ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

होला त दोस्रो चरणको निर्वाचन ?



होला त दोस्रो चरणको निर्वाचन ?

-

काठमाडौं । राजनीतिक वातावरण निर्वाचनको पहिलो सर्त हो । राजनीतिक वातावरण नबनेसम्म निर्वाचन सम्पन्न हुन सक्दैन । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि मुख्य चुनौती पनि राजनीतिक वातावरण नै बनेको छ । पहिलो चरणमा जस्तै दोस्रो चरणको निर्वाचन सहज छैन । दोस्रो चरणमा निर्वाचन हुने प्रदेश मध्ये प्रदेश नम्बर १ र २ निर्वाचनका लागि सबैभन्दा चुनौतीपूर्ण प्रदेश हुन । प्रदेश नम्बर १ मा लिम्बुवान र प्रदेश नम्बर २ मा मधेसी राजनीतिक दल आन्दोलनमा छन् । दुबै शक्ति गठबन्धन बनाएर संविधान संशोधनको माग गरिरहेका छन् । संविधान संशोधनमा दवाव दिन भन्दै यी दुई शक्तिले आन्दोलन समेत घोषणा गरेका छन् । तत्कालै, आजभोलि राजनीतिक सहमति नबने दोस्रो चरणको निर्वाचनमा प्रभाव पर्ने सम्भावना बढ्दै छ ।
दलहरु आन्दोलनमा
संविधानसभाबाट बनेको संविधान नै अस्वीकार गरेका मधेसी र लिम्बुवान राजनीतिक दल संविधान संशोधनको अडानमा देखिएका छन् । उनीहरुको अहिलेको एक मात्र माग संविधान संशोधन बनेको छ । यी राजनीतिक शक्तिहरु यतिखेर संघीय गठबन्धनको नाममा आन्दोलनमा छन् । आन्दोलनरत राजनीतिक दलहरुलाई सहमतिमा ल्याउन सरकारले प्रयास नगरेको पनि होइन । दुई पटकसम्म संविधान संशोधनको प्रयास गरेकै हो । तर, संशोधन हुन सकेको छैन । पकड क्षेत्र नभएकाले पहिलो चरणको निर्वाचनमा संघीय गठबन्धनले असहमति जनाउन बाहेक केही गर्न सकेन । तर, दोस्रो चरणको निर्वाचनमा संघीय गठबन्धनले केही प्रभाव पार्न सक्ने सम्भावना छ । दोस्रो चरणको निर्वाचन नजिकिदै गर्दा निर्वाचनमा सहभागी हुने अपेक्षा गरिएको संघीय गठबन्धनले दोस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ । 
मधेसी दलहरुको एकतामा बनेको राष्ट्रिय जनता पार्टी सहितको संघीय गठबन्धनले दुई दिनसम्म थरुहट÷मधेस र लिम्बुवान बन्दको घोषणा गरेका छन् । संविधान संशोधनमा दवाव दिन गठबन्धनले पहिलो चरणमा जेठ १३ देखि १९ गतेसम्म आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । दोस्रो चरणको निर्वाचनका लागि जेठ १९ गते मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ । मनोनयन दर्तालाई नै प्रभावित पार्ने उद्देश्यले गठबन्धनले जेठ १८ र १९ गते मधेस, थारुवान र लिम्बुवान बन्दको समेत घोषणा गरेको छ । निर्वाचन अगाडि नै संविधान संशोधन हुने सम्भावना नरहेकाले आन्दोलन गर्नु पर्ने परिस्थिति बनेको संघीय गठबन्धनका संयोजक महन्थ ठाकुर बताउछन् । 
आन्दोलनरत मधेस केन्द्रित राजनीतिक दललाई मनाउन सरकारले केही दिन अघि मधेस क्षेत्रमा स्थानीय तहको संख्या बढाएको थियो । तर, सरकारले संख्या बढाएकोमा समेत गठबन्धनलाई चित बुझेको छैन । सरकारले बढाएको स्थानीय तहको संख्या बैज्ञानिक आधारमा नरहेको ठहर गरेको गठबन्धनले तराई मधेसमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या निर्धारण गर्नुपर्ने माग गरेको छ ।
दोस्रो चरणको निर्वाचनको वातावरण बनाएर प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिएको राजनीतिक बुझाइ थियो । उनले राजीनामा पनि यो कुरा उल्लेख गरेका थिए । तर अचानक, एमाले र मधेशी दल दुबै स्थनीय तह थपको विषयमा बिरोधमा उभिए । अघिल्लो दिन आफ्नो काँधमा दायित्व थपिएको बताउने प्रमुख निर्वाचन आयुक्तले अर्को दिन थप गरिए अनुसारको चुनाव गराउन नसक्ने जानकारी गराए र सर्वोच्च अदालतले थपिएको संख्या मान्य नहुने अन्तरीम आदेश जारी ग¥यो । यी सबै घटनाक्रम हेर्दा अब दोस्रो चरणको चुनाव जेठ ३१ गते नै हुन्छ भन्नेमा शंका उत्पन्न भएको छ ।
प्रतिपक्षी पनि विरोधमा
पहिलो चरणमा स्थानीय तहको निर्वाचन सहजै गराएको सरकारका लागि दोस्रो चरणको निर्वाचन उत्तिकै चुनौतीपूर्ण बन्दैछ । दोस्रो चरणमा निर्वाचन हुने प्रदेशहरुमा मधेस केन्द्रित राजनीतिक दलको उपस्थिति बलियो छ । मधेशको साझा दल बन्दै गरेको राष्ट्रिय जनता पार्टीले सीमांकन र चुनाव चिह्नको विषय उठाएर निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ । मधेसी मोर्चालाई मनाउन सरकारले केही जिल्लामा स्थानीय तहको संख्या थपेको छ । तर यसलाई मधेसी मोर्चाले नै सकारात्मक रुपमा लिएन । स्थानीय तहको संख्या थपकै विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि आन्दोलनमा उत्रिएको छ । संख्या थप गर्ने निर्णय फिर्ता नभएसम्म एमालेले पनि आन्दोलन स्थागित गर्ने देखिन्न । 
पहिलो चरणको निर्वाचनको मतगणना अझै चलिरहेको छ । राजनीतिक दलहरु दोस्रो चरणको निर्वाचनको तयारीमा पुरै होमिएका छन् । गाउ–गाउ“मा निर्वाचनको वातावरण बन्दै छ । यद्यपि, जेठ ३१ गते नै निर्वाचन हुनेमा आशंंका अधिक छ । मधेस केन्द्रीत राजनीतिक दललाई मनाउन सरकार प्रयत्नरत छ । मधेस केन्द्रीत राजनीतिक दललाई निर्वाचनमा सहभागी गराउन सरकारले २२ वटा स्थानीय तहको संख्या बढायो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसै बिषयलाई लिएर आन्दोलन थालेको छ । स्थानीय तह संख्या थपको बिरोधमा रहेको एमालेले व्यवस्थापिका संसदको बैठक निरन्तर अवरोध गरिरहेको छ । 
सरकारले थपेका २२ स्थानीय तहको बैधानिकता माथि नै एमालेले प्रश्न उठाएको छ । प्रतिपक्षीस“ग छलफल नै नगरी सरकारले स्थानीय तहको संख्या थपेर विभेदकारी भूमिका खेलेको एमालेको आरोप छ । नेकपा एमाले संसदीय दलका उपनेता तथा निवर्तमान सभामुख सुवासचन्द्र नेम्बाङ सत्तापक्षको विभेदकारी भूमिका हेरेर नबस्ने चेतावनी दिन्छन् । 
स्थानीय तहको संख्या बढाउने विषयमा संविधानमा भएका व्यवस्थालाई समेत अवमूल्यन गर्दै सरकारले संख्या बढाएको एमालेको आरोप छ । सरकारले आफु खुशी स्थानीय तहको संख्या बढाउनुले स्थानीय तह पुर्नसंरचना आयोगको खिल्लि उठाएको समेत नेता नेम्बाङको आरोप छ । सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता नलिएसम्म एमाले पछि नहट्ने नेम्बाङले बताए । 
स्थानीय तहको संख्या बढाउ“दा नेकपा एमालेलाई पनि घाटा हुने कुनै आधार छैन । निर्वाचनको पूर्वसन्ध्यामा स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय विवादको विषय बन्नु पनि अस्वभाविक होइन । र, नेकपा एमालेले पनि मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउने सरकारको प्रयत्नलाई प्रतिष्ठाको विषय बनाउनु उचित हु“दैन । सबै राजनीतिक दलले दुई दशक पछि हुन लागेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भूमिका खेल्नु पर्ने अहिलेको आवश्यकता हो । त्यसैले, निर्वाचनको पूर्वसन्ध्यामा उत्पन्न असहज परिस्थितिलाई व्यवस्थापन गर्न दलहरु संवादमा जुट्न आवश्यक छ ।
आयोगको तयारी
सामान्य तयारीले निर्वाचन सम्पन्न हु“दैन । निर्वाचन सम्पन्न गर्न अनेक तयारी गर्नुपर्छ । स्थानीय तहको संख्या ७४४ कायम भएपछि निर्वाचन आयोगले त्यही अनुरुप तयारी थालेको थियो । आयोगको तयारी अनुसार पहिलो चरणको निर्वाचन सम्पन्न भयो । तर, पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि मधेशी दललाई चुनावमा सहभागी गराउने उद्देश्यका साथ सरकारले तराईका जिल्लामा २२ स्थानीय तह थप्यो । 
सरकारले स्थानीय तहको संख्या थपेपछि राजनीति मात्र होइन, निर्वाचन आयोग र सर्वोच्च अदालत पनि सल्बलाए । स्थानीय तह संख्या थप गर्ने निर्णयको बिरोधमा नेकपा एमाले आन्दोलनमा छ । स्थानीय तहको संख्या र प्रक्रियामा असहमति जनाउदै मधेशी दलले पनि आन्दोलन घोषणा गरेका छन् । अदालतले थपिएको संख्या कार्यान्वयन नगर्न अन्तरीम आदेश जारी गरेको छ र निर्वाचन आयोग पनि थपिएको स्थानीय तहमा निर्वाचन गर्न नसक्ने निर्णय सुनाएको छ ।
आन्दोलनरत मधेसी दललाई मनाउन सरकारले तराई मधेसमा २२ स्थानीय तह थप्यो । केही गाउ“पालिकालाई नगरपालिका बनाएको सरकारले दुई नगरलाई महानगरमा स्तर उन्नति ग¥यो । तर, सरकारको यो निर्णय न मधेसी दललाई मान्य भयो, न प्रमुख प्रतिपक्षी दललाई नै । त्यति मात्र होइन,  सरकारको निर्णय निर्वाचन आयोगलाई समेत असहज लाग्यो । निर्वाचन आयोग थपिएको स्थानीय तहमा निर्वाचन गर्न नसक्ने निष्कर्षमा पुगेको छ । यद्यपि, निर्वाचन आयोग राजनीतिक सहमतिकै आधारमा अघि बढ्ने बताउ“छ । थपिएको स्थानीय तहमा राजनीतिक सहमति जुट्न सके पनि तयारीका हिसावले जेठ ३१ मा निर्वाचन गर्न नसकिने आयोगको भनाइ छ । 
जेठ ८ गते बसेको मन्त्रिपरिषदको वैठकले असन्तुष्ट मधेसी दललाई निर्वाचनमा सहभागी गराउन सरकारले २२ स्थानीय तह थप गर्नुका साथै बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउ“पालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । सरकारले स्थानीय तहको संख्या थपे पनि निर्वाचन आयोग भने पहिलेकै तयारी अनुसार बा“की रहेका ४ प्रदेशका ४ सय ६१ वटा स्थानीय तहका लागि मात्र निर्वाचनको तयारीमा जुटेको छ ।
स्थानीय तहको संख्यामा वृद्धिमा मधेसी मोर्चा असहमत, प्रमुख प्रतिपक्षी दल नेपा एमालेको बिरोध र निर्वाचन आयोग समेत सन्तुष्ट छैन । यतिनै बेला सर्वोच्च अदालतले समेत स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सरकारको नाममा अन्तरिम आदेश दिएको छ । संख्या वृद्धिको विरुद्ध परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले स्थानीय तह निर्वाचन ऐन अनुसार चुनावको मिति तोकिएपछि संख्या र सीमा हेरफेर गर्न नमिल्ने भन्दै सरकारको नाममा कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय कानुन अनुकुल नभएको भन्दै सर्वोच्चले मुद्दाको टुंगो नलागेसम्म कार्यान्वयन नगर्न समेत सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । मधेसी मोर्चालाई मनाउने सरकारको मनासय गलत नहुनसक्छ । तर, अदालतको यो आदेशले एकातिर मधेशी दललाई सहमतिमा आउन रोकेको छ भने अर्कातिर दोस्रो चरणको निर्वाचनलाई अन्योलतिर धकेलेको छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions