ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

पुन मगर समाज युकेले मनाए भूमे पूजा



पुन मगर समाज युकेले मनाए भूमे पूजा

अङ्ग गर्बुजा -

फेल्थाम लन्डन । पुन मगरहरुले गतवर्षदेखि मनाउँदै आएको भूमे पूजा पर्व बेलायतमा पनि मनाएका छन् । 
पुन मगर समाज युकेले शनिबार १ जुलाईको दिन लन्डनस्थित फेल्थाम कमुनिटी कलेजको प्राङ्गणमा आयोजना गरेको कार्यक्रम दुई भागमा विभाजन गरिएको थियो । पहिलो चरणमा भूमे पूजा र दोस्रो चरणमा वार्षिक भेटघाट कार्यक्रम भएको थियो । कार्यक्रममा विधिपूर्वक भूमिको पूजाआजा गरी ‘भैछ साइँलो’ गीत गाउँदै र उपस्थित सम्पूर्ण भक्तजनहरु नाच्दै रमाइलो गर्दै भूमे पूजा गरिएको थियो । कार्यक्रममा पुख्र्याैली सोरेठी समूह उपाध्यक्ष बल पूर्जा र साथीहरुलगायत धौलागिरि नौमती बाजा समूह युकेको अध्यक्ष बिल पूर्जा, कोअडिनेटर रन पाइजा र साथीहरुको बाजा तालमा नाच्दै भैछ साइँलो गीत गाउँदै भेला भएको ठाउँदेखि मूल भूमे पूजा गर्ने भूमेथानतिर प्रस्थान गरेका थिए । त्यसपछि भूमेथान पुगे र धौलागिरि नौमती बाजाले नंग्रा हान्दै भूमे देउतालाई शरण पर्दै पूजारीहरु अम पुन मगर, लिल गर्बुजा, कन्यकेटा पूजारी खुसीमान गर्बुजा साथै खर्क पूर्जा पुन मगरहरुले थानमा धजा, अक्षेता, रोटी, नोम्बेक, फलफूल, दूध र चोखो पानी चढाएर पूजा गरे । त्यसपछि भेँडा काटी भूमि पूजा गरेका थिए । पहिलो चरणको भूमेपूजा समाप्त भएको थियो ।
दोस्रो चरणको कार्यक्रममा समाजका उपसचिव गङ्ग खोरजाले हेल्थ एन्ड सेफ्टीको बारे जानकारी गराएलगत्तै सचिव तुलचन्द्र तिलिजाले कार्यक्रम सञ्चालनमा अध्यक्षता ग्रहण, आशनग्रहण गराएका थिए । अध्यक्ष तेज राम्जालीले समाजसेवी नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगरको तस्बिर मा खादा ओढाइदिएका थिए । यसै गरी उपस्थित प्रमुख अतिथि नेम थापा मगर, महिला वरिष्ठ अतिथि शान्ति थापा कुँवर, वरिष्ठ सल्लाहकार रिटाएर्ड क्याप्टेन डिसिएम वीरबहादुर पाइजा पुन मगर, वरिष्ठ अतिथि दधि आचार्य, गायक गगन पूर्जा मगरले संयुक्तरुपमा दिप प्रज्वलन गरी समाजका सम्पूर्ण सदस्यहरुको सुस्वास्थ्य, उत्तरोत्तर प्रगति र दीर्घायुको कामना गर्दै राष्ट्रिय गीत र स्वागत गीत गाएर कार्यक्रम शुभारम्भ गरिएको थियो । सोही क्रममा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष बल पूर्जाले उपस्थित सबैलाई धन्यवाद दिँदै स्वागत मन्तव्य दिएका थिए ।
कार्यक्रममा उपस्थित प्रमुख अतिथि मगर संघ युकेका अध्यक्ष नेम थापामगर र उनकी श्रीमती, नेपाल जनजाति महासंघ युकेका अध्यक्ष तुलप्रसाद छन्त्याल र उनका श्रीमती, पूर्वअध्यक्ष दुत पुन, मगर महिला संघ युकेका अध्यक्ष छविमाया पुनमगर, तमुधिं युकेका अध्यक्ष ग्याम गुरुङ र श्रीमती, नेपाल मगर संघको युरोप र अमेरिका संयोजक, एनआरएनए युकेका महिला उपाध्यक्ष तथा मगर संघ युकेको सल्लाहाकार शान्ति थापा कुँवर, पर्वत वेलफर सोसाईटी युकेका अध्यक्ष दधि आचार्य, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, नेपालदेखि आएका  कलाकारहरु गगन पूर्जा मगर, जमुना राना मगर, रैयाँ चलचित्रका प्रोडुसर डाईरेक्टर तथा नेपाल चलचित्र मगर संघका उपाध्यक्ष मेजन पुन मगरलगायतले भूमे पूजाको शुभकामना दिएका थिए ।
पुन मगर समाज युकेका अध्यक्ष तेज राम्जाली पुनमगरको अध्यक्षता र सचिव तुलचन्द्र तिलिजा पुनमगरको सञ्चालनमा भएको कार्यक्रममा संयोजक अंग गर्बुजाले भूमे पूजाको महत्व दर्शाएका थिए । वर्षयाम सुरु भएपछि बाढी, पहिरो, आँधीबेहरीजस्ता प्रकोपबाट असर नपरोस्, लगाएको बालीनाली नष्ट नहोस् र जमिनमा आएका किराक्रिङ्गी (किटपतङ्ग)हरु मारिएमा पाप नलागोस् भनी भूमे पर्व मनाउने गरिन्छ । यसै प्रकारले राप्ती, भेरी र धवलागिरि क्षेत्रका मगरहरुले जेष्ठ मसान्तदेखि असार महिनाको संक्रान्तिका दिन पहिलो हप्तासम्म सो पर्व मनाउने गरिन्छ । समाजका कोषाध्यक्ष ललित गर्बुजा र उनको श्रीमती, साथै साथीहरुहरुले प्रवेशद्वारमा उपस्थित सदस्यहरुलाई टिकट वितरण गर्दै नयाँ सदस्यहरुलाई सदस्यता दर्ता रजिष्ट्रेसन फोरम वितरण गरेका थिए । सहकोषाध्यक्ष लिल अर्मजा र चित्रप्रकाश गर्बुजालगायत साथीहरुले पेयपदार्थमा मद्दत गरेका थिए । सचिव तुलचन्द्र तिलिजाले स्पोन्सरस्वरुप आर्थिक पाउन्ड गर्ने सम्पूर्ण सदस्यहरुलाई सहयोग गरेकामा सचिव तुलचन्द्रले नामावली सुनाउँदै समाजको तर्फदेखि सबैलाई धन्यबाद दिएका थिए । 
कार्यक्रममा सांकृतिक सचिव खिम पुन मगर र सांकृतिक सचिव उपसचिव मनु गर्बुजाले औपचारिक कार्यक्रमपश्चात् उपस्थिति सबैको लागि संस्थाको कलाकारहरुले मनोरञ्जानार्थ आकर्षक सांगीतिक नाचगान प्रदर्शन गरेका थिए । साउण्ड सिस्टममा लामाले गरेका थिए । खानाको बन्दोबस्त खड्ग पूर्जामगरले गरेका थिए । सांगीतिक कार्यक्रमलाई गगन पुर्जा मगर र जमुना राना मगरले प्रस्तुत गरेपश्चात् सम्पूर्ण सहभागी कलाकारहरुलाई अध्यक्ष तेज राम्जालीबाट प्रशंसा प्रदान गरिएको थियो । अध्यक्ष तेज राम्जालीले अर्को वर्ष पनि यसरी नै भेटघाट गरेर रमाइलो गर्ने वाचाको साथ कार्यक्रम अन्त गरिएको थियो । संस्थाको सचिव तुलचन्द्र तिलिजाले सञ्चालन गरेको कार्यक्रम साँझ २०ः३० बजे समापन भएको थियो ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions