मिलन तमु
अल्डरसट । मर्दिखोला समाज यूकेले गत ११ मे का दिन सम्पन्न भएको वार्षिक भेटघाट कार्यक्रमको समीक्षा गरेको छ । गत आइतबार १९ मे का दिन फार्नबोरोमा आमा समूहको विशेष उपस्थितिमा सो समीक्षा बैठक बसेको हो ।
समाजका अध्यक्ष धर्मराज गुरुङले समीक्षा बैठकमा सहभागी भई आवश्यक सल्लाह र सुझाव दिएकोमा सिङ्गो कार्यसमिति, आमा समूह, युवावर्ग, सल्लाहकार, आजीवन सदस्य लगायतलाई मनको केन्द्रदेखि नै मुरी–मुरी धन्यवाद दिए । सोही दिन आमा समूहकी सक्रिय सदस्य ललिता गुरुङको जन्मदिन समेत परेकोले सो बैठकमा सबैले उनको सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै हार्दिक मंगलमय शुभकामना दिएका थिए । त्यस्तै, आमा समूहको तर्फबाट अध्यक्ष समूहकी सचिव लिना गुरुङलाई बैठक स्थल र खानपान आयोजना गरेमा आमा समूहले उपहार प्रदान गरे । साथै, आउने आइतबार सम्पन्न हुन लागेको गोर्खा कपमा मर्दिखोला एफसीले पहिलोपटक भाग लिन लागेको छ । एफसी टिम दर्ता शुल्क र फुटबल खेलाडीहरुको खाजाको आमा समूहले व्यवस्था गर्ने भएको छ । साथै, बैठकले आगामी १९ अक्टोबरका दिन एम्पायर हलमा देउसीभैलो खेल्नेसमेत निर्णय गरेको छ । सो बैठकमा समाजका कोषाध्यक्ष चेतबहादुर बर्देवाले आय–व्यय प्रस्तुत् गरेका थिए । बैठकले अर्को वर्षको भेटघाट कार्यक्रम सोही स्थानमा गर्ने निर्णय गरेको छ । तर, मिति भने पछि तय गर्ने जनाइएको छ ।
समाजका अध्यक्ष धर्मराज गुरुङको अध्यक्षतामा सम्पन्न बैठकलाई महासचिव सुन्दर गुरुङले संचालन गरेका थिए ।