बागलुङे समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम जुलाई ४ मा हुने

SHARE:

लन्डन । बागलुङे समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम २०२६ आगामी ४ जुलाईमा गर्ने भएको छ ।

सांगीतिक प्रस्तुतिसहित अल्डरसटस्थित एम्पायर बैंक्वेटिङ एन्ड हलमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा नेपालबाट आउने चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, बागलुङे समुदायका मौलिक लोकसंस्कृति झल्किने कार्यक्रम, नौमती बाजा तथा स्थानीय कलाकारहरूको आकर्षक नृत्य प्रस्तुत गरिनेछ ।

कार्यक्रममा कलाकार राजेन्द्र घर्ती मगरलगायत सहभागी हुनेछन् ।

बेलायतमा बसोबास गर्ने बागलुङे तथा सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरिएको छ ।

कार्यक्रमले बागलुङ जिल्लासँगको भावनात्मक सम्बन्धलाई थप बलियो बनाउने र नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति तथा पहिचानसँग जोड्ने विश्वास आयोजकको छ ।

बागलुङ मूल घर भई बेलायतका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रम दिउँसो १२ बजेदेखि सुरु हुनेछ। प्रवेश शुल्क वयस्कका लागि २५ पाउन्ड र ६ देखि १२ वर्षसम्मका बालबालिकाका लागि १० पाउन्ड निर्धारण गरिएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!