घाइते पदममायाको उपचारका लागि सिन्धुली ट्रष्टको सहयोग

SHARE:

काठमाडौं । सिन्धुली गोलञ्जोर गाउँपालिका–४ तीनकन्याका पदममाया गुरुङको स्वास्थ्योपचारका लागि सिन्धुली ट्रष्ट नेपालले आर्थिक सहयोग गरेको छ ।

गोरु चराउन जाँदा लडेर घाइते भएकी ७७ वर्षीया गुरुङलाई ट्रष्टको तर्फबाट अध्यक्ष उज्ज्वल विक्रम थापाले २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।

लडेर खुट्टा भाँचिएर काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत गुरुङको अपरेशन गर्न आर्थिक अभाव भएपछि ट्रष्टको तर्फबाट आर्थिक सहयोग गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

अन्य सहयोगीहरुलाई समेत उपचारमा सघाउनका लागि समेत अध्यक्ष थापाले आग्रह गर्नुभएको छ । रकम हस्तान्तरण गर्न ट्रष्टका अभियन्ता डण्ड गुरुङ समेत सहभागी थिए । ट्रष्टको तर्फबाट सिन्धुलीका स्थानीय बासिन्दाको उपचारका लागि विगतदेखि नै सहयोग गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!