ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

चुनावपछि जनताको आशा : विकास र समृद्धि



चुनावपछि जनताको आशा : विकास र समृद्धि

खिम घले -

आइतवार ३२ जिल्लाको प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गरिएको छ । प्रतिनिधि सभाका लागि दुई सयभन्दा बढी र प्रदेश सभाका लागि ३ सयभन्दा बढीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता निक्कै उल्लासमय बन्यो भने बाजागाजासहित उम्मेदवारी दर्ता भइरहँदा दलका कार्यकर्ता मात्र होइन, सर्वसधारण पनि खुशी देखिन्थे । अझ उम्मेदवारी दर्ता अपेक्षाकृत रुपमा शान्तिपूर्ण रह्यो । 
एमाले–माओवादीको गठबन्धन र एकताको घोषणासंगै चुनावप्रति आशंका गर्नेहरुको पनि जमात ठूलै थियो । एकातिर चुनावको आशंका गर्नेहरुमा वाम गठबन्धनले बहुमत ल्याउने भएपछि देशी विदेशी शक्तिहरुले चलखेल गर्ने र त्यसले चुनाव हुन नदिने अड्कलबाजी गरिरहेका थिएभने अर्कोतिर हार्ने चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवा जाँदैनन् भन्ने थियो । उनीहरुको बुझाईमा शेरबहादुर देउवाको विगतको घट्नाक्रमहरु थियो । केहीले त अव राजनीतिक यात्रा अनपेक्षित र अनिश्चयतर्फ जाने समेत भन्न थालेका थिए । तर, आइतवार भएको उम्मेदवारी दर्ताले राजनीति अझै पनि सही बाटोमा रहेको र चुनावको वातावरण बनेको स्पष्ट भएको छ ।
 
चुनाव रोक्न असंभव 
तिहार अघि नै संसदको अन्तिम् बैठक बसेको थियो भने आइतवार मनोनयनसंगै विधिबत् रुपमा संसदको आयु समाप्त भएको छ । अव पुरानो संसद व्यूताउन सकिने अवस्था छैन । र संविधानले आउदो माघसम्ममा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गराउन पर्ने समयसिमा तोकेको छ ।
यस्तो अवस्थामा सरकारले चाहेर पनि संविधान अनुसार माघ पछि चुनाव सार्न असंभव छ । माघसम्म चुनाव नगरेको खण्डमा संविधान नै निस्कृय हुन पुग्छ र राजनीतिक अराजकताको अवस्था पैदा हुन्छ । त्यसपछि कुन राजनीतिक कोर्ष लिन्छ भन्ने कुरामा कसैलाई थाहा छैन । यसअघि पटक पटक चुनाव सारेको र सर्वोच्च अदालतका प्रधानन्यायाधीसले चुनाव गराएको दृष्टान्तका आधारमा संविधानमा यो व्यवस्था गरिएको हो ।
प्रधानमन्त्री देउवा र दलहरुको विगतलाई हेर्दा भने ढुक्का हुने अवस्था छैन । २०५९ सालमा देउवाले संविधान र कानुन बाहिर गएर संसदको बिघटन मात्र गराएनन्, चुनाव सार्नेसमेत काम गरे, त्यसैको परिणाम १९ महिनाको पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन नेपाली जनताले खेप्नु पर्यो । अनि २०६८ सालमा पहिलो संविधान सभाको विघटन गरेका दलहरुले पछि तत्कालिन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वका चुनाव गराउन बाध्य भए । यदी नेपाली नेताहरुमा अलिकति पनि सरम छ भने ति अवस्थाहरु भन्दा पनि अन्योलको अवस्थामा लैजाने गरी गैरसंबैधानिक कदम चाल्ने छैनन्, विना वाधा नजिकिएको चुनावी माहोललाई अघि बढाउने छन् । 
छैन बाधा केहि 
आइतवारको मनोनयन हालसम्मकै शान्तिपूर्ण र उल्लासमय रह्यो । एक ठाउँमा सामान्य झडप बाहेक कही कतै अप्रिय घट्ना भएनन् । खासमा भन्ने हो भने यस पटकको चुनावका लागि केही चुनौती नै छैन । बरु स्थानीय तहको चुनाव हुन नदिनका लागि धेरै बाधाहरु थिए । खासमा त्यसबेला मधेसवादी दलहरुको ठूलै तकत आन्दोलनको मुडमा थियो । 
मधेसवादी दलहरुको बिरोध र बहिस्कारका बाबजुध पनि स्थानीय तहको दुई चरणको चुनाव गराइसकेपछि तेस्रो चरणमा उनीहरु बाध्य भएर चुनावमा आए । मधेसमा मधेसवादी दलहरुको अवरोध थियो भने पहाडमा माओवादीका चोइटिएर गएको नेत्रबिक्रम चन्द बिप्लवको नेकपाले पनि त्यस्तो अवरोध गर्ला की भन्ने त्रास थियो । 
तर, अहिलेको चुनावलाई हेर्ने हो भने मधेसवादी दलहरुको चुनावको तयारीमा लागी रहेका छन् भने स्थानीय तहको चुनावमा बिप्लवको हैसियत देखिसकेको छ । त्यसैले उनको पार्टीसंग अवरोध गर्न सक्ने ताकत छैन । 
अर्कोतर्फ विभिन्न राजनीतिक दउपेचमा विदेशी शक्ति बिशेष गरेर भारतको चुनाव हुन दिने र नदिने चाहना हुन्छ भन्ने भइरहन्थ्यो । तर, यस पटक भारतको कुनै भूमिको देखा परेको छैन । उसले बिशेषदूत पठाउने वा कसैलाई उचाल्ने र पछार्ने गरिरहेको पनि छैन । यसको कारण नेपालमा देखा पर्न लागेको राजनीतिक स्थिरता हुनसक्छ । खेलेर पनि खासै फरक पार्न नसक्ने अवस्था हुन सक्छ वा चुनाव होस् भन्ने सदिच्छा हुन सक्छ । 
नेपाली जनताको आशा 
नेपाली जनताले यो चाहेको चुनाव हो । अझ यही चुनावले नेपाली जनताको भविश्यमा दुरगामी असर पार्ने पनि निश्चित छ । नयाँ संविधान अनुसार मुलुक संघीय संरचनामा गएपछि केन्द्र र प्रदेशका लागि हुन लागेको यो पहिलो चुनाव हो । यही चुनावले संघीयता कार्यान्वयनको पहिलो पाइला चाल्ने छ । केन्द्र र प्रदेशहरुमा नयाँ संविधान अनुसार कानुनहरुको निर्माण गर्नेछ । यसले स्थापित गर्ने व्यवस्थाले नेपाली जनताको सुदूर भविश्यलाई प्रभावित गर्ने छ । त्यसैले पनि यो नेपाली जनताले चाहेको चुनाव हो । यस चुनावप्रति उनीहरुको धेरै आशा छ । 
चुनावपछि नेपाली जनताले धेरै आशा गरेका छन् । भुकम्प पछिका बर्षहरुमा नेपालमा समृद्धि र विकासको बहस सुरु भएको छ । केही आशा लाग्दा पहलहरु पनि सुरुवात भएको छ । करिव २० बर्षपछि स्थानीय तहको चुनावसंगै स्थानीय तहमा विकास निर्माणको पहल सुरु भएको छ । राष्ट्रिय तहमा पनि केही आशा लाग्दा ठूला परियोजनाहरुको कुरा अघि बढेको छ । सबैभन्दा महत्वपूर्ण दिनमै १८ घण्टासम्म भइरहेको लोडसेडिङ अन्त्यसंगै बन्दव्यावसायको पहल सुरु भएको छ । 
मुलुकको विकास र समृद्धिको लागि आवश्यक कुरा भनेको नै सही राजनीतिक व्यवस्था र स्थिरता हो । पछिल्लो २५÷२६ बर्षमा हामीसंग सही राजनीतिक व्यवस्था भएपनि राजनीतिक स्थिरता नहुँदा आशा गरे अनुरुपको विकास हुन सकेन । माओवादीको सशस्त्र युद्ध, पटक पटकको सरकार परिवर्तन, दलहरुबीचको सत्ता छिनाझम्टी तथा बिचमा राजाको प्रत्यक्ष शासन यस्तै कुराहरुले सधै विकास र समृद्धितर्फको पाइला मात्र होइन, बहस नै अबरुद्ध बनायो । तर, यो चुनावसंग नेपाली जनताको अपेक्षा राजनीतिक स्थिरताको छ, त्यही राजनीतिक स्थिरताले विकास र समृद्धि ल्याउने छ भन्ने आशा छ । 
पछिल्लो ध्रुवीकरणले राजनीतिक स्थिरतातर्फ अघि बढ्ला की भन्ने आशासमेत पलाएको छ । यसअघि जुन दल जोसंग पनि मिल्ने खालको अस्थिर राजनीतिक अवस्थालाई छाडेर दलहरुले आ–आफ्नो मान्यता अनुसार ध्रुवीकरणको प्रयास यस चुनावबाट गरेका छन् । यसको सुरुवात एमाले र माओवादीले गरे । मुलुकको संसदमा दोस्रो र तेस्रो ठूलो दुई दलले सुरुमै वाम गठबन्धन र पार्टी एकीकरणको घोषणा गरे । त्यसमा अन्य साना वामपन्थी दलहरुलाई पनि समेटे । 
यसले संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र अन्य चौथोपछिका दलहरुबीच पनि प्रजातान्त्रिक गठबन्धन बनाउन बाध्य बनायो । आइतवारको मनोनयनमा त्यो कार्यान्वयन भयो । एकतिर एमाले र माओवादीले मिलेर उम्मेदवारी मनोनयन गराएभने अर्कोतिर कांग्रेस, राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले ठाउँठाउँमा तालमेल गरेका छन् । 
यसले नेपालका पार्टीहरुलाई दुई ध्रुवमा ध्रुवीकृत बनाउँदै लगेको छ । विशेष गरेर विकसित प्रजातन्त्रमा पनि प्राय दुई दलीय व्यवस्था जस्तै बन्न पुगेको छ । तेस्रो र अन्य पार्टीहरु कमजोर रहेका छन् । भारतकै कुरा गर्दा पनि त्यहाँ भारतीय जनता दल र भारतीय कंग्रेस ठूला दल भएपनि उनीहरुको दुई गठबन्धनले चुनावमा भाग लिने गरेको छ । त्यही गठबन्धनबाट सरकार बनाउँदा बहुमतको सरकारले पूर्ण कार्यकाल मात्र होइन, भारतीय कंग्रेसको तर्फबाट प्रधानमन्त्री बनेका मनमोहन सिंहले दुई कार्यकाल नै सरकार चलाए । 
यि दृष्टान्तहरु हेर्दा व्यबहारिक रुपमा दुई पार्टी व्यवस्थामा जान नसकेका बहुदलीय व्यवस्थामा ध्रुबीकृत गठबन्धनले स्थिर सरकार दिने संभावना रहन्छ । वाम होस् या प्रजातान्त्रिक गठबन्धन नै किन नहोस् दुई मध्ये एकले बहुमत ल्याउने छ, त्यही बहुमतले सरकार चलाउने हो भने कम्तीमा पुरा अवधीको सरकार बन्ने छ । यही आधारमा भएपनि नेपाली जनताले स्थिर सरकारको अपेक्षा गरेका छन् । 
यद्यपी संशय बाँकी नै छ । राप्रपाको नेतृत्व गरिरहेका कमल थापालाई धेरै अघि आफ्नै दलका नेताले मुसा भनेका थिए । पछि माओवादीले मुसा प्रबृत्ति देखाए । त्यसैले अहिले बनेका गठबन्धनहरु कति दीगो बन्ला भन्ने प्रश्न अझै छ । नेताहरुको इमान सत्ताका अघि कति टिक्ला भन्ने प्रश्न त छ नै । तैपनि नेपाली जनताले आशा गर्न भने छाडेका छैनन् ।  

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions