका पूर्व ब्रिटिस गोर्खा कुवेरसिङ नेम्बाङको पार्थिर शरीर अन्त्येष्टिका लागि नेपाल लगिने भएको छ ।
पूर्वब्रिटिस आर्मी स्टाफ सार्जेन्ट कुवेरसिङको शव नेपाल लैजाने तयारी करिब अन्तिम चरणमा पुगेको उनका जेठा छोरा नगेन्द्रराज नेम्वाङले जानकारी गराएका छन् । उनका अनुसार १९ जुन २०२६ मा कुवेरसिङको शव बेलायतबाट नेपाल लगिने छ ।
शव नेपाल लैजानुअघि १७ जुनमा आसफोर्ड केन्टस्थित सेन्ट सिमोन्स चर्च ब्रुकफिल्डमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने समेत जनाइएको छ । पूर्वगोर्खा कुवेरसिङको २०८३ जेठ २१ मा बेलायतको केन्टस्थित विलियम हार्भे अस्पतालमा ९२ वर्षको उमेरमा निधन भएको हो । उनका श्रीमती, दुई छोरा र ११ छोरी छन् ।
कुवेरसिङको निधनदेखि नै निरन्तर सहयोग गर्दै आएको किरात याक्थुङ चुम्लुङ आस्फोर्ड शाखा यूकेले जुन १७ मा हुने भ्यूइङ कार्यक्रमको अभिभारा पनि लिएको छ । शाखाका अध्यक्ष सुन्दर लिङ्थेप, सचिव लालहाङ थलङले श्रद्धान्जली पत्र अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।







