ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

अवसर पनि चुनौती पनि



अवसर पनि चुनौती पनि

खिम घले -

प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने भारत भ्रमण आइतबार सकिएको छ । उनले बिहीबार गरेको भारतीय समकक्षीसंगको संयुक्त पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिले नेपालमा भने तरंग ल्याएको छ । विशेष गरेर प्रमुख प्रतिपक्षी एमालेले त्यसको विरोधमा श्रृंखलाबद्ध अभिब्यक्ति दिइरहेको छ । 
त्यसबाहेक यस पटकको प्रधानमन्त्री देउवाको भ्रमण बास्तवमा प्रधानमन्त्री भएपछि पहिलो पटक भारतको भ्रमण गर्ने नियमित कार्य जस्तै भएको छ । यद्यपी उनलाई भारतमा लिइएको मान भने निक्कै उच्च थियो । जुन ढंगले भारतीय पक्षले उनलाई मानसम्मान र भाउ दिए त्यो हदको महत्व नत केपी ओलीले पाए नत प्रचण्डले नै । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्धारित भेटावार्ताको अघिल्लो दिन नै देउवालाई चिया भेटका लागि आमन्त्रण गरे । बिहीबार औपचारिक भेटावार्ता समय तोकिएको भएपनि मोदीले देउवालाई बुधबार दिउँसो नै एक्लाएक्लै चिया भेट गरे । यसबाट पनि देउवालाई मोदीले कतिसम्म महत्व दिएका थिए भन्ने स्पष्ट हुन्छ । त्यसैगरी उनलाई विमानस्थलमा लिनका लाथि विदेशमन्त्री आफै उपस्थित भए । बिहीबारको भेटमा पनि झण्डै एक घण्टा एक्लाएक्लै कुराकानी गरे । संयुक्त पत्रकार सम्मेलन गरे र संयुक्त प्रेस विज्ञप्ती पनि जारी गरे । 
यसरी दिइएको महत्व विशेष परिस्थितीका कारण हो भन्नेमा कुनै शंका छैन । भारत र चीनबीच भूटान र चीनको सिमा क्षेत्र दोक्लममा विगत केही महिनादेखि तनाव छ । दुवै मुलुकले कुटनीतिक रुपमा छिमेकीको साथ खोजिरहेका छन् । यही कारणले गर्दा पनि भारतीय प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्रीलाई ज्यादै घनिष्ठता र सम्मान देखाएको कुटनीतिक क्षेत्रमा चर्चा चलिरहेको छ । 
बास्तवमा भारतीय पक्ष यस विषयमा नेपालको साथ चाहन्थ्यो । तर, उत्तरी छिमेकी र दक्षिणी छिमेकीबीचको यो तनावमा नेपालले तटस्थताको कोशिस गरिरहेको छ । चिनियाँ अधिकारीहरुले कतै नेपालले भारतको पक्षमा बोलिदिने हो की भन्ने ठूलो शंका थियो । त्यसमा पनि नेपालभित्रै एक पक्षले भारतीय सहयोगमा बनेको सरकारको हो भनेर आक्षेप लगाइरहेको बेलामा यो संभावना नभएको पनि होइन । तर, प्रधानमन्त्री देउवाले यो मामिलामा जुन तटस्थता देखाए त्यसमा कुटनीतिक सुझबुझ देखिएको छ । 
त्यसो त चिनियाँ अधिकारीहरुको चासो पनि कम थिएन । नेपालप्रतिको चासो त्यसै त बढ्दै गएको छ । अर्कोतिर दोक्लममा भइरहेको तनावमा नेपालले दक्षिणी छिमेकीको पक्ष नलिओस् भन्ने उसको चाहना छ । त्यसैले प्रधानमन्त्री देउवा भारत भ्रमणमा निस्कनु एक साता अघि चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपाल भ्रमणमा आए । यो भ्रमण चिनियाँतर्फबाट भएको २०६९ को प्रधानमन्त्री वेन जिवाओपछिको उच्चस्तरीय थियो । 
चिनियाँ उपप्रधानमन्त्रीको भ्रमणमा नेपालको पूर्वाधारदेखि धेरै कुराहरुमा छलफल त भयो । यद्यपी त्यसको प्रमुख विषय भने दोक्लमको विषयमा नेपालले तटस्थता अपनाइदिओस् भन्ने नै थियो । उनको त्यो भ्रमणको सार्थकता नेपालले दोक्लमबारेमा तटस्थता अपनाउने नीति लिएर पुरा गरेको छ ।  
नेपालले चिनियाँ राष्ट्रपति सि चिनफिङले सुरु गरेको वान वेल्ट वान रोडमा भारतको इच्छा विपरित सहभागिता जनाएको छभने दोक्लम विषयमा मौनता साँधेको छ । यही भएर पनि चिनियाँहरु सहयोगको हात बढाउन आइपुगेका छन् । त्यसो त भारतीय पक्षका सुरक्षा तथा अन्य इन्ट्रेष्टहरुमा पनि नेपालले भूमिका निर्वाह गरिरहेकै छ । 
चिनियाँ चसो र भ्रमण यतिमा सिमित छैन । प्रधानमन्त्री देउवा भारतमै रहेको बेला चिनियाँ बिदेश मन्त्रालयका प्रबक्ताले नेपालले भारत र चीनवीचमा समान खालको सम्बन्ध कायम राख्नुपर्ने बताएकी थिइन् । विशेष गरेर भारतसंगको नेपालको बिशेष सम्बन्धका बारेमा जानकार र केही बर्षअघिसम्म भारतसंगको सम्बन्धलाई नजरअन्दाज नगर्नुस् भनेर नेपाली पक्षलाई सुझाव दिने चिनियाँ धारणा परिवर्तन हुँदै गएको सन्देश यसले दिन्छ । 
प्रधानमन्त्री देउवा फर्कंदै गर्दा अर्का एक जना चिनियाँ मन्त्री भने काठमाडौंमै छन् । चार दिने नेपाल भ्रमणमा आएका चिनियाँ भौतिक निर्माण मन्त्री सोमबारसम्म नेपालमै थिए । धेरै हल्लाखल्ला नगरिकन लो प्रोफाइलमा काठमाडौं आइपुगेका ति मन्त्रीले नेपाली अधिकारीहरुसंग धेरैवटा परियोजनाहरुको बारेमा छलफल गरेका छन् । केरुङदेखि काठमाडौंसम्म रेल ल्याउनेसम्मका विषयहरुमा छलफल अघि बढाएका छन् । ति मन्त्री खासमा उपप्रधानमन्त्री वाङको भ्रमणका बेला भएको समझदारीहरुको बारेमा वा उठेका विषयहरुलाई कसरी मुर्तरुप दिने भन्ने विषयमा छलफल गर्न आएका थिए । तर, नेपाली पक्ष तयारी हालतमा रहेको देखिएको छैन । 
यसरी उत्तर र दक्षिणी छिमेकी दुवै विविध कारणले नेपालसंग नजिकिंदै छन् र विश्व शक्तिको रुपमा अघि बढेको यि दुवै मुलुकले नेपालको विकासमा सहयोग गर्ने बचनसहित दुतहरु पठाई रहेका छन् । त्यसको बदलामा दुवैले समदुरीको सम्बन्ध चाहेका छन् । तर, यस बेला 
नेपाली पक्षको तयारी के छ त ? भन्ने प्रश्न खड्किएको छ । 
भुकम्प जाने वित्तिकै भारतीय प्रधानमन्त्री मोदीले पुननिर्माणका लागि एक खर्व रुपैयाँ दिने घोषणा गरेका थिए । त्यसपछिको यो तीन बर्षमा बागमतीमा धेरै पानी बग्यो । सरकारका तर्फबाट भइरहेको पुननिर्माण कछुवाको गतिभन्दा पनि ढिलो छ । तर, भारतीय पक्षले दिने भनेको त्यो रकम लिनका लागि अझै पनि भरपर्दो कुनै परियोजना पेश गरेका छैनन् । दिने नै भनेपनि रकम हाम्रो ढुकुटीमा त्यसै जम्मा गर्ने होइन, उसंग थप्रिइरहेको पैसा बोकाएर पठाउने पनि होइन, हाम्रो आवश्कयता अनुसार परियोजनामा बहुबर्षीय रुपमा लगानी गर्दै जाने हो । तर, हाम्रो विडम्बना के होभने हामीसंग गर्न चाहेको र त्यो रकम यसरी सदुपयोग हुन्छ भन्ने ग्यारेन्टीसहितको प्रस्ताव नै छैन । 
त्यसैले हरेक प्रधानमन्त्रीको भ्रमणको त्यो रकम खर्च गर्ने कुरा उठ्छ । त्यो पनि भारतीय पक्षले उठाउँछ । अनि त्यसलाई खर्च गर्नका लागि परियोजना पहिल्याउने समझदारी बन्छ । फर्केर आएपछि नेपाली पक्ष चुपचाप बस्छ । यस पटक प्रधानमन्त्री देउवाको भ्रमणमा पनि यही भयो । परियोजना पहिचान गरेर पुननिर्माण सकेर उसले दिने भनेको सबै रकम खर्च गरिसक्नु पर्ने वेलामा फेरी चारवटा त त्यही दिने भनिएको रकमको सदुपयोग सम्बन्धी समझदारी गरेका छन् नेपाली पक्षले । झिना मसिना बहानाहरु बनाएर यसमा पनि फेरी उनीहरुलाई नै दोषी बनाउन हामी उद्दत रहन्छौं । आफ्नो अकर्मण्यतालाई ढाकछोप गर्छौ, अनि दोष जति उनैलाई लगाउँछौं । 
भारतसंगको सन्दर्भमा मात्र यसो भइरहेको छैन । चीनसंगका विषयहरुमा पनि यस्तै भइरहेको छ । अहिले संसारमै सबैभन्दा धेरै पैसा चिनियाँहरुसंग छ । उनीहरु बिलियन्स डलरको परियोजना लिएर अफ्रिका र ल्याटिक अमेरिका गइरहेका छन् । तर, नेपालको सन्दर्भमा भने उनीहरु परियाजना पाइरहेका छैनन् । कनेक्टीभिटिको उनीहरुले कुरा गरिरहेका छन्, नेपाली पक्षको त्यसको लागि तयार छन् की छैनन् भन्ने विषयमै दुविधा छ । 
आफ्नो आवश्यकताहरु पहिचान गर्ने र दुवै देशसंग परियोजनाहरुका सम्बन्धमा छलफल गर्ने होभने दुवै देश नेपालमा लगानी गर्न र नेपालको विकासमा सघाउन अतुर रहेको तथ्यहरुले देखाउँछ । भलै त्यसमा उनीहरुका आआफ्ना सुरक्षालगायतका स्वार्थहरु होलान् । त्यसको सम्बाधेन गर्ने जिम्मेवारी हाम्रो पनि हो । 
आफ्नो हीतलाई मध्यनजर गर्दै उनीहरुको स्वार्थमा नबाझिने गरी सघाउनु हाम्रो कर्तव्य पनि हो । हरेक विषयलाई शंकाको रुपमा हेरेर उनको स्वार्थले आएको हो मात्र भनेर आफ्नो खुद्र मसिनो स्वार्थहरु हेरेर मात्र काम गर्ने होभने एक दिन उनीहरुले पीठ फर्काएर हिड्न वेर लाग्दैन । त्यसैले हामी नेपाल र नेपालीको लागि यो अत्यन्त महत्वपूर्ण समय हो । हामीसंग अवसर पनि छ, चुनौती पनि छ । अवसर यस अर्थमा हाम्रा दुई विश्व शक्तिको होडमा रहेका छिमेकीहरु हाम्रो विकासमा हात्तेमालो गर्न हात फैलाएर आइरहेका छन् । चुनौती यस अर्थमा की हाम्रो काम गर्ने तौरतरिकामा परिवर्तन गरिएन र अवसरलाई समात्ने क्षमताको विकास गरेनौं भने समयले हामीलाई छाड्ने छ । त्यो फर्केर आउने छैन ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions