ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

धनपति चलचित्रमा नयाँपन छ : खगेन्द्रप्रसाद लामिछाने



धनपति चलचित्रमा नयाँपन छ : खगेन्द्रप्रसाद लामिछाने

-

खगेन्द्रप्रसाद लामिछाने सन् १९९९ देखि रंगमञ्चमा सक्रिय छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा लेखक, निर्देशक र अभिनेताको रुपमा सहभागिता जनाइसकेका छन् । उनले ‘पानीफोटो’ र ‘अटलबहादुरको आतंक’ नामका दुई नाटक निर्देशन गरे भने कृतिका रुपमा ‘पानीफोटो’ र ‘कथा नाटक’ संग्रह पस्केका छन् । लामिछाने अन्तर्राष्ट्रिय पुरस्कार विजेता रेडियो नाटकका लेखक र निर्देशकका रुपमा पनि परिचित छन् । उनी संलग्न नाटक ’कथा मीठो सारंगीको’ले सन् २००९ मा दुई विधा, टिम अफ द इयर र बेस्ट नन्इङ्गलिस सर्भिसमा बीबीसी ग्लोबल रिथ अवार्ड प्राप्त गरेको थियो ।
‘बधशाला’ बाट अभिनय पाइला चालेका लामिछानेको लेखन र अभिनयमा बनेको चलचित्र धनपति अहिले धमाधम प्रदर्शन भइरहेको छ । असार तेस्रो सातादेखि प्रदर्शन थालिएको धनपतिले लगानी सुरक्षित गरिसकेको लामिछानेले बताए । छिट्टै बेलायतलगायत देश, विदेशमा प्रदर्शनको क्रममा रहेको धनपति चलचित्रका मुख्य कलाकार खगेन्द्रप्रसाद लामिछानेसँग एभरेष्ट टाइम्सले गरेको कुराकानी ।
 
धनपति चलचित्र प्रदर्शनको पहिलो महिना कस्तो रह्यो ?
निकै राम्रो रह्यो । धनपति हेरेर दर्शकले दिनुभएको प्रतिक्रियाबाट हामी उत्साहित भएका छौँ । 
दर्शकले कुन रुपमा चलचित्रलाई राम्रो भनेका हुन् ?
चलचित्र धनपतिको कथा हामी नेपालीले भोगेकै विषयमा केन्द्रित छ । त्यसैले चलचित्र हेर्दा दर्शकले चलचित्रमा आप्mनो उपस्थिति अथवा आपूmले चिने जानेका मान्छेहरुको उपस्थिति देख्नुहुन्छ । आफ्ना वरिपरिका कुराहरुलाई नै चलचित्रमा देख्नुहुनाले होला दर्शकले यस चलचित्रलाई राम्रो भन्नु भएको । 
तपाईंका अघिल्ला चलचित्रभन्दा यसमा के छ नयाँपन ?
मेरा अघिल्ला चलचित्रभन्दा धनपति चलचित्र फरक विषय, फरक पात्र, फरक परिवेशमा बनेको हुनाले स्वाभाविक रुपमा यो चलचित्रमा नयाँपन छ । 
कहाँ, कहाँ प्रदर्शन भए ?
नेपाललगायत अष्टे«लिया, यूके, कोरिया, फिनल्यान्ड, जर्मन, स्पेन, नर्वे, फ्रान्सलगायत देशमा चलचित्र धनपति प्रदर्शन भयो । कहीं हुँदैछ । 
धनपति चलचित्रले दिन खोजेको सन्देशचाहिँ ?
चलचित्र हेरेपछि छर्लङ हुन्छ । 
यो चलचित्रले निजी विद्यालयको शिक्षालाई प्रोत्साहन दिने, राजनीतिलाई घृणा गरेजस्तो देखिन्छ, यसबाट समाजमा नकारात्मक विचार विकास हुन्न ?
कहिलेकाहीं नकारात्मक कुरा हेर्दा पनि सकारात्मक बाटोतिर जान मान्छे उत्प्रेरित हुन्छ । यो चलचित्रमा त्यस्तै ढंगले विषयबस्तु उठान भएको छ । 
यस्तो कथावस्तुमा चलचित्र बनाउने सोचचाहिँ कसरी पलायो ?
हामीले चलचित्रमार्पmत् भन्ने कथा हाम्रै समाजका कथा हुन् । जुन कथामा धनपति चलचित्र बन्यो, त्यो कथा तीन करोड नेपालीको साझा कथा हो । हामीले भोगेको तीतो कथा हो । त्यसैले कहिलेकाहीं तीतो कथा भनौँ भनेर यो चलचित्र बनाएको हौं । 
चलचित्रमा क कसको साथ, सहयोग र संलग्नता छ ?
यो चलचित्र टुकी आर्टस्ले दीपेन्द्र के. खनाल प्रोडक्शनसँग सहकार्य गरेर बनाएको हो । यसमा धेरै कलाकार, प्राविधिकहरु अनि हितैषी मित्रहरुको साथ सहयोग छ । 
पछिल्लो समयमा लाखौं डुबेका चलचित्रलाई पनि ‘हिट’ भन्ने प्रचलन देखिन्छ, धनपतिको अवस्था कस्तो रहला ?
हाम्रो लगानी राम्रोसँग सुरक्षित भयो ।
चलचित्र अहिले हलमा भन्दा पनि युट्युबमा हेर्ने बानी दर्शकमा परेको भेटिन्छ, यसलाई कसरी लिनुहुन्छ ?
चलचित्र हलमा हेर्न भनेर त्यहीअनुसार बनाइएको हुन्छ । चलचित्र हलमा हेर्दा जुन मजा आउँछ अरु कुनै पनि माध्यमबाट हेर्दा आउँदैन । त्यसैले चलचित्र हलमा नै हेर्नुपर्छ । फेरि यो चलचित्र धनपति युट्युबमा रिलिज पनि हुँदैन ।
चलचित्र उद्योग व्यावसायिक रुपमा फस्टाउन नसकेको गुनासो सुनिन्छ नि ?
फस्टाउँदै छ ।
तपाईं कलाकारिता क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ?
वि. सं. २०५६ सालबाट ।
के उद्देश्य लिनुभएको थियो ?
लेखक बन्ने उद्देश्य लिएको थिएँ ।
जुन अपेक्षा लिएर यस क्षेत्रमा हाम्फाल्नुभयो, त्यो लक्ष्य हासिल भयो त ?
मेरो लक्ष्य त लेखक बन्ने थियो । तर म कलाकार पनि भएँ । हाँसीखुसी लेखन र कलाकारिता जीवनभर गर्ने इच्छा छ ।  
कसको प्रेरणा पाउनुभयो ?
बाआमा, गुरुहरु, अनि मेरो जीवनसाथी
यस क्षेत्रलाई निरन्तरता दिन सकिन्छ ?
सकिन्छ । 
लगानी प्रशस्तै चाहिन्छ चलचित्र निर्माणलाई, त्यसको जोहो कसरी गरिरहनुभएको छ ?
चलचित्र बनाउने पैसाको जोहो मेरो श्रीमती (चलचित्र निर्माता रोजिना सिटौला)ले गर्नुहुन्छ । 
सन्देशमूलक चलचित्र त ग्रामीण क्षेत्रमा समेत पु¥याउन सकेहुन्थ्यो भन्ने आवाज छ, त्यतातिर केही सोच्ने गर्नुभएको छ ?
अहिले चलचित्र सहरमा मात्र होइन । सिनेमा हल नभएका ग्रामीण क्षेत्रमा पनि टेलिभिजन, युट्युवमार्पmत पुग्छ । 
धनपति प्रदर्शन हुँदा अरु चलचित्र बनाउने सोच पनि उब्जिन थाल्यो कि ?
टुकी आर्टस्ले वि.सं. २०७५ सालमा चलचित्र बनाउँछ । त्यसमा काम भइरहेको छ । 
तपाईं चलचित्रमा मात्रै केन्द्रित हुनुहुन्छ कि अन्य पार्टमा पनि ?
म लेखक हुँ । अनि खेती पनि गर्छु ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions