ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

हाम्रो समृद्धि सपना



हाम्रो समृद्धि सपना

खिम घले -

लेखनाथ पौड्यालले लेखेका थिए, उडी छुनु चन्द्र एक । यो विम्ब हो । सामान्य मानिसका लागि चन्द्र छुनु कल्पनाको कुरा होला । तर, त्यो उद्देश्य राखे, कही न कही पुगिन्छ । प्रगति गरिन्छ र जीवनमा समृद्धि प्राप्त हुन्छ भन्ने पौड्यालको बुझाई र भनाई भएको कुरामा मत बझाइ रहनु पर्ने छैन ।
यो कुरा मानिसमा मात्र होइन, राष्ट्रको जीवनमा पनि लागु हुन्छ । राज्यले कस्तो लक्ष्य र उदेश्य राखेर कस्ता गतिविधिहरु गरेका छन् भन्ने कुरासंग मुलुकमात्र होइन, जनताको विकास, उत्थान र समृद्धि जोडिएर आउँछ । तर, यही नेर प्रश्न उठ्न हाम्रो मुलुकको लक्ष्य के पौड्यालले भने जस्तै छ ?, हाम्रा शासक र कर्मचारीतन्त्र यस्तै खाले लक्ष्यका साथ अघि बढेका छन् त ?
पछिल्ला केही उदाहरणहरु हेर्दा यो पटक्कै लाग्दैन । केही बर्षयता हाम्रो राज्य संयन्त्रले विकास बजेट खर्च गर्न नसकेर हत्तु छ । हरेक बर्ष झण्डै चालिस प्रतिशत विकास बजेट पेण्डिङ हुँदै आएको छ । त्यो बजेट अर्को बर्ष सर्ने गरेको छ । विकास बजेटकै करिव अर्को ३० प्रतिशत चाही असार मसान्तमा हतार हतार कनिका छरेजस्तै गरेर सिध्याउने गरिएको छ । त्यो रकमको आधा ठेकेदार, कर्मचारी र राजनीतिक दलका स्थानीय नेताहरुको गोजिमा जान्छ, आधा रकमले विकास निर्माण गरिन्छ, धेरै जसो सडक खन्न वा कालोपत्रे गर्न खर्चिन्छ । असारको मसान्तमा गरेको कामको समाचार साउनको दोस्रो सातादेखि कालोपत्रे उत्रेको, सडक र पुल बाढीले बगाएको, पहिरो गएको आदि इत्यादी रुपमा आउछ । 
यहाँ कुरा गर्न लागिएको प्रसंग यो घरेलु बजेटको होइन, हाम्रो सोचको हो । हाम्रो सन्दर्भमा दुई छिमेकी चीन र भारतबीच देखिएको सहयोगको होडबाजी र हाम्रो अकर्मण्यताको हो । यसमा हामी कसरी चुक्दैछौं भन्ने पनि हो । अहिलेको हाम्रो शासकीय पुस्ताको नालयकीपन हाम्रो कति पुस्ताले व्यहोर्नु पर्ने हो भन्ने चिन्ता हो । 
चीन र भारत दुई जाइन्टको रुपमा उदाएका छन् । दुवैको एक अर्व भन्दा बढी जनसंख्या छन् । उत्तरी छिमेकी चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको छ । सरकारी ढुकुटीको हिसावले उ पहिलो नम्बरमै पुगेको छ । दक्षिणी छिमेकी भारत पनि उदाउदैछ । विश्वको प्रमुख दश अर्थतन्त्रमा परिसकेको छ । उसको विकासको रफ्तार यतिमा सिमित हुनेवाला छैन । अति छिटो अघि बढिरहेको छ । 
सयौं बर्षअघि पृथ्वीनारायण शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भनेका थिए रे । उनले मुलुकको संवेदनशीलताको कुरा गरेका थिए, त्यसबेला । त्यस बेलाको कविला युगमा त्यही बुझाई उपयुक्त थियो होला । तर, दुर्भाग्यको कुरा सयौं बर्षपछि पनि हाम्रा शासकहरुको मानसिकता पृथ्वीनारायणको कविला युगबाट माथि उठ्न सकेन । अझै पनि हाम्रा शासकहरुले आफुलाई तरुल र दुई छिमेकीलाई ढुङ्गा सोच्न छाडेका छैनन् । आफुलाई कमजोर र निरिह बुझ्न छाडेका छैनन् । तर, यि दुवै पृथ्वीनारायणका ढुङ्गा आ–आफ्नो बर्चश्वकै लागि किन नहोस् अहिले नरम भएका छन् । यो समयको अन्तरालले दिएको अवसर हो । हामीसंग त्यही नरम अवस्थाको फाइदा उठाउदै आफु फष्टाउने प्रशस्त आधार र अवसर दुवै छ । तर, हाम्रा शासकहरुको मानसिकता उही तरुलको अवस्थामा छ र आफ्नो सानातिन, खुद्रेमसिना स्वार्थहरुमा जेलिएका छन् । 
भुकम्पले तहस नहस बनाएको बेला दक्षिणी छिमेकी भारतले एक खर्व रुपैयाँ सहयोगको बचन दिएको थियो । त्यसका लागि उसले परियोनाहरु निश्चित गर्न र खर्च गर्ने मोडालिडी तयार गर्न भनेको दुई बर्षभन्दा धेरै भयो । तर, हाम्रो सरकारले अझै त्यो पैसा कहाँ खर्च गर्ने र त्यसलाई कति बर्षलगाएर खर्च गर्ने भन्ने तय गर्न सकेको छैन । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला फेरी एक पटक त्यही खर्च गर्ने मोडालिडी तयार पार्ने भन्ने समझदारी भएको छ । 
प्रधानमन्त्रीकै भारत भ्रमणलाई हेरौं । भारतीयहरुको जे सुकै स्वार्थ होस्, उनले ठूलै स्वागत सत्कार पाए । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विना कार्यक्रम पनि चिया खाना बोलाए । अनि उनीलगायत सबै अधिकारीहरुले भने, हामी नेपाललाई संगै लिएर जान चाहन्छौं, नेपालको समृद्धि हाम्रो पनि चासोको बिषय हो, त्यसका लागि हाम्रो तर्फबाट के कस्तो सहयोग गर्नुपर्छ भन्नुस् । 
हाम्रा प्रधानमन्त्रीसहितको टोलीको उनीहरुको यस्तो प्रस्ताव पछि बक फुट्दैन । अनी उनीहरुको कुरा त्यही हुलाकी सडकको कुरा हुन्छ, कुनै अस्पतालको भवनको कुरा हुन्छ, पुरानो आफैले अघि बढाउन नसकेका परियोजनाहरुको कुरा हुन्छ । अनि साखुल्लै भएर फर्कन्छ । यसरी सहयोग र सहकार्य गर्ने उनीहरुको प्रस्ताव आएपछि ठूला र आम मानिसको जीवन परिवर्तन गर्न सक्ने ठूला परियोजनाको बारेमा खुलेर छलफल गर्न सक्नु पर्यो नी । त्यसका लागि आफ्ना तर्फबाट योजनाहरु दिन सक्नु पर्यो । अर्वका होइन, खर्व खर्वका परियोजनाहरु तयार बनाउनु पर्यो नी । हाम्रा प्रधानमन्त्रीहरु तामझामका साथ भ्रमणमा जान्छन्, त्यसको उदेश्य भारतलाई गणतन्त्र दिवसको दिन दिने दश वटा एम्बुलेन्स र भारतबाट नेपालले आयत गर्दै आएको दुई सय मेगावाट विजुलीका लागि धन्यवाद दिने योजना बनाउँछन् । अनि अर्को सय मेगावाट विजुली बेच्न आग्रह गर्छन् । बस यति भएपछि नेपालको कायपलट हुन्छ । हुनपनि अर्को हिउँदमा हुनसक्ने १२ घण्टा लामो लोडसेडिङको अन्त्य हुन्छ । 
यो अवस्था भारततिर मात्र होइन । चीनतिर पनि उस्तै छ । संसारभर चिनियाँहरु आफुसंग सञ्चित भएको डलरलाई लगानी गर्दैछन् । भनिन्छ, अहिले चीनसंग यति अथह पैसा छ की उसले खर्च गर्ने ठाउँसमेत पाइरहेको छैन । गत वर्ष आफ्रिकी मुलुकहरुका लागि घोषणा गरे ६० विलियन डलरको लगानी प्रस्ताव यसैको उदाहरण हो । पछिल्लो बर्षहरुमा चीन नेपालमा पनि हात फैलाएर सहयोग गर्ने मुडमा आइरहेको छ । पछिल्लो बर्षहरुमा भारतबाट भन्दा पनि चीनबाट धेरै उच्चस्तरिय भ्रमणहरु भएका छन् । त्यो शीर्ष तहमा भने भएको छैन । चिनियाँ राष्ट्रपति सि चिनफिङले नेपालमा भ्रमण गर्ने भनेको पनि करिव दुई बर्ष बितिसक्यो, तर हुन सकेको छैन । बाहिरीरुपमा जे सुकै कुरा भएपनि नेपाल र चीनबीच के महत्वपूर्ण कुरामा समझादरी बनाउने भन्ने कुरा नहुँदा उनको भ्रमण हुन सकेको छैन । प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्नु केहीदिन अघि मात्र चिनियाँ उपप्रधानमन्त्री नेपाल आएका थिए । उनको स्पष्ट भनाई थियो, हामी नेपाललाई संगै लिएर अघि बढ्न चाहन्छौं । तपाईहरुलाई के गर्नुपर्छ ?
नेपाल अधिकारीहरुको अवस्था यहाँ पनि वाल्ल पर्ने अवस्था नै देखियो । उसैले प्रस्ताव गरे, केरुङसम्म आइसकेको रेड, रसुवागढी हुँदै काठमाडौं ल्याउने अनि पोखरा र लुम्बिनी लैजाने । नेपालीहरुको पारा हो हो टाउको हल्लाउने जस्तो रह्यो । केही दिनअघि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा बेइजिङ पुगे । त्यहाँ पनि फेरी विकास र सहयोग कै कुरा उठ्यो । बाहिर आएको समाचार अनुसार महराले तातोपानी नाका खोलिदिन आग्रह गरे, चिनियाँ पक्षले हुन्छ भने । चिनियाँ पक्षले फेरी पनि केरुङदेखि काठमाडौं हुँदै लुम्बिनी र पोखरासम्म रेल लैजाने कुरा गरे महराले होमा हो मिलाए । चीनले रसुवागढीको मार्गलाई महत्व दिइरहेको छ भनेपाल तातोपानीकै नाका खोलिदिन आग्रह गर्छ । के भन्न सक्दैन भने रसुवागढीदेखि काठमाडौंसम्मको बाटो आठ लेन बनाउन त भन्न सक्दैन । 
यसबाट प्रश्न उठेको छ, हाम्रो शासकहरु भ्रमण किन गर्छन् । मिठो खाना र घुमघाम गर्न, अतिथ्यता स्वीकार गर्न की मुलुकका लागि केही नयाँ, राम्रा, परपर्दा र आम जनताको जीवनलाई सहज हुने खालका कामहरु गर्न ? अनि नेपालको विकासको चासो हाम्रो र हाम्रो शासकहरुको हो की चीन र भारतको ? हामी किन यति गतिछाडा भएका छौं ? हाम्रो प्राथमिता यो हो भनेर बन्न सक्दैनौं । किन हामी सपना देख्न सक्दैनौं । किन हामी करोड रुपियाँ वा धेरैमा अर्व रुपैयाँका परियोजनाका कुरा मात्र गरिरहन्छौं ? खर्व रुपैयाँका परियोजना के हामी कल्पना गर्न सक्दैनौं ? हामीसंग नेपाललाई विकासको पथमा लैजाने कुनै सोच नै छैन । ललीपपमा केटाकेटी रमेजस्तै १२÷१५ वटा गाडी दिएपछि, दुई चार करोड अनुदानको घोषणा गरेपछि किन हामी फुरुङ्ग हन्छौं ?
आर्थिक विश्लेषक सुजिव शाक्यले एक प्रसंगमा भनेका थिए, हामीसंग सपना नै सारै साना भए । के उनले भनेको कुरा सही हो त । सुजिव भुटान, कम्बोडिया र युगाण्डामा कन्सल्ट्यान्टको रुपमा काम गर्छन् । उनको अनुभवमा ति मुलुक मन्त्रीहरुसंग खर्व डलरका परियोजना छन् । तिनीहरु कुनै पनि परियोजनाका बारेमा कुरा हुने बित्तिकै त्यसमा बिलियन डलर खर्च गर्ने कुरा गर्छन् । यद्यपी तिनीहरु नेपाल भन्दा नत जनसंख्या नत आर्थिक अवस्था नै ठूला  र उन्नत छन् । तर, उनीहरु त्यो लक्ष्यका साथ काम गरिरहेका छन् । बिस्तारै नेपाल भन्दा उन्नत बन्दैछन् । 
त्यसैले हाम्रा शासकहरु सपना देख्नै सक्दैनन् । सहयोग र लगानी गर्न आएका छिमेकीहरुलाई परियाजना देखाउन सक्दैनन् । त्यही पृथ्वीनारायण शाहको पालामा बनेको हीन मनोभावका साथ बाँचिरहेका छन् । हाम्रा बुद्धिजीवि र शासकहरुले चीन र भारतको बीचमा गतिशिल पुल बन्ने कुरा गरेको पनि धेरै भइसक्यो । कुरा जति मठा र राम्रा गरेपनि मानसिकतामा परिवर्तन भएन भने व्यावहारमा नदेखिने रहेछ भन्ने उदाहरण यही हो । आफ्ना प्राथमिकताहरु आफै तोक्ने र अवसरको सदुपयोग गर्न सक्ने होभने हाम्रो दुई ठूला छिमेकी ढुङ्गा होइन, मल बन्न तयार देखिन्छन् । हाम्रो समृद्धिको सपना पुरा हुन समय लाग्ने छैन । तर, हाम्रा शासकहरु ढुङ्गा सम्झेर तर्सिरहेका छन् । यसले हाम्रो पुुस्ताको सपना त पुरा भएन नै कति पुस्तासम्म पिरोल्ने हने भन्न सकिन्न ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

  • Photos

    HH 17th Gyalwang Karmapa Empowerment in UK

  • Photos

    Tamu Pye Lhu Sangh UK Summer Get-together 2017

  • Photos

    Mr UKNepal 2017

  • Photos

    Nepali Open Concert (Photos)

  • Photos

    Gurkha Cup 2017 (Part 2) Photos

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions