फोटो मिलन तमु
लण्डन । बेलायतको नेपालीहरुको घनावस्ती रहेको मानिएको अल्डरसटमा गत मंगलबार २१ मे देखि २४ सम्म ४ दिने अन्र्तराष्ट्रिय नेपाली फुटबल लिग संचालन भैरहेको छ । ९ वटा टिमले भाग लिएको सो खेल शुक्रबार सम्पन्न हुनेछ ।
नेपाली समुदाय बेलायतमा थुप्रै ९ ए साईट फुटबल प्रतियोगिताहरु आयोजना हुने गर्दछ । तर, ११ ए साईट प्रतियोगिता भने धेरै कम हुने गर्दछ । पहिलो विजयी टिमलाई पाँचहजार पाउण्ड र उपबिजेता टिमलाई दुई हजार पाउण्डको पुरस्कारको राशी राखिएता पनि भनेअनुसार टिम सहभागी नभए पछि पुरस्कारको राशी समेत घटाइने आयोजक कमिटिका सन्दिप पौडेलले जानकारी दिए । नगद पुरस्कार संगै रनिङ्ग शिल्डमा प्रदान गरिने आयोजक मध्येका एक नविन गुरुङले जानकारी दिए ।
प्रत्येक बर्षा ‘मे’ महिनामा आयोजना गरिने योजना आयोजकको रहेको छ । यसपटक हङ्गकङ्गबाट पनि सहभागी रहेको र अर्को बर्ष नर्वे र बेल्जियमबाट पनि आउने प्रतिवद्धता आएको पौडेलले बताए ।
नेपाली फुटबलको बिकास गर्ने उद्देश्य अनुरुप आपूmसहित नविन गुरुङ र अल्डरसटका युवाहरुको सहभागीतामा प्रतियोगिताको आयोजना गरिएको पौडेलले जनाए । सो खेललाई अल्डरसटस्थित टु«थ, गोर्खा बुनियन, पानस रेष्टुरेण्ट र घले मोर्गेजले स्पोन्सर गरेको पौडेलको भनाई थियो । साथै, शुक्रबार फाईनल खेल हुने भएको हुँदा सो खेलका हेर्न दर्शकहरुलाई अनुरोध गरेका छन् ।