ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

दोहोर्‍याएर दाउ मारिन् दाहालले



दोहोर्‍याएर दाउ मारिन् दाहालले

-

चितवन । सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहाल विजयी भएका छन् । सर्वोच्च अदालतको आदेशपछि भएको पुनः मतदानबाट दाहाल मेयरमा विजयी बनेका हुन् । मतगणना हुँदाहुँदै मतपत्र माओवादी कार्यकर्ताले च्यातेपछि स्थगित भएको मतगणना सर्वोच्चको आदेशपछि पुन मतदान गर्न आदेश दिएको थियो । 
माओवादीका वाइसीएल कार्यकर्ताले ९१ मतपत्र च्यातेपछि मतगणना अवरुद्ध मात्र भएन । सर्वोच्च अदालतको आदेशपछि भएको मतदानबाट भने दाहाल विजयी हुन सफल भए । १९ नम्बर वडामा भएको पुन मतदान नै दाहालका लागि जित गराउने मुख्य पाटो थियो । यो पाटोलाई लिएर सार्वजनिक रुपमा व्यापक रुपमा गुनासाहरु पनि देखिएका छन् । दाहाललाई जिताउनका लागि पुनः मतदान गराउने वातावरण गराएको लगायतका टिप्पणीसमेत भएको छ । 
एमालेका देवी ज्ञवालीले जित्ने पक्कापक्की देखिएपछि माओवादी केन्द्रका कार्यकर्ताहरुले मतपत्र च्यातेका थिए । मतपत्र च्यातेपछि भएको मतगणना स्थगित घटनाले राजनीति अर्को दिशातिर मोडिएको थियो । सर्वोच्च मतपत्र च्यात्नेकै पक्षमा देखियो । खासगरी मतपत्र च्यातेका माओवादी केन्द्रकै स्वरमा स्वर मिलाएर सर्वोच्चले पुनः मतदान गराउन आदेश दिएपछि कांग्रेसका समर्थकहरुलाई पनि उत्तिकै दवाव पुगेको थियो । सो दवावका कारण पनि पहिला एमालेलाई भोट हालेका कांग्रेस कार्यकर्ताहरुले माओवादीलाई नै मतदान गरेको स्पष्ट देखिएको छ । 
यो प्रकरणले माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धन बलियो भएको पुष्टि गरेको छ भने देउवामाथि लागेको आरोपको पनि पुष्टि हुनबाट जोगिएको छ । कांग्रेसले असहयोग गरेको गठबन्धन दलका नेताहरुको आरोपको विपक्षमा कडा रुपमा उत्रिएको यो मतदानले पुष्टि पनि गरेको छ । उपमेयरको ४७ हजारको हाराहारीमा मत खसेपनि सोही गठबन्धनका मेयरको भने विजयी हुने स्थितिमा समेत ४३ हजार मात्र मत खसेको थियो । यसले पनि सबै कांग्रेसले माओवादी उम्मेदवार दाहाललाई मत नदिएको पुष्टि गरेको छ । 
कसरी चुनिए ?
सार्वजनिक अन्तिम मतपरिणामअनुसार उन ४३ हजार १२७ मत प्राप्त गरी विजयी भएको हो । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेको छ । दाहालभन्दा ज्ञवाली २०३ मतले पछाडि परेको हो ।  
मतगणनाको सुरुआतदेखि नै अग्रता कायम गरेका ज्ञवाली वडा नं २० को मतगणना भइरहँदा पछाडि परेको थियो । वडा नं २० को गणना अन्तिममा गरिएको थियो । यस्तै, राप्रपाका प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले  ६ हजार ८४२ मत प्राप्त गरेको छ । 
यसैगरी, भरतपुर महानगरपालिकाको उपप्रमुख पदमा काँग्रेसकी पार्वती शाह विजयी भएको छ । उनले ४७ हजार १९७ मत प्राप्त गर्नु भएको छ भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरेको छ । यस्तै, राप्रपाकी उपप्रमुख उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत प्राप्त गरेको छ । 
भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा काँग्रेस र तीन वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । 
भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो जसअनुसार माओवादी केन्द्रलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख पद विभाजन गरिएको थियो । वडाहरुमा भने तालमेल हुन सकेको थिएन । प्रमुख पदमा विजयी दाहाल माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । 
पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुरमा वैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मतगणना सकिएर १९ नं वडाको मतगणना भइरहँदा गत जेठ १४ गते मध्यरातमा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions