गोर्खाली समाज युकेको अध्यक्षमा कर्ण

SHARE:

एटा सम्वाददाता
अल्डरसट । गोर्खाली समाज युकेको अध्यक्षमा कर्ण दर्लामी मगर चयन भएका छन् । गत २८ अप्रिलका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजित समाजको सातौं अधिवेशनले उनी आठौं कार्यसमितिको अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

सो नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरिभक्त न्यौपाने, उपाध्यक्षमा टकमाया गुरुङ र हेम गुरुङ, महासचिवमा अशोक ढकाल र कोषाध्यक्षमा हिमला गुरुङ चयन भएका छन् । उनीहरुलाई निर्वाचन समितिका संयोजक बिष्णु तामाङ्गले खादा लगाई बधाई दिएका थिए ।

बाँकी पदाधिकारी तथा सदस्यहरु भने आउने बैठकले चयन गर्ने निर्णय गरेको छ । गोर्खालीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष हरिभक्त न्यौपानेले स्वागत मन्तब्य दिएका थिए भने कोषाध्यक्ष सुजित श्रेष्ठले समाजको आयव्यय विवरण पेश गरेका थिए । समाजका अध्यक्ष जयप्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई उपाध्यक्ष तिलकुमारी गुरुङले संचालन गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!