ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

अर्थराजनीतिज्ञ हरि रोका भन्छन्, ‘प्रधानमन्त्रीको भ्रमण कर्मकाण्डी’



अर्थराजनीतिज्ञ हरि रोका भन्छन्, ‘प्रधानमन्त्रीको भ्रमण कर्मकाण्डी’

-

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा संसद्बाट छिनोफानो भइसकेको संविधान संशोधनको विषयमा बोलेर खुब आलोचना खेपे । दुई तिहाई बहुमत नपुगेर अस्वीकृत भइसकेको संशोधनको विषयलाई फेरि प्रयास गर्ने देउवाको भनाइपछि प्रतिपक्षी एमालेले चर्को आलोचना गर्‍यो नै सत्तापक्ष माओवादी केन्द्रले समेत आन्तरिक मामिलामा बोल्न नहुने प्रतिक्रिया जनायो । यद्यपि पाँच दिने भ्रमण सकेर आइतबार साँझ नेपाल फर्केका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानीका क्रममा आफ्नो गल्ती र कमजोरीलाई ढाकछोप गर्दै कुनै खोट लाउने काम नगरेको दाबी गरे । सत्तापक्षले समग्रतामा प्रधानमन्त्रीको भ्रमण सफल रहेको टिप्पणी गरे पनि स्वतन्त्र विश्लेषकहरुले भने यो भ्रमणलाई ‘कर्मकाण्डी’को रुपमा अथ्र्याएका छन् । प्रस्तुत छ, प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे अर्थराजनीतिज्ञ हरि रोकासँग एभरेष्ट टाइम्सका लागि टीकाराम तामाङले गरेको कुराकानी ।  
प्रधानमन्त्री शेरबहादुर देउवाले भर्खरै गरेको भारतको पाँच दिने औपचारिक भ्रमणलाई तपाईले कसरी नियाल्नुभयो ? 
प्रधानमन्त्रीको भ्रमण कर्मकाण्डी हो । प्रधानमन्त्री हुनेवित्तिकै हाजिर बुझाउन गएजस्तो । त्यसकारण यसमा सफलता र असफलता भन्ने कुरा कहीं जोडिँदैन । त्यसैले गम्भीरतापूर्वक हेर्ने हो भने यो सफल पनि होइन असफल पनि होइन । सफल यस मानेमा होइन कि हामीसँग कुनै नयाँ एजेन्डा नै थिएन । असफल यस मानेमा कि पुराना एजेन्डाहरुमाथि छलफल मात्र भए । त्यो छलफललाई कार्यान्वयन गर्ने कुरो बडो अप्ठ्यारो छ ।
यस्तो उपलब्धिहीन भ्रणमलाई तोड्न किन सकिरहेका छैनन् नेपालका पटक पटकका प्रधानमन्त्रीले ? 
यसको दुईवटा अर्थ छन् । पहिलो, प्रधानमन्त्री हुनेले हाम्रो मुलुकको अवस्था कहाँ छ, भारतको अवस्था के हो ? संसारभरिको अवस्था कसरी परिवर्तन भइरहेको छ भन्ने थाहा नपाइन्जेलसम्म यो क्रम जारी रहन्छ । २१ औं शताब्दी लागिसकेपछि संसारमा धेरै कुरा परिवर्तन भए । हामी पनि परिवर्तन भयौं, राजतन्त्रात्मक मुलुकबाट गणतन्त्रात्मक मुलुकमा गइसक्यौं । धेरै कुरामा फड्को मारिसक्यौं, इन्डियाले पनि फड्को मार्‍यो । विश्वले पनि फड्को मारिरहेको छ । त्यसमा कसको भूमिका के हुन्छ, कोबाट के लिन सकिन्छ, कसलाई के दिनुपर्ने भन्ने बारेमा आफूभित्र गहिरो अध्ययन नभएपछि, आफ्नोबीचमा गहिरो छलफल र बहस नभएपछिको समस्या हो यो । 
भारत कहाँनिर उभिएको छ । हामी कुन जिओपोलिटिक्समा छौं । चीन कसरी आइरहेको छ । संसारमा अमेरिकाबाट पूर्वतिर कसरी राजनीति, पावर सर्दैछ । यस बारेमा हामीसँग डेप्थमा अध्ययन पनि छैन । हामी संस्थागत अध्ययन पनि गरिरहेका छैनौं । हाम्रा प्रधानमन्त्रीहरुलाई पनि त्यो छलफल, बहस, त्यसको प्रक्रिया, कहाँ के भइरहेका छन् भन्ने यथार्थ जानकारी नभएसम्म यस्ता भ्रमण रहिरहन्छन्, भइरहन्छन् । 
भनेपछि यस्ता भ्रमणले मुलुकलाई नाफा होइन कि घाटातिर लैजाने भयो ? 
घाटा केही हुँदैन । दस्तुर सधैं बुझाइराख्नु, भनेअनुसार नमस्कार गरिराख्नु जस्तो जुन खालको परम्परा बनेको छ, त्यसले घाटा हुँदैन । तर मान्छेहरु हाँस्छन्, २१ औं शताब्दीमा पनि १९ औं शताब्दीको व्यवहार देखाइरहेका छन् भनेर । अरु मान्छेहरुले, देशहरुले हेर्दा कुरीकुरी गर्ने खालको कुराचाहिँ हुन्छ । 
भारत गएर दीर्घकालीन असर पार्ने समझदारी, सम्झौता, सन्धि गर्ने, अपरिपक्व कूटनीतिक व्यवहार प्रदर्शन गर्दा त मुलुकको स्वाभिमान गिर्दैन ? 
यस हिसाबले घाटा त हुन्छ नै । यिनीहरु कहिल्यै काम लाग्दैनन्, कहिल्यै सिक्दैनन्, कहिल्यै बुझ्दैनन् भनेर भारतीय इन्टिलेक्च्युलहरुले कुरा काट्लान् । चीनलगायत अरु देशका मान्छेले पनि त्यसरी नै हेर्लान् । नेपाल साह्रै सानो देश होइन । दुइटा ठूला देशहरुको बीचमा भएकोले न सानो देखिएको । नत्र यसको आफ्नै खालको खुबी, पहिचान, क्षमता छ । आफ्नै खालका साधन, सोतहरु छन् । हामी कमजोर होइनौं । तर, हामी अपठीत छौं र समस्या भएको हो । 
भारतमा प्रधानमन्त्री देउवाले संविधान संशोधनको विषय बेप्रसंग उठाएको भन्दै सत्तापक्षका नेताले समेत आलोचना गरे नि, यसलाई कसरी लिनुभएको छ ? 
अरुले पनि यस्तै गर्थे नै, गरिराखेकै हुन् । सबै कुरा छ्यालब्यालै गर्थे । कसले कति, बाहिर आए कि आएन भन्नेमात्रै हो । शेरबहादुर देउवाले जुन गरे, यो अपठीत सन्दर्भसँग जोडिने कुरा हो । संविधान संशोधनबारेमा भारत निहुरिसक्यो, हामीसँग छलफल गर्न हुन्न भन्ने ठाउँमा छ भन्ने बुझ्न नसक्दा यस्तो अवस्था भएको हो । संविधान संशोधनबाट माग पूरा गर्नुपर्छ भन्नेहरु नै निर्वाचनमा आइसके, संशोधन प्रस्ताव पास भए पनि, फेल भए पनि निर्वाचनमा जान्छौं भनेकै थिए । यो अवस्थामा प्रधानमन्त्रीले यसो गर्छु, उसो गर्छु भनिरहनुपर्ने जरुरी थिएन । संविधान संशोधन गर्नका लागि दुई तिहाई बहुमत पुग्ने अवस्था देखिँदैन । अर्को निर्वाचन हुँदाखेरी देउवा आउलान् जस्तो पनि देखिँदैन । उनले यो बचन दिइराख्नु पर्ने जरुरी नै थिएन । नेपालको पोलिटिक्स कसरी जान्छ, कताबाट जान्छ भन्ने खालको कुरा उनले जानकारी राख्नुपथ्र्यो, त्यो कुरा गरेनन् । त्यो त उनको कमजोरी हुँदै हो । मुख्य कुरा हामी अपठीत हुनुको दुर्भाग्य हो, हाम्रा सबै प्रधानमन्त्री, जो हुनेवाला छन्, तिनको पनि । हामी संस्थागत रुपमा अध्ययन गर्ने, छलफल, बहस गर्ने, हाम्रा मुद्दा के हो ? अहिलेको बदलिँदो परिस्थितिमा उनीहरुसँग के कुराकानी गर्ने भन्नेबारे जानकारी नराखेपछिको यो समस्या हो । 
अहिले हामीले कूटनीतिक रुपमा फाइदा लिने ठाउँ छ । दुईवटा ठूला मुलुकहरु अमेरिका र चीनबीच अहिले नजानिँदो शीतयुद्ध चलिरहेको छ, को पावरफुल हुने भन्नेमा । एउटा अस्ताउँदो, अर्को उदाउँदो भएपछिको झगडा । यसमा हामीले चेतनायुक्त ढंगले काम गर्‍यौं भने बेनिफिट पनि लिन सक्छौं । 
अमेरिका र रुसबीचको झगडामा दक्षिण कोरियाले बेनिफिट लियो, लगानी गर्ने, आफ्नो म्यानपावर व्यवस्थापन गर्नेलगायत कुराहरुमा । त्यस्तै कुरा तालिवानका लागि भयो दोस्रो विश्वयुद्धपछि । चीन र अमेरिकाबीचको कन्ट्राडिक्सनमा भियतनाले अलिकति फाइदा लियो । फिलिपिन्सले फाइदा लियो । यो टाइमले फाइदा लिने हुन्छ । यो अन्तरालमा हामीले पनि फाइदा लिने ठाउँ हुन सक्छन् । तर, यसका लागि दूरगामी रुपमा सोच्न सक्ने, दुईटैलाई नचिढ्याइकन, दुईको झगडाको केन्द्रविन्दु नेपाललाई नबनाइकन हामी यस्तो खालको वातावरण तयार पार्न सक्छौं, जसले मुलुकलाई फाइदा हुन सक्थ्यो । तर, त्यो कुरा जानकारी हुन पर्‍यो, कसरी गर्ने भनेर । विश्वको इतिहास थाहा हुनुपर्‍यो । नेपालबारेमा जानकार हुनुपर्‍यो । छिमेकीहरु के हुन् भन्ने थाहा पाउनुपर्‍यो । उनीहरु अहिले कुन स्तरमा छन् भन्ने जानकारी राख्नुपर्‍यो । त्यसो भएमात्रै सफलतातिर जाने हो ।
संयुक्त पत्रकार सम्मेलनबाट सार्वजनिक ४६ बुँदा र ८ बुँदे समझदारीको पनि कुनै अर्थ छैन ? 
अर्थ कसरी छ त ? एक खर्ब रुपैयाँ दिन्छु भनेर भुइँचालो जाँदाखेरी नै भारतले भनेको हो । उहाँहरुले सहयोग गर्ने भएपछि त्यो पैसा कहाँ खर्च गर्ने भनेर हामीलाई जिम्मा लगाइदिनुपर्ने हो । तर, उहाँहरुले यत्ति घर बनाइदिन्छौं, यत्ति बाटो बनाइदिन्छौं, यत्ति पैसाको स्कुल बनाइदिन्छौं । यत्ति पैसाको स्वास्थ्यालय भनेर उहाँहरुले किटान गर्ने हो ? उहाँहरुको यदि निःस्वार्थ सहयोग हो भने हामी आफैंले त्यसलाई लगानी गर्ने ठाउँ बनाउन सक्नुपर्‍यो । निर्णायक क्षेत्र यो हो, यहाँनिर लगानी गर्न सक्छौं भनेर हाम्रो सरकारलाई त्यो व्यवस्था गर्न दिनुपर्‍यो । ५० हजार घर, यत्ति शिक्षालय, यत्ति स्वास्थ्यालय बनाइने, उहाँहरु आफैंले तोकेको विद्यालयलाई दिने भन्ने कुरा गर्ने हो भने हामीलाई फाइदाको कुरा होइन, भारतको हस्तक्षेप हो । नजानिँदो ढंगले उहाँहरुले पोल्टिसाइज गर्नुहुन्छ । हामीले स्कुल बनाइदिऔं, तिमी हामीप्रति अलिकति सहानुभूति राख भन्ने टाइपको काम गर्न खोजिराख्नुभएको छ । त्यो फाइदा होइन, कुनै पनि मुलुकका लागि हस्तक्षेपको कुरा हो ।
५० हजार घर, शिक्षालय बनाउने, स्वास्थ्यालय बनाउने दुईपक्षबीच भएको आठ समझदारीमध्ये तीनवटा एउटै शीर्षक हो । अर्को कुरा, चार्टर्ड एकाउन्टेन । त्यो भनेको दुईवटा इन्स्टिच्युसनबीच समझदारी गराउने हो । हाम्रो चार्टर्ड एकान्उन्डेन एशोसिएसन र त्यहाँकालाई मान्यता दिने खालको वातावरण बनाउने हो । हाम्रा चार्टर्ड एकाउन्टेनले भारतमा गएर काम गर्ने, त्यहाँका नेपाल आएर काम गर्न पाउने ।  
अर्को, मेची राजमार्ग बनाउने कुरा ६० वर्ष पुरानो हो । उहाँहरुले उहिल्यै बनाउनुपर्ने थियो । त्यसमा उहाँहरु एक्लैले पनि बनाइराख्नुभएको छैन, एसियाली विकास बैंकको पनि पैसा छ । ठूलो रकम पनि होइन यो । एक करोड डलरको कुरा अथवा एक अर्ब । यस्ता समझदारीलाई के उपलब्धि मान्ने । 
पञ्चेश्वरबारे शेरबहादुरसँग, प्रचण्ड जाँदा नौमुरेको, ओली जाँदा कोसी बाँधको कुरा गर्ने चलन भारतको छ । हामी त्यसमा होमवर्क गर्दैनौं । प्रोजेक्ट ढिला हुँदा के अवस्था आउँछ भन्ने थाहा पाउँदैनौं । भारतीयहरु प्रोजेक्ट ओगट्ने, काम नगर्ने र अरुलाई पनि काम गर्न नदिने खालका छन् । विकल्प के हुन सक्छ भन्ने हामीमा अध्ययन, रिसर्च छैन । अनि हामी दोहो¥याइ, तेह¥याई गएर त्यही कुरा गर्छौं । 
एक अर्ब रुपैयाँको हतियारमा हामीलाई माफी देउ भन्नुपर्छ ? खर्च गर्न नसकेर दुई सय अर्ब राष्ट्र बैंकमा नेपाल सरकारको पैसा छ । अनि एक अर्बको हातहतियार लिँदा हामीले खर्च गर्न नसक्ने ? किन माफी देउ भन्ने ? यस्तो कुरा आइडियोलोजीकल्ली मात्रै होइन । मुलुकका प्रधानमन्त्रीले के सोच्ने, के भन्ने, के नभन्नेबारे होमवर्क गर्नुपर्‍यो । जानुभन्दा अगाडि परराष्ट्र मन्त्रालयले होमवर्क गर्नुपर्‍यो । हाम्रा अरु मन्त्रालयसँग छलफल हुनुपर्‍यो । प्रधानमन्त्री भएर भारत जानेले एकदिन अगाडि मान्छे बोलाएर कुरा गर्ने होइन । सबभन्दा पहिले किन जाने भनेर औचित्यको कुरा गर्नुपर्‍यो । गइसकेपछि हाम्रा के के कुरामा छलफल गर्ने भनेर बहस थाल्नुपर्‍यो, विभिन्न कोणबाट कुराकानी ल्याउनुपर्‍यो । 
पूर्वतयारीका लागि प्रधानमन्त्रीले बैठकहरु बोलाएरका हुन् नि ?
यो त महिना दिन वा १५ दिनको तयारीले हुँदैन, ३/४ महिनाको तयारी चाहिन्छ । कुन प्रोजेक्ट कहाँ छ । कुन अवस्थामा छ । कहाँ कहाँ के के भए डिटेलमा थाहा पाउनुपर्‍यो । सधैं रिपिटेसन्सको कुरा हुन्छ ? अहिले हामीकहाँ सबभन्दा ठूलो कुरा बाँधहरुको हो । बाँधहरु यसरी अव्यवस्थित बनाइयो कि भारतले बाटो बनाउनका लागि । अहिलेको दोक्लमकै कुरा जोडिन्छ । उहाँहरुले दशगजा छेउमा आठफिट अग्लो, २२ फिट चौडा भएको बाटो बनाउनुभयो । त्यो बाटो बनाउँदा हामीलाई सोध्नुपथ्र्यो । उहाँहरु भुटानको कुरामा हामीलाई सोधेन भनेर चाइनिजहरुसँग कुराकानी गर्नुहुन्छ । उहाँहरुले हामी दुई देशको कुरामा समेत सोध्नुभएन, १८ सय किलोमिटर बाटो बनाउँदा । 
म सभासद् हुँदा प्राकृतिक स्रोत, साधन समितिमा थिएँ । त्यो बेला उहाँहरुले बाटो बनाउँदै हुनुहुन्थ्यो । जुन बाँकेको लक्षणपुर बाँध । यता कपिलवस्तुमा अर्काे बाँधको कुरा भो । यी बाँधहरुले हामीमा त्यतिखेरै डुबान सुरु गरेको थियो । पहिले चारवटा जलविद्युत् विकास समिति, पछि १२ वटा जलविद्युत् विकास समिति, अहिले २४ वटा डुब्छन् लक्षणपुर बाँधले । उहाँहरुले बाँध बाँध्न थालेपछि संसद्बाट हामीले अब्जेक्सन गर्‍यौं । उहाँहरुले बाटो बनाएकै होइन भन्नुभयो । अहिले १८ सय किलोमिटर बाटो बनाइयो । उहाँहरुले बाँधको निकास साँघुरो बनाइदिनुभयो । नोक्सान उहाँहरुलाई नै हुन्छ । यसपाला हामीकहाँ २ सय मान्छेमात्रै मरे डुबानबाट । तर, बिहारमा मात्रै अहिले ५ सय ४१ जना मान्छे मरेका छन् । यस्तो समस्या वर्षेनी भइराखेको छ । हाम्रो प्रधानमन्त्रीले त्यही विषयमा पो छलफल गर्नुपथ्र्यो त । यत्ति, यत्ति डुबान हुन्छ, डुबान यो कारणले हो, यो खालका अप्ठ्यारा छन् । यसले हामीलाई यत्ति खाद्यान्नको नोक्सानी हुन्छ, यत्ति मान्छे विस्थापित हुन्छन् । हामीलाई भन्दा तपाईहरुलाई घाटा हुन्छ । यसको निकास निकाल्नका लागि नयाँ खालको गुरुयोजना बनाउँ भन्नुपर्ने हो । यो बारेमा प्रधानमन्त्रीको छलफल छैन । 
डुबानको समस्यासँगै यसअघि पूर्वप्रधानमन्त्री केपी ओलीको पालामा बनेको १९५० सन्धि पुनरावलोकन समिति कामकारबाहीलगायत विषयमा कुरा उठान नहुनुको कारणचाहिँ के हो ? 
आफूभन्दा अगाडिको सरकारले समिति बनायो भनेर त्यसको कुरा नसुन्ने भन्ने हुँदैन । कित त्यसलाई भंग गर्न सक्नुपर्‍यो । होइन, कमिटी छ, छलफल, बहस गरिराखेको छ भने उनीहरुसँग सल्लाह लिनुपर्‍यो । त्यो पनि नगर्ने अवस्था देखियो । औचित्य छ कि छैन, त्यो कुरा कहाँ पुग्यो । समाधान कहाँनिर गर्नुपर्ने भन्ने कुरा छैन । 
त्यसैले सबैभन्दा पहिलो कुरा परराष्ट्र नीतिमा निरन्तरता चाहियो । एकले अर्कोसँग कुरा गर्नुपर्‍यो । जहीं पनि विदेश जानुअघि पूर्वविदेशमन्त्रीहरुसँग बसेर छलफल गरिन्छ । पूर्वसचिवहरुसँग छलफल गर्नुपर्ने कारण नै त्यही हो । पूर्वप्रधानमन्त्रीहरुसँग बसेर छलफल गरिन्छ क्वाइरेन्स मिलाउनका लागि । त्यसको अर्थ भनेको अघि के के भाथ्यो । कसरी कुरा भाथ्यो र अब के गर्ने ? भन्नेबारेमा छलफल गर्ने हो । नेपालमा त झारो टार्ने गरी मात्रै जानुभन्दा अघिल्लो दिन भेट्ने चलन छ । 
  

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

  • Photos

    Gurkha Cup 2017 (Part 1) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions