एटा संवाददाता
लन्डन । नेपाल उत्पीडित जातीय समाज यूके (युरोप) ले ५४औं अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । गत शनिबार १६ मार्चका दिन अल्डरसटस्थित एम्पायरमा सो अन्तत्र्रिmया कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा किंगस्टन युनिभर्सिटीका रिसर्च फेलो डा. मित्र परियारले कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा नेपालका दलित तथा जनजातिहरुको भोग्दै आएका विभिन्न समस्याहरु उल्लेख थियो । उनको कार्यपत्रमाथि डा. कृष्ण अधिकारी, डा. मिनबहादुर रानाभाट, अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर डेभिड गेल्नर र पिएचडी फेलो भक्त गुरुङले टिप्पणी गरेका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष हरिशचन्द्र नेपालीले समाजको बारेमा विस्तृत जानकारी दिएका थिए । उनले ‘मानवका निम्ति मानवियता र मानवियताका निम्ति सचेतना’ भन्ने मूल नाराका साथ २०१३ सालको मार्च १७ गते पोर्चुगलमा प्रथम भेला गरी समाजको स्थापना भएको जानकारी दिए । उनले संस्थाले हालसम्म गरेका विभिन्न कामहरुको बारेमा उल्लेख गर्दै सबैलाई धन्यवाद दिए ।
त्यस्तै, उपेक्षित, उत्पीडित र दलितवर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्ध नेपालीले जातीय विभेदको विषयमा अनलाइनमार्फत जानकारी दिएका थिए ।
कार्यक्रममा समाजका उपाध्यक्ष एवं कार्यक्रमका अध्यक्ष धनबहादुर सार्कीले ‘दलित शब्द कहाँबाट, कसरी र कस्ले ल्याएको हो’ भन्दै उनले, ‘जबसम्म ‘दलित’ शब्द रहिरहन्छ, दलितका लागि कोटाको व्यवस्था गरिन्छ, तबसम्म एकअर्कामा विभाजन भइरहने बताए । नेपालमा ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी चार जात छुट्टयाइएबाट नै एकअर्कामा विभाजन शुरु भएको जिकिर गरे । उनले पुरुष र महिला गरी जम्मा दुई जात मात्र नभएसम्म नेपालमा विकास नहुने उनको भनाइ थियो । साथै, उनले उपस्थितिका लागि सबै सहभागीहरुलाई धन्यवाद दिदै
‘म त्यत्ति मिडियामा नआए पनि सुरुदेखि नै सामाजिक कार्यमा लागेको हुँ । एकजना दलित भनिने व्यक्ति बित्दा लास छुन समेत साथीहरूले नमानेपछि २००३ देखि हामीले श्रीजनशील समाज खोल्यौं । हालसालै म त्यो संस्थाको अध्यक्ष थिएँ । अहिले श्रीजनशीलको विरूद्धमा नयाँ खोल्यो कि भन्ने कोही कसैलाई लागेको भए त्यो भ्रममा नपर्न अनुरोध छ । म सामान्य व्यक्ति भए नि मेरै थरजातको संगठन बनाउन्न । पार्टी खाने, भेटघाट हुने समाजहरू धेरै छन् । तर म सानो रूपमा भए पनि सबै जाति, संस्थाहरू र बेलायती साथीहरूको समेत मद्दतमा यस्तै छुवाछूत विरोधी कार्यक्रमहरू गर्न गइरहेको छु । आजसम्म यस्तो काम यहाँ हुन सकेको छैन । म र मेरो परिवार त राम्रै गरेर खाऔला, तर मेरा सजातीयहरू, दलित विल्ला भिराइएकाहरू काटिँदै गर्दा, मारिँदै गर्दा मेरो मन रून्छ । यसतर्फ सबैको सहयोग लिएर अगाडि बढ्न चाहन्छु ‘ भने I
त्यस्तै, नेपाली दूतावास लण्डनका द्वितिय सचिव लब सुवेदीले सबैलाई अन्तर्राष्ट्रिय जातीय तथा रङ्गभेद उन्मूलन दिवसको अवसरमा शुभकामना दिँदै कार्यक्रम आयोजनाका लागि समाजलाई धन्यवाद दिए । त्यस्तै, एनआरएनए युके अध्यक्ष योगकुमार फगामीले सहकार्य गरेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै शुभकामना दिए ।
नेपाली दूतावास लन्डनका द्वितीय सचिव लब सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गायिका मिरा राणा, उमा नेपाली, एनआरएनए उपाध्यक्ष पुनम गुरुङ, प्रेम गाहामगर, एनआरएनए संरक्षक सूर्य गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ उपाध्यक्ष लिला सेलिङ्ग माबो, एनडिएफ युके अध्यक्ष राजेन्द्र पुडासैनी, नेपाली जनसम्पर्क मञ्च युकेका निवर्तमान अध्यक्ष लोक गुरुङ, कुमार बिक, शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर युकेका उपाध्यक्ष क्याप्टेन गोपाल विक, गोर्खा जिल्ला समाज युके अध्यक्ष कर्ण दर्लामी, लेप्टन कर्णेल तोल खाम्चा, एनआरएनए आईसीसी सदस्य सुस्मा राई, राजन खकुरेल, उदयराज राणा, अशोक गहतराज, दनम सिं र नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गी मगर लगायत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।
सो समाजका उपाध्यक्ष धन बहादुर सार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका सल्लाहकार अर्जुन सुनारले स्वागत मन्तब्य दिएका थिए भने सचिव ललित परियारले कार्यक्रम संचालन गरेका थिए ।