ललितपुर । प्रथम एभरेष्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिताको उपाधि नेपाली सेना हात पारेको छ ।
शुक्रबार ललितपुरमा सम्पन्न खेलमा सेनाले १९ स्वर्ण १८ रजत र १० कास्य पदकसहित पहिलो भएको हो । उपाधिसँगै नेपाली सेनाले १ लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ । त्यस्तै १८ स्वर्ण ५ रजत र ७ कास्यसहित सितापाईला डोजाङ द्धितीय भएको छ भने ५ स्वर्ण र ४ रजतसहित टिम कोटेश्वर तृतीय भएको छ । द्धितीय र तृतीय टिमले क्रमश: ५० र २५ हजारसहित ट्रफि र मेडल प्राप्त प्राप्त गरे ।
प्रतियोगीतामा बेष्ट प्लेयर पुरुषतर्फ बाराका सुदीप नेपाली र महिलातर्फ कोटेश्वरका सुस्मीता तामाङले हात पारिन । उनीहरुले जनही १०–१० हजार रुपैया प्राप्त गरे । त्यस्तै बेष्ट रेफ्री सुरेन्द्र खड्की घोषित भए । उनले पनि रु १० हजार प्राप्त गरे । प्रतियोगीताको अनुसासित टिमको उपाधी मारिया मोन्टेश्वरी बुटवले हात पार्यो । प्रतियोगितामा एक हजार २ सय २ खेलाडी सहभागी थिए । प्रतियोगीता एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाको आयोजनामा भएको थियो ।