ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

ड्युटीफुल बेलायत, ब्युटीफुल नेपाल



ड्युटीफुल बेलायत, ब्युटीफुल नेपाल

हुमबहादुर तमु -

लोकतन्त्रको जननी भनेर चिन्ने गरिन्छ, कुनै बेला सुर्य नअस्ताउने मुलुकको रुपमा चिनिन्थ्यो । आज विश्वको अतिविकशित समृद्ध देश हो बेलायत । सिस्टममा चल्ने युकेमा संविधान लिखित छैन, तर पनि कडा कानुन भए जस्तै नियममा चल्छ देश । यसर्थ बेलायत राज्य ड्युटिफुल, युकेबासी ड्युटिफुल छन् । बेलायतसँग दुईसय वर्ष अघिदेखि दौत्य सम्बन्ध गाँसेको मेरो देश नेपाल प्रकृतिले व्युटिफुल भए पनि कही कतै ड्युटिफुल देखिदैन । संविधान लिपिवद्ध नगर्दा पनि हुने बेलायत यति समृद्ध हुने, मेरो देश नेपाल संविधानकै लागि दर्जनौं मारिनुपर्ने ? दुईसय वर्ष अघि दौत्य सम्बन्ध गाँसेको मुलुक बेलायतबाट नेपालले युकेबाट सिक्नु पर्ने थियो । 
बेलायतको अत्यन्तै लोकप्रिय पत्रिका एभरेष्ट टाइम्सको निम्तोमा समृद्ध मुलुक बेलायतमा आउन पाउदा र बेलायतबासी नेपाली संघसंस्था र दाजुभाई दिदिवहिनीहरुको हार्दिकताले हर्षको सिमा छैन । बेलायत आगमनको बेला समृद्धताको कारक यहाँको सिस्टम र ड्युटिफुल नै हो भन्ने लाग्यो । जस्का कारण सबै सबै व्यस्त छन्, व्यस्तताले मुलुक थप अग्रगतिमा लम्किरहेको छ । यो विकसित मुलुको विशेषता नै हो । 
बेलायतीको कुरै छोडौं बेलायतमा बसोवास गर्ने नेपालीहरुको व्यस्तता, आफ्नो ड्युटि प्रतिको सर्मपण लोभ लाग्दो छ । बजैदेखि नातिनीसम्म, बाजेदेखि पनातिसम्म ड्युटि गर्छन, ड्युटिफुल छन। ड्युटिले आफ्नो र परिवारका लागि जोहो पनि भाको छ भने अर्को तर्फ बेलायतको ब्युटिका लागि पनि योगदान पुर्याएको छ । नेपालमा भने रोजगारीको अवसर छैन, खाली दिमाग सैतानको बास भन्ने प्रमाणित भएको अनुभुति भइरहेको छ । कसरी उभो लाग्छ मुलुक चिन्ता लाग्छ । 
ड्युटिफुल युके आगमनको पनि १७ दिन पुरा भएछ । यस अघिको अंकमा दश दिनको यात्राको संक्षेप प्रकासन भइसकेकोले त्यस पछि एक साता युके बसाई थप उमंगित बन्दै गएको छ । एघारौं दिनमा बल्ल सहारा युके एफसीलाई निम्तोलाइ दिन जुर्यो, क्लवका अध्यक्ष ले.कुसांग तमुको आफ्नै निवास क्याम्बर्ली स्वागत ग्रहण गरी तमु धिं युकेका अध्यक्ष आदरणीय दाई ज्ञाम तमु, राप्ती समाज युके र मगर संघ केन्टको निमन्त्रणामा फोस्टोन केन्टको यात्रा तय भो । दुरीका हिसाबले पोखरा देखि धरानसम्म जस्तै भएकाले आधा यात्रा ले.कुसांग सोल्टी र आधा यात्रा गरियो । विचबाटैमा मेरो सोल्टी सुकबहादुर र बैनी देवीको परिवारको स्वागत, तमु धिं युकेका निवर्तमान महासचिव हरि सोल्टीको स्वागत र फुपु लक्ष्मीको आर्शिवाद ग्रहणको अवसर मिल्यो । त्यस पश्चात फोक्सटोन पुगेर प्रेमा भाउजु, सविता छोरी र सदिप छोराको स्वागत ग्रहणसँगै मेरो बसाई ज्ञाम दाई भाउजु सँगै भो भने हाम्रो टोली प्रमुख डण्ड तमु र मनोज घर्तीमगरको ज्ञाम दाईले दुइदिनका लागि बुकिंग गरिराख्नुभएको समुद्र किनारमै रहेको ब्रिटानीया ग्राण्ड होटलमा बसाई भयो । 
बाह्रौं दिन सेप्टम्वर ५ मा ज्ञाम दाई र राप्ती समाज युकेका अध्यक्ष हिम्मत रोक्का दाईसँग बिहान समुद्री किनार, व्याटल अफ व्रिटेन मेमोरल, घोडे डाडा, दिउसो हिम्मत दाई र भाउजुसँग विश्व युद्धको लडाईको किल्ला डोभर क्यासल घुम्दा स्वर्ग भन्ने यही रहेछ कि भन्ने भान भयो । त्यसपश्चात ज्ञाम दाईले आशफोर्ट डिजाइजर आउटलेट(छाता बजार)को अवलोकन गराउदा मार्केटिंगको नमुना अनुभुति भयो । त्यस लगत्तै राप्ती समाज युके र मगर संघ केन्ट द्धारा आयोजित स्वागत सम्मान तथा अन्तरक्रिया कार्यक्रमले पत्रकारिताका लागि हौसला मिल्यो । कार्यक्रममा लोकदोहोरी गायक चन्द्र शर्मालाई समेत स्वागत गरिएको थियो । 
तेह्रौं दिन राप्ती समाजका दधिबन्धु घर्ती, धन बुढा र ज्ञान पुनले केन्टवरीस्थित युकेको सबै भन्दा ऐतिहासिक र ठुलो क्याथडल चर्च, पुस्तकालय, आर्ट ग्यालरी, केन्ट युनिर्भसिटी घुमाउनुभयो । लगत्तै डण्ड तमु र मनोज घर्ती मगर ज्ञामदाईसँग अल्डरसट कार्यक्रमको लाग फर्कनुभयो भने म मेडस्टोनमा सुक सोल्टीसँगै वाटर ब्लु र मेडस्टोन बजार घुमघाम गरी गर्यौं। मेडस्टोनमा टेकबहादुर बाबा, आजी, रमेश भाई, बुहारीको स्वागत, नवीन भाई बुहारीसँग भेट्ने अवसर समेत मिल्यो । भोलि पल्ट १४ औं दिन सोल्टीले मलाई अल्डरसटमा आयोजित गोर्खाको स्वागत सम्मान र अन्तरक्रियामा सरिक भयौं । गेसो र सत्याग्रह संघर्ष समितिद्धारा आयोजित कार्यक्रमले सत्याग्रहका निर्देशक ज्ञानराज राई पहिलोपटक गेसोको कार्यलयमा प्रवेश गराउने माध्यम पनि हामी नै बनेकाले पत्रकारहरु जुटाउने माध्यम बन्छ भन्ने प्रमाणित भयो । उक्त दिनकै बेलुका हामीलाई युके आमन्त्रण गर्ने एभरेष्ट टाइम्सको स्वागत सम्मान ऐतिहासिक र अत्यन्तै हार्दिक बन्यो । हाम्रै स्वागतमा केक पनि काटियो, यो कार्यक्रमको संयोजन गर्ने बरिष्ट फोटो पत्रकार मिलन तमु सरको भुमिकालाई सह्राना सहभागी सबैबाट गरिएको थियो । उक्त काय्र्रक्रम समापन सँगै बेजिंगस्टोकको यात्रा नेपाली  संघीय समाज युकेका अध्यक्ष तथा तमु धिं युकेका पुर्व अध्यक्ष, वरिष्ट समाजसेवी कमल तमु दाई र बैनी पुनमको साथमा एनआरएन युकेका निर्वाचनको केही भलाकुसारीका साथ  उहाँहरुकै निवासमा कफि पियौं । 
युके बसाईको १५ औं दिनमा नेपाली  संघीय समाज युकेका अध्यक्ष तथा तमु धिं युकेका पुर्व अध्यक्ष, वरिष्ट समाजसेवी कमल तमु दाईले बेलायत भित्रको भारत जस्तै लाग्ने साउथहल लण्डन, मेडम टुसाडस, लण्डन ब्रिज लगायत लण्डन सयर गराउनुहुदै बेलुका उहाँकी रेष्टुरेण्ट न्यु बेरी स्थित गोर्खा सेफमा खाना खायौं । उक्त अवसरमा बहिनी पुनमको रनिंग ग्रुपका गोरा मित्रहरुको चिनापर्चीको अवसर जुर्यो । 
शनिवारको बिहान बैनी अमृता, रबी ज्वाई, भान्जी एलिना, सर्वराज काका, आजी र सामाजिक अभियन्ता सुधा दिदिको स्वागतले मन गदगद बन्यो। बैनीकोमा खाना पश्चात ज्वाई रबीले अल्डरसटस्थित एम्पायर हलमा भईरहेको एनआरएन युकेको निर्वाचनको अवसर प्रदान गर्नुभयो । त्यस लगत्त आदिवासी जनजाति महासंघ युकेको स्वागत, सम्मान, अन्र्तक्रिया उपलब्धिमुलक रह्यो । उक्त कार्यक्रमकै बखत स्विण्डन मलाई भेट बैनी जुना, ज्वाई दोब र भान्जा, भान्जीहरु आगमनले हामीमा कति ममता छ भन्ने महसुस भयो । धेरैपछि भेटसँगै युकेको सम्झना रहिरहने बन्यो । कार्यक्रमलाई छोट्याउदै तमु समाज युकेको दशौंवार्षिकोत्सव र भवन उदघाटन कार्यक्रम अविष्मरणीय बन्यो । लण्डन बायरोन काउसिन्लले समाजका लागि भवन उपलब्ध गराएको रहेछ, यो नेपालीको लागि गौरब ठान्यौं । वार्षिकोत्समा प्रमुख अतिथि बायरोनका मेयर भगवान जी चौहानले मलाई नेपालका मेयर भनेर सम्बोधन गर्दै चुनावै जितेको महसुस भयो । कार्यक्रममा साउथहलका एमपी महेन्द्र शर्मा लगायत धेरै पाहुनाहरुसँग परिचय भयो । हाम्रो आफन्तजनहरु धेरै भेट्ने अवसर जुर्यो, मायाको चिनोसहित सम्मानले प्रफुल्लित बनायो । माया दिदि, पार्वती दिदि, सर्मिला दिदि, अध्यक्ष अर्जुन दाई, चित्र दाई, शिवशरण, भिम महेन्द्र भाइ लगायत सबै सबै भेट, कार्यक्रममा विभिन्न सम्मानहरु सहित साँस्कृतिक प्रस्तुतिले थप मनोरन्जन दिलायो । फोनिज युकेको अधिवशेन पश्चात १४ दिनमा नेपालबाट आएका हामी ६ जना पत्रकार एकै थलोमा भेट्ने मौका समेत मिल्यो । तमु समाज युकेको स्वागत बोर्डमै मेरो पत्रिका कास्की आवाज राष्टिय दैनिकमा प्रकाशित समाजको फ्लेक्स नै बनाएर राखेको पाउदा हाम्रो कामले सम्मान पाएछ भन्ने गर्व गरें । धन्यवाद तमु समाज युकेलाई । 
नेपाल फर्कने काउण्ट डाउन शुरु हुदै गर्दा आइतवार फेल्थममा तमु प्ये ल्हु संघको स्वागत, सम्मान, आमाहरुको कोशेलीले मख्ख पर्यौं, वकिंगस्थित किरात राई यायोख्याको हार्दिक एवं भव्य स्वागतले मनै फुरुंग बन्यो । युकेमा १४८ रोपनी किरात भुमि सिमाबद्ध गरेको देख्दा र यायोख्याको बारेमा फोनिज नवनिर्वाचित प्रमिला लाबुंग राईबाट धेरै जानकारी पाउदा अत्यन्तै खुशी सगाल्दै मगर संघ युकेको स्वागत सम्मानका लागि अध्यक्ष नेम थापा लगायत मगर संघ र नेपाल पत्रकार महासंघ युकेको अध्यक्ष नरेश खपांगी, कोषाध्यक्ष पुर्ण तमुप्रति आभारी छौं । उक्त कार्यक्रम लगत्तै छैटौं संस्करणको मिस युके २०१७ को फाइनल राउण्ड हेर्ने अवसर जुर्यो । त्यस लगत्तै तमु धिं युकेका अध्यक्ष ज्ञामदाईको आग्रहमा खाजाखाना सँगै हुदै गर्दा घर (दुर्गा दाई, तारा भाउजु) मा भेटघाटका लागि आफन्तजनको पर्खाइ सुनेर ज्वाई रबी र भान्जी एलिनाको साथमा घर पुग्यौं । घरमा भाउजुको बाबा आमा, पोखरा बगरस्थित स्व.उदयबहादुर बाबाको छोरी आदरणी दिदि लगायतको आफन्तजनको मायाले समाजको निम्ती केही गरेका रहेछौं भन्ने ठम्याइ भो । 
व्यस्त युकेका हाम्रा आफन्तजनहरु हाम्रै निम्ती कम्पनीमा धेरै जना विरामी पर्नुभएको छ । नक्कली विरामी । विरामीका लागि विदा अलि सहज हुने भएकाले नक्कली विरामी हुनुभएका हाम्राहरु सधै स्वस्थ्य र दीर्घजीवन होस कामना छ । अब ड्युटिफुल युकेबाट प्रकृतिले सजिसजाउ नेपालमा सिस्टम बसाल्न सके अत्यन्तै व्युटिफुल बन्ने मेरो ठम्याई हो । राज्य सन्चालकहरु मुलुक र जनताप्रति इमान्दार बन्ने कहिले ? महिना महिना विदेश घुम्ने विदेशका विकास नदेख्ने कस्ता नेता छन नेपालमा ? ड्युटिफुल युकेबासी नेपालीहरुले प्रश्न गर्न जरुरी छ ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions