ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

देउवा चौथोपटक प्रधानमन्त्री : चुनौतीका चाङ



देउवा चौथोपटक प्रधानमन्त्री : चुनौतीका चाङ

-

काठमाडौं । देशको प्रधानमन्त्री छान्न असहज हुने भए पनि सरकार ढाल्न भने सहजै हुने गरेको छ । राजनीतिक दलहरुबीच फरक–फरक परिस्थितिमा बन्ने गठबन्धनको आधारमा सरकार बन्ने र ढल्ने परिस्थिति सृजना हुन्छ । तर, यसपटक भने नया“ सरकार बनाउन पुरानो सरकार ढल्नु वा ढाल्नु परेन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व सहमति अनुसार नै प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि सरकार ढाल्न कसैले कसरत गर्नु परेन । 
पुरानै सहमतिमा प्रधानमन्त्रीका लागि का“ग्रेसलाई माओवादी केन्द्रले प्रस्ताव गरेपछि नया“ सरकार गठनका लागि पनि कुनै कसरत गर्नुपरेन । नेकपा एमालेको संसद अवरोधका कारण केही दिन भने प्रधानमन्त्री निर्वाचन कार्यक्रम प्रभावित भयो । तर, कांग्रेस–माओवादी गठबन्धनको पहलमा प्रमुख प्रतिपक्षी दलस“गको छलफलपछि परिस्थिति सहज बन्यो । र, पूर्व सहमति अनुसार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, देशको ४०औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भए । 
संविधान अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले आह्वान गरेको सहमतीय प्रक्रियामा प्रधानमन्त्री निर्वाचित हुन सकेन । र, संवैधानिक व्यवस्था अनुसार नै राष्ट्रपति भण्डारीले बहुमतिय प्रकृयामा सरकार गठनका लागि आह्वान गर्नु प¥यो । बहुमतिय प्रकृयाबाटै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशको ४०औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भए । बहुमतिय प्रकृयाबाट देउवा प्रधानमन्त्री निर्वाचित भए पनि उनी एक्लो उम्मेदवार थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने योजना बनाएको थियो । तर, संसद् अवरोध गरिरहेको एमालेले उम्मेदवारी दिएन । संसद नियमावली अनुसार देउवा एक्लो उम्मेदवार नै भए पनि मतदान भएको थियो । संवैधानिक व्यवस्था अनुसार बहुमतीय प्रकृयाबाट प्रधानमन्त्री निर्वाचित हुन संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत आवश्यक हुन्छ । हाल संसदको सदस्य संख्या ५९३ को रहेको छ । कुल सदस्य संख्याको २९७ मतले बहुमत पुग्छ । तर, ४०औं प्रधानमन्त्री देउवाको पक्षमा ३८८ मत खस्यो । प्रधानन्त्री निर्वाचनमा ५५८ जना मात्र सांसदले मतदान गरेका छन् । जम्मा खसेको मत मध्ये बिपक्षमा भने १७० मत मात्र खस्यो । यसरी देउवा चौथो पटक देशको ४०औ प्रधानमन्त्री निर्वाचित भए ।  
देउवाले झण्डै दुई तिहाइ मत प्राप्त गरेका छन् । दुई तिहाइ बहुमत पु¥याउन ३९६ मत आवश्यक थियो तर देउवाको पक्षमा ३८८ मत मात्र खस्यो । जुन दुई तिहाइ बहुमत भन्दा ८ मत कम हो । 
कसले देउवालाई समर्थन ?
प्रधानमन्त्री निर्वाचनमा शेरबहादुर देउवाको पक्षमा कांग्रेस सहित १२ दलको समर्थन रहेको छ । नेपाली कांग्रेसका २०६, नेकपा माओवादी केन्द्रका ८१, राष्ट्रिय प्रजातन्त्र पार्टीका ३७ जना सांसद्ले देउवाको पक्षमा मतदान गरेका छन् । त्यस्तै, राष्ट्रिय जनता पार्टीका २४, लोकतान्त्रिक फोरम नेपालका १७, संघीय समाजवादी फोरम नेपालका १५ जना सांसद्ले समेत देउवाको पक्षमा मतदान गरे । त्यसैगरी, नेकपा संयुक्तका ३, समाजवादी जनता दल, अखण्ड नेपाल पार्टी, नेपाली जनता दल, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक÷एक जना सांसद्ले समेत देउवाको पक्षमा मतदान गरेका छन् । यसरी विभिन्न १२ दलका ३८८ जना सांसद्को मतबाट शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएका हुन् ।
कसले गरेन समर्थन ?
४०औं प्रधानमन्त्रीको निर्वाचन भइरहदा प्रमुख प्रतिपक्षी दल सहित केही साना दलले शेरबहादुर देउवाको विपक्षमा मतदान गरेका छन् । तर, एमालेका सबै सांसद मतदानमा उपस्थित भएनन् । एमाले एक्लैको १८१ मत रहेकोमा शेरबहादुर देउवाको बिपक्षमा जम्मा १७० मत मात्र खसेको छ । देउवाको बिपक्षमा खसेको मत मात्रै पनि एमालको सबै मत भन्दा ११ मत कमी हो । मतदान गरे या नगरे पनि देउवाको विपक्षमा नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, बहुजन शक्ति पार्टी, बौद्धिक जनतान्त्रिक परिषद् नेपाल र मधेस समता पार्टी नेपाल रहेका थिए । केही साना दल भने यस पटकको प्रधानमन्त्री निर्वाचनमा तटस्थ रहेका छन् । सुशील कोइराला प्रचण्ड नेतृत्वको सरकार बनाउनेदेखि वर्तमान सरकार गठनको समयमा समेत मधेसी मोर्चाले साथ दिएको छ । यस पटक पनि तीनै मधेस केन्द्रित राजनीतिक दलको समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएका छन् ।सरकार गठनका लागि मधेसका दुई शक्तिस“ग तीन बु“दामा सहमति भएको छ । कांग्रेस–माओवादी गठबन्धनले राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालस“ग एउटै सहमतिमा छुट्टा–छुट्टै हस्ताक्षर गरेको छ । प्रचण्ड नेतृत्वमा सरकार गठनको क्रममा भएको सहमति पहिलो बु“दामा रहेको छ भने दोस्रो बु“दामा सहिद घोषणा, मुद्दा फिर्ता लगायतका प्रतिवद्धता कार्यान्वयन गर्ने र स्थानीय तहको संख्या राजनीतिक सहमतिका आधारमा बृद्धि गर्ने सहमति भएको छ । सरकार गठनमा सहमति गरेको मधेसवादी दलका नेता यसपटक पनि आफ्नो माग सम्बोधन हुनेमा आशावादी देखिए । ४०औ प्रधानमन्त्री निर्वाचन पनि सहमतीय आधारमा नहुने निश्चित थियो । तर, संवैधानिक प्रकृया पुरा गर्न मात्र निर्वाचनमा जानु परेको हो । प्रधानमन्त्री पदका एक्ला उम्मेदवार देउवा निर्वाचनमा निर्वाचित हुनु नै थियो । सहजै प्रधानमन्त्री निर्वाचित भए पनि देउवा सरकारको आगामी दिन भने सोचे जस्तो सहज छैन ।
ईश्वरको नाममा शपथ
चौथों पटक प्रधानमन्त्रीमा निर्वाचन शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिए । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनियताको सपथ गराइन् । संविधानमा इश्वर वा देश र जनताको नाममा सपथ लिनुपर्ने व्यवस्था छ । देउवाले चौथो पटकको प्रधानमन्त्रीय यात्रा पहिले क्रैं इश्वरकै नाममा सपथ लिएर सुरुवात गरेका छन् ।  
भट्टराईसँग आशीर्वाद
शेरबहादुर देउवा पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री बनेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टीस“गको गठबन्धनमा बनेको सरकारको नेतृत्व गरेका देउवाले त्यो समय राजा वीरेन्द्रस“ग सपथ ग्रहण गरेका थिए । देउवास“ग एउटा परम्परा छ । उनी, प्रधानमन्त्रीमा निर्वाचित भएपछि पार्टी सभापतिस“ग आशिर्वाद लिन्छन् । पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री निर्वाचित भएपछि देउवाले तत्कालिन पार्टी सभापति कृष्णप्रसाद भट्टराईस“ग आशिर्वाद लिएका थिए ।
कोइरालासँग आशीर्वाद 
शेरबहादुर देउवा २०५८ सालमा दोस्रो पटक पुनः प्रधानमन्त्री निर्वाचित भए । दोस्रो पटक प्रधानमन्त्री निर्वाचित हुन देउवाले अरु पार्टीको सहमति लिन आवश्यक थिएन । नेपाली कांग्रेससगै बहुमत रहेकाले देउवाको नेतृत्वमा एक्लौटी सरकार गठन भयो । दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित देउवाले तत्कालिन राजा ज्ञानेन्द्रबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए । दोस्रो पटक प्रधानमन्त्री हु“दा पनि देउवाले आफ्नो परम्परा दोहो¥याए । प्रधानमन्त्री निर्वाचित भएपछि देउवाले तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालास“ग हात मिलाउ“दै आशिर्वाद लिएका थिए ।
आशीर्वादको अवसर मिलेन
शेरबहादुर देउवा तेस्रो पटक २०६१ सालमा प्रधानमन्त्री नियुक्त भए । देउवालाई २०६१ सालमा राजा ज्ञानेन्द्रले प्रधानमन्त्री नियुक्त गरेका हुन् । राजाले छानेको तत्कालिन सरकारमा नेकपा एमाले समेत सहभागी थियो । तेस्रो पटक प्रधानमन्त्री भएका बेला पनि देउवाले राजा ज्ञानेन्द्रबाटै पद तथा गोपनियताको सपथ लिएका थिए । तर, देउवाले विगत झै तेस्रो पटकको प्रधानमन्त्रीय यात्रामा आफ्नो परम्परा दोहो¥याउन पाएनन् ।
 किनकी, देउवाले २०५९ जेठ ८ गते संसद विघटन गरेपछि कांग्रेसमा विभाजन आएको थियो । कांग्रेस विभाजन पछि आफै पार्टी सभापति रहेकाले देउवाले कसैस“ग आशिर्वाद लिन पाएनन् । र, चौथो पटक प्रधानमन्त्री हु“दा भने देउवाले गणतान्त्रिक नेपालका राष्ट्रिपति बिद्यादेवी भण्डारीस“ग पद तथा गोपनियताको सपथ लिए तर आफै पार्टी सभापति रहेकाले देउवाले कसैबाट आशिर्वाद लिएनन् ।
सबैका दाउ, देउवालाई गाह्रो
गठबन्धन बनाएर प्रधानमन्त्री निर्वाचित हुन जति चुनौतीपूर्ण हुन्छ,  मन्त्रिपरिषद गठन र विस्तार उतिकै चुनौतीपूर्ण । शेरबहादुर देउवा नेतृत्वको नवगठित सरकारले यो समस्याको सामना गर्नुपर्ने देखिन्छ । मंगलबार प्रधानमन्त्री निर्वाचित शेरबहादुर देउवाले बुधबार गठबन्धनका दुई दलका प्रतिनिधि सहित पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गरेका छन् । पहिलो चरणमा कांग्रेस सहित नेकपा माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरम समेत सरकारमा सहभागी भएका छन् । पहिलो चरणको मन्त्रिपरिषद्मा सहभागी तीनै दलबाट एक–एक जना उपप्रधानमन्त्री सहित मन्त्रीहरु सरकारमा सहभागी भएका छन् ।  
मंगलबार देशको ४०औं प्रधानमन्त्री पदमा निर्वाचित शेरबहादुर देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गरेका छन् । पहिलो चरणमा नेपाली कांग्रेसका ३, नेकपा माओवादी केन्द्रका ३ र नेपाल लोकतान्त्रिक फोरमका १ गरी ७ जना मन्त्री बनेका छन् । प्रधानमन्त्री सहित पहिलोचरणको मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ । देउवा नेतृत्व सरकारमा पहिलो चरणमा तीन उपप्रधानमन्त्री नियुक्त भएका छन् । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष बिजयकुमार गच्छदार, नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर  महरा र नेपाली कांग्रेसका गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री रहेका छन् भने अन्य मन्त्रीहरु रहेका छन् । पहिलो चरणमा समावेश भएका सबै मन्त्रीले बुधबार नै पद तथा गोपनियताको सपथ लिएका छन् । 
कांग्रेसबाट सरकारमा सहभागी
नेपाली कांग्रेसको तर्फबाट गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री सहित शिक्षामन्त्री नियुक्त भएका छन् । त्यस्तै, ज्ञानेन्द्र कार्की अर्थमन्त्री र फर्मुल्लाह मन्सुर श्रम तथा रोजगार मन्त्री भएका छन् । नेपाली कांग्रेसबाट उपप्रधानमन्त्री तथा शिक्षामन्त्रीका रुपमा सरकारमा सहभागी गोपालमान श्रेष्ठ २०४८ र २०६३ सालमा गिरिजाप्रसाद नेतृत्वको सरकारमा वाणिज्य र भौतिक योजना तथा निर्माण मन्त्री र २०५८ मा शेरबहादुर देउवाको नेतृत्वमा वन तथा भूसंरक्षण मन्त्री भएका थिए । 
श्रेष्ठ उपप्रधानमन्त्री भने पहिलो पटक भएका हुन । अर्थमन्त्रीको रुपमा कांग्रेसबाट सरकारमा सहभागी ज्ञानेन्द्रबहादुर कार्की यसभन्दा पहिला २०६३ सालमा गिरिजाप्रसाद नेतृत्वको सरकारमा जलस्रोत राज्य मन्त्री थिए । श्रम तथा रोजगार मन्त्री फर्मुल्ला मन्सुरले पनि २०६३ पछि बनेको सरकारमा विज्ञान तथा प्रविधि मन्त्रालयको अनुभव संगालेका छन् । 
माओवादीबाट सरकारमा सहभागी
वर्तमान सत्ता गठबन्धनमा कांग्रेसपछिको ठूलो घटक नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सहित कृष्णबहादुर महराले नेतृत्व गरेका छन् । माओवादीबाट गृहमन्त्रीमा जनार्दन शर्मा र विना विभागीय मन्त्रीका रुपमा प्रभु साह नियुक्त भएका छन् । नेकपा माओवादीबाट उपप्रधानमन्त्री बनेका कृष्णबहादुर महराको यो तेस्रो उपप्रधानमन्त्रीय कार्यकाल हुनेछ । यसअघि महरा झलनाथ खनाल र प्रचण्ड नेतृत्वको सरकारमा समेत उपप्रधानमन्त्री थिए । दुई पटक संचारमन्त्रीको जिम्मेवारी सम्हालिसकेका महरा यसअघि गृहमन्त्री र अर्थमन्त्री समेत भइसकेका छन् । माओवादीबाट गृहमन्त्रीका सरकारमा सहभागी जनार्दन शर्माले यसअघि शान्ति मन्त्री र ऊर्जामन्त्रीका रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । माओवादीबाट विना विभागीय मन्त्रीको रुपमा सरकारमा सहभागी प्रभु साह पनि यस अघि कानुन तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।
लोकतान्त्रिक फोरमबाट सरकारमा सहभागी
वर्तमान सरकारमा नेपाल लोकतान्त्रिक फोरम पनि सहभागी भएको छ । लोकतान्त्रिक फोरमबाट बिजयकुमार गच्छदार उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्रीका रुपमा सरकारमा सहभागी भएका हुन । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्रीमा नियुक्त विजयकुमार गच्छदारको सत्ता अनुभव धेरै छ । २०४८ सालमा सञ्चार रँज्यमन्त्रीका रुपमा सरकारमा प्रवेश गरेका गच्छदार त्यसपछि बनेका प्राय सबै सरकारमा मन्त्री र २०६६ सालदेखि उपप्रधानमन्त्रीको रुपमा सरकारमा सहभागी हुदै आएका छन् ।
पहिलो चरणमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । र, मन्त्रीहरुले कार्यभार समेत सम्हालेका छन् । देउवा नेतृत्वको सरकार पनि गठबन्धन सरकार भएकाले अझै मन्त्रीहरु थपिने निश्चित छ । देउवलाई प्रधानमन्त्री निर्वाचित गर्न १२ दलले समर्थन गरेका छन् । समर्थन गर्ने गरेका कतिपय दलमा एक जना मात्रै सांसद् छन् । ती सांसदहरुले समेत मन्त्री हुने अपेक्षा गरेका छन् । उनीहरुलाई समेत मन्त्री बनाउने गठबन्धन सरकारले तयारी छ । यसरी सबैलाई मन्त्री बनाउ“दा यस पटक पनि मन्त्रिपरिषद ठूलै हुने देखिन्छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions