ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

सहयोग निरन्तरताको आशा छ : सहारा युकेका उपाध्यक्ष कुमार गुरुङ



सहयोग निरन्तरताको आशा छ : सहारा युकेका उपाध्यक्ष कुमार गुरुङ

-

नेपाली समुदाय बेलायतमा सहारा युके नौलो नाम होइन । बेलायतमा नेपालीहरुको संख्यामा वृद्धि हुँदै आएपछि नेपाली युवाहरुलाई फुटबलप्रति आकर्षण गराउने उद्देश्यका साथ सन् २००८ मा सहारा युकेको गठन भएको हो । स्थापनाकालदेखि नै फुटबल टिम गठन, एभरेष्ट कप प्रतियोगिता आयोजना, सन्डे लिगमा सहभागिता र नेपालका विभिन्न क्षेत्रमा सहयोगका हातहरु बढाउँदै आएको छ । सहारा युकेले विभिन्न क्षेत्रमा सहयोग गर्ने उद्देश्यले विगत नौ वर्षदेखि वार्षिक च्यारिटी डिनर कार्यक्रम आयोजना गर्दै आएको छ । 
२०७२ सालमा नेपालमा आएको महाभूकम्पबाट क्षतिग्रस्त विद्यालयहरुको पुनर्निर्माणको क्रममा रहेको सहारा युकेले विद्यालय पुनर्निर्माणलगायत क्षेत्रमा सहयोग गर्ने उद्देश्यले आगामी १८ नोभेम्बरमा सहारा युके वार्षिक च्यारिटी डिनर नाइट आयोजना गर्ने भएको छ । सो कार्यक्रम तयारी र उद्देश्यबारे सहारा युकेका उपाध्यक्ष एवं कार्यक्रम संयोजक कुमार गुरुङसँग एभरेष्ट टाइम्सका लागि घान्द्रुके कान्छाले गरेको छोटो कुराकानी । 
कुमारजी, च्यारिटी डिनर नाईट केका लागि आयोजना गर्दै हुनुहुन्छ ? 
हामीले विगत ९ वर्षदेखि नै प्रत्येक वर्ष विभिन्न उद्देश्यका साथ च्यारिटी डिनर नाइटको आयोजना गर्दै आएका छौं । त्यसैको निरन्तरता हो । तर, हामीले यसवर्ष दुईवटा महत्वपूर्ण उद्देश्यका साथ कार्यक्रम आयोजना गर्दैछौं, पहिलो, भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकस्थित श्री हैबुङ्ग महादेवस्थान माध्यमिक विद्यालयको पुनर्निर्माणमा सहयोग र अर्को अल्डरसट एन्ड डिस्ट्रिक सन्डे फुटबल लिग । 
विद्यालय र सन्डे लिगको बारेमा जानकारी गराउनुहुन्छ कि ? 
हामीले महाभूकम्पपश्चात् २ वटा विद्यालयको पुनर्निर्माणमा सहयोग गर्ने उद्देश्य राखेका थियौं । हाम्रो पहिलो परियोजना गोर्खामा थियो, गोर्खास्थित गणेश प्राइमरी स्कुल ३५ लाख रुपैयाँमा पुनर्निर्माण भइसकेको छ भने सिन्धुपाल्चोकको विद्यालयमा अब केही काम अर्थात् झ्यालढोकाहरु लगाउन बाँकी छ । जुन परियोजना २५ लाख रुपैयाँको हो, जसलाई पूरा गर्न रकम आवश्यक भएको हो । र, अर्को उद्देश्य हो सन्डे लिगलाई निरन्तरता । हामीले विगत ६ वर्षदेखि अल्डरसट डिस्ट्रीक एन्ड सन्डे फुटबल लिगमा भाग लिँदै आएका छौं । जसमा २१ जना हाम्रा नेपाली खेलाडीहरु छन्, उनीहरुको तालिम, बिमा, सो खेलको दर्ता र खेल मैदानको भाडा आदिमा वार्षिक ५ हजार पाउन्ड खर्च हुन्छ । विद्यालय पुनर्निर्माण र सन्डे लिगलाई निरन्तरता सँगसँगै सहारा क्लब पोखरामा रहेका अनाथ विद्यार्थीहरुलाई पनि सहयोग गरिने उद्देश्य राखेका छौं । 
कार्यक्रम तयारी कस्तो भइरहेको छ ? 
अहिले हामी कार्यक्रमकै तयारीमा जुटिरहेका छौं । कार्यक्रम व्यवस्थित रुपमा सम्पन्न गर्न हाम्रा सहारा युकेका अध्यक्ष मिन (साइँला) गुरुङको निर्देशन र मेरो संयोजकत्वमा एउटा तयारी कमिटी गठन भएको छ । हामीले अतिथिहरुलाई निमन्त्रणा गर्नेलगायत आवश्यक कामहरु गरिरहेका छौं । 
कार्यक्रम कहिले र कहाँ आयोजना हुँदैछ ?
आगामी १८ नोभेम्बर २०१७ का साँझ ५ बजेदेखि राति ११ सम्म अल्डरसटस्थित एम्पायर हलमा हुनेछ ।
कार्यक्रममा डिनरमात्रै हो कि थप आकर्षण पनि छ ? 
वार्षिक कार्यक्रम पनि भएको हुँदा सो दिन हामीले नयाँ आजीवन सदस्य तथा सल्लाहकारहरुको स्वागत गर्नेछौं । त्यस्तै, सहारा युके परिवारका सदस्यहरु अन्य कुनै संघसंस्थाको गरिमामय पद अध्यक्षको जिम्मेवारीमा पुग्नुभएको छ भने उहाँहरुलाई हामीले सो साँझ बधाई ज्ञापन गर्नेछौं । स्वागत, बधाई सँगसँगै हामीले सहारा युकेको विकासमा महत्वपूर्ण योगदान दिनुहुने परिवारका सदस्यहरुमध्येबाट एकजनालाई ‘सहारा युके अवार्ड’ प्रदान गर्ने छौं । 
त्यसै गरी सहारा युकेमा रहेर च्यारिटीलगायतको सामाजिक काम गरी नेपाली समुदायलाई योगदान दिनुभएका सदस्यहरुमध्येबाट एकजनालाई ‘सहारा युके स्पेशल अवार्ड’ प्रदान गर्नेछौं । दुवै अवार्ड मूल्यांकनका  लागि सहारा युकेका प्रमुख सल्लाहकार पूर्वप्रअ महेश गुरुङको संयोजकत्वमा ७ सदस्यीय कमिटी गठन गरिसकिएको छ । स्वागत, बधाई र अवार्ड सँगसँगै कार्यक्रमलाई अझ मनोरञ्जनपूर्ण बनाउन हामीले विविध सांस्कृतिक कार्यक्रम र राफल ड्र समेत खेलाउँदै छौं । 
विविध सांस्कृतिक कार्यक्रमबारेमा अलिकति जानकारी गराइदिनुहोस् न ? 
कार्यक्रमलाई थप आकर्षण बनाउनका लागि स्थानीय नेपाली कलाकारहरुको सहभागिता रहनेछ । त्यस्तै, तमु प्ये ल्हु संघ युकेले आगामी १७ नोभेम्बरका दिन आयोजना गर्न लागेको ‘तमु साँस्कृतिक साँझ’का लागि नेपालबाट आउनुहुने कलाकारहरुको पनि सो साँझ विशेष प्रस्तुति रहनेछ । 
कार्यक्रममा कति सयको उपस्थिति हुने अपेक्षा राख्नु भएको छ ? 
कम्तीमा ३५० जनाको उपस्थिति हुने अपेक्षा राखेका छौं । 
प्रवेश शुल्क कति तोक्नु भएको छ ? 
प्रतिव्यक्ति २५ पाउन्ड तोकेका छौं । जसमध्ये १८ पाउन्ड सोही साँझ खर्च हुन्छ । 
बाँकी रकमले तपाईको उद्देश्य पूरा होला ? 
सो रकमले खर्च धान्नै मुस्किल हुन्छ । तर, हामीलाई सहयोग गर्ने थुप्रै शुभचिन्तक र डोनर्सहरु हुनुहुन्छ । धेरैजना शुभचिन्तकहरुले हामीलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ । उहाँहरुकै सहयोगबाट हामीले थुप्रै परियोजनाहरु पूरा गरिसकेका छौं । आशा छ, यसवर्ष पनि उहाँहरुको सहयोग निरन्तरता रहनेछ । त्यस्तै, कार्यक्रममा राफल ड्र पनि खेलाइने भएको हुँदा त्यसका लागि पनि थुप्रै प्रायोजकहरुले पुरस्कारको प्रतिबद्धता व्यक्त गरिसक्नुभएको छ । 
भनेपछि कति बचत हुने अपेक्षा गर्नुभएको छ ? 
आशा छ, कार्यक्रमबाट पाँच हजार पाउन्डभन्दा बढी नै बचत हुनेछ । 
प्रत्येक वर्ष कार्यक्रम आयोजना गर्दै आउनुभएको छ, यसलाई नेपाली समुदाय बेलायतले कसरी हेरिरहेको छ ?
हामीले एउटा पवित्र उद्देश्य लिएर कार्यक्रम आयोजना गर्दै आएका छौं । त्यसैले पनि होला, अहिलेसम्म सबैको साथ, सहयोग र समर्थन पाइरहेका छौं । सहारा युकेले एउटा उदाहरणीय काम गरिरहेको धेरैको बुझाई र विश्वास रहेको पाएको छु । 
आगामी दिनमा सहारा युकेले के के काम गर्दैछ ? 
अहिले हामीले गरिरहेको कार्यलाई निरन्तरता दिनुका साथसाथै यहाँका नेपाली बालबालिकाहरुलाई सानै उमेरबाट फुटबलको तालिम गराउने उद्देश्य राखेका छौं । र, नेपालबाट अन्तर्राष्ट्रिय खेलमा भाग लिइरहेका खेलाडीहरुलाई बेलायतका विभिन्न क्लबहरुमा कसरी प्रवेश गराउन सकिन्छ भन्ने अभियानमा जुटिरहेका छौं । 
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ? 
हामीले एउटा पवित्र उद्देश्य लिएर च्यारिटी डिनर नाइटको आयोजना गर्दैछौं । कार्यक्रममा उपस्थिति भइदिनहुनका लागि बेलायतमा बसोबास गर्ने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अनुरोध गर्न चाहन्छौं । यदि तपाई उपस्थित हुन सक्नुहुन्न तर हाम्रो अभियानमा साथ र सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न हुन पनि अनुरोध गर्न चाहन्छु । र, सदाझैं आगामी दिनहरुमा पनि तपाईहरुको सल्लाह, सुझाव, प्रतिक्रिया र सहयोगको अपेक्षा राख्दछौं । 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions