ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

एभरेस्ट आइडल युके २०१७ का विजेता र उपविजेताहरु संक्षिप्त परिचय ।



एभरेस्ट आइडल युके २०१७ का विजेता र उपविजेताहरु संक्षिप्त परिचय ।

मुकेश राई -

ई–मिडिया हब युकेले स्थापनाकालको प्रथम वर्ष नै एउटा ऐतिहासिक कार्य सम्पन्न गरेको छ । परदेशमा रहेर पनि आफ्नै थातथलो र स्वदेश मोहले नेपाली कला, भाषा, साहित्य, संस्कार, संस्कृतिहरुलाई विभिन्न तवरले व्यक्तिगत अनि सांगठनिक रुपमा संरक्षण सम्वद्र्धन गरिरहेको अवस्थामा ‘एभरेस्ट आइडल’ पनि यसैको एक दृष्टान्त हो भन्दा फरक नपर्ला । यद्यपि एभरेस्ट आइडल अन्तरर्राष्ट्रियस्तरमा आयोजित फ्रान्चाइस कार्यक्रमकै प्रतिरुपमा प्रस्तुत भए तापनि यसको छुट्टै मूल्य र मान्यता छ । संसारको हरेक कुनामा जहाँ जहाँ नेपाली छरिएर रहेका छन्, ती स्थानहरुबाट कुनै न कुनै रुपमा अहिले गीत, संगीतको माध्यमबाट नेपालसँग जोडिएका छौं । तर, पनि यस क्षेत्रमा लागिपर्ने सर्जकहरु परदेशीभूमिबाट गीत, संगीतमा लागीपर्नु सहज नभएको गुनासो गर्छन् । मनभरी रहर र आफ्नो गायनमा क्षमता हुँदाहुँदै पनि मनको इच्छा मनमै मारेर आफ्नो दैनिक रोजीरोटीको निम्ति ब्यस्त रहनु पर्ने बाध्यता छ । ई–मिडिया हब युके एभरेस्ट आइडलमार्फत कम्तीमा पनि बेलायतभरि छरिएर रहेका गीत, संगीत क्षेत्रमा केही गर्छु भन्ने सबै उमेरका गायक गायिकाहरुलाई अवसर प्रदान गर्न जागरुक बनेको छ र नयाँ पुस्ताका नेपाली नानीहरुलाई गीत, संगीतको माध्यमबाट नेपाल र नेपाली गीत, संगीततर्फ आकर्षित गर्ने गराउने प्रयासमा उन्मुख बनेको छ ।
यो वर्ष एभरेस्ट आइडल युके २०१७ को समग्र बेलायतवासी नेपालीहरुमाझ नेपाली गीत, संगीतको प्रतिनिधि पात्रको रुपमा बेलायतका विभिन्न स्थानमा रहेका प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै प्रथम आईडल लन्डन निवासी सोनाहाङ राई बनेका छन् भने उपविजेता म्यान्चेस्टर निवासी निमन तामाङ अनि दोस्रो उपविजेता बनेका छन् आसफोर्ड निवासी दिपप्रकाश राई । यिनै तीनजना सुमधुर स्वरका धनी गायकहरुको संक्षिप्त परिचय यसप्रकार रहेको छ ।
 
सोनाहाङ राई (विजेता, एभरेस्ट आइडल युके २०१७) 
आमा : भगनादेवी राई
पापा : जगतबहादुर राई
अन्नपूर्ण गाविस, भोजपुर हाल अक्सब्रिज, लन्डन 
गीत, संगीतलाई आफ्नो संस्कार, संस्कृति, मौलिक परम्परा झल्काउने समाजको दर्पण अनि आफ्नो जीवनको अभिन्न अंग मान्ने गायक सोनाहाङ राईले स्कुले जीवनदेखि नै गाउन सुरु गरेका हुन् । उनी स्कुल र कलेजका विभिन्न गायन प्रतियोगिताहरुमा प्रथम हुँदै  प्रमाणपत्रहरु प्राप्त गर्दै सम्मानित पनि भएका छन् । रत्नराज्य लक्ष्मी (आरआर) क्यापस, काठमाडांैबाट वि.सं. २०६३ सालमा संगीतमा डिग्री गरेका थिए भने गन्धर्व संगीत विद्यालय असनमा गुरु चन्दनकुमार श्रेष्ठसँग ६ वर्ष संगीत शिक्षा पनि लिएका थिए । त्यसपछि उनले विभिन्न प्राथमिक स्कुललगायत आस्था कला केन्द्र चक्रपथमा संगीत शिक्षकको रुपमा कार्य गरे । 
भजन शिरोमणि भक्तराज आचार्य अनि समकालीन गायकमा शिव परियारलाई आफ्नो आइडल मान्ने सोनाहाङ राईले एभरेस्ट आइडलको अडिसनमा हेमन्त रानाको “लै जा रे“ बोलको गीत गाएर जजहरुका मन जित्न सफल भएका थिए भने क्वार्टरफाइनलमा शिव परियारको “पिउँदिन भन्दा भन्दै“ सेमीफाइनलमा राजेश पायल राईको “नमाग मसँग“  अनि फाइनलमा दुईवटा गीतहरुमध्ये गोर्खा पल्टनको “सान्नानीले झुक्क्यायो मलाई“ अनि शिव परियारको “कहाँ थियौ रङमञ्च उठेपछि“ बोलको गजल गाएर जज अनि श्रोता दर्शकहरुको मन अनि भोट जित्न सफल भएका थिए ।
अति नै सरल अनि शालीन ब्यक्तित्वका धनी सोनाहाङ राई उस्तै सरल जीवनयापन गर्न मन पराउँछन् । जस्तो गीत पनि कुशलतापूर्वक गाउन सक्ने क्षमता राख्ने उनमा छ । उनको लक्ष्य जहाँ रहे पनि एउटा राम्रो गायक, कलाकार बनेर नेपाली गीत, संगीतको निम्ति योगदान दिनेमा छ । सन् २०१५ देखि अक्सब्रिज, लन्डनमा रहँदै आएका उनी फुर्सदको समयमा रियाज र सांगीतिक गतिविधिहरुमा समय ब्यतित गर्न मन पराउँछन् । 
 
निमन तामाङ (पहिलो उपविजेता) 
आमा : धनमाया तामाङ 
आपा : मनबहादुर तामाङ 
दमक झापा हाल रोचडेल, म्यान्चेस्टर 
 
प्रायःस्टेज प्रोग्रामहरुमा आफ्नो कौशलता प्रदर्शन गर्दै आएका निमन तामाङले पनि स्कुले जीवनबाट नै गायनयात्रा सुरु गरेका हुन् । सन् २०१० मा कक्षा ९ मा पढ्दै गरेको बेला अन्तरस्कुल गायन प्रतियोगितामा प्रथम भएपश्चात् अझै सशक्त ढंगले गायनतर्फ अगाडि बढ्ने प्रेरणा मिलेको बताउने निमन तामाङले संगीतको कुनै पनि औपचारिक शिक्षा लिएका छैनन् । यद्यपि आफ्नै स्वविवेकले सिकेको र अभ्यासले पोख्त हुँदै गरेको अनुभव छ उनमा । भुटानी नेप्लिज कम्युनिटीका आजीवन सदस्य रहेका उनी जीवनभोगाईका अनेक उतारचढावहरुले धेरै सिकाएको बताउँछन् । नेपालमा अकाउन्टमा डिग्री गरेका उनले केही समय प्राईमरी स्कुलमा शिक्षकको रुपमा काम गरे ।
स्वरूपराज आचार्य आफ्नो अति नै मन पर्ने गायक बताउने निमन तामाङले अडिसन राउन्डमा कर्णदाशको “प्रेमको बलिदान“ बोलको गीत गाएर अर्को चरणमा प्रवेश गरेका थिए । यसैगरी क्वार्टरफाइनलमा मनोजराजको स्वरको “पानीको फोका जस्तो“ सेमीफाइनलमा सुगम पोखरेलको स्वरको “के यो माया हो“ अनि फाइनलमा राजु लामाको स्वरको “मेरो नेपाल“ अनि राज सिग्देलको स्वरको “ऊ जितेर गई“ बोलको गीत गाएर जज अनि श्रोता दर्शकहरुको माया र भोट जित्दै पहिलो उपविजेता बनेका हुन् !
संगीतबिनाको जीवन कल्पनै गर्न नसक्ने निमन संगीत आफ्नो जीवनको आधार मान्छन् । उनको लक्ष्य आफ्नै गीतहरुको एल्बम गर्ने अनि मेकानिकल इञ्जिनियर बन्ने छ ।  
 
दिपप्रकाश राई (दोस्रो उपविजेता)
आमा : कृष्णकुमारी राई 
पापा : चन्द्रबहादुर राई 
ईन्द्रेणी पोखरी, खोटाङ हाल आसफोर्ड केन्ट 
 
सेवानिवृत बेलायती गोर्खा सैनिक दिपप्रकाश राई एच३जी अर्थात् हिमालयन थर्ड जेनेरेसन ब्यान्डका बेस गिटारिस्ट एवं भोकालिस्ट हुन् । आफ्नो जीवनको हरेक यामहरुमा विश्वका अधिकांश देशहरु कामकै सिलसिलामा भ्रमण गरिसकेका उनले कुनै पनि संगीत शिक्षा लिएका छैनन् । यसरी औपचारिक शिक्षा नलिएको  विषयमा अल्लारे बैंसमा रहर र बाध्यतामा आफ्नो देश छोड्नुको पीडा निकै मीठो पारामा हाँसीहाँसी नै व्यक्त गर्छन् उनी । जेहोस्, यसैमा सन्दर्भ जोड्दै आफ्नो जिन्दगीको अनुभवले नै धेरै कुरो सिकाएको विश्वास गर्ने दिपप्रकाश राईको गायन शैली गजबकै छ ।
अडिसन राउन्डमा १९७४ ब्म् को “परेलीमा लुकाइ राख“ गीत सुनाएर प्रवेश गरेका दिपप्रकाशले क्वार्टरफाइनलमा दिब्य सुब्बाको “पश्चाताप“ सेमीफाइनलमा सविन राईको “कोमल त्यो तिम्रो“ अनि फाइनलमा राजेश पायल राईको “शिरैफूल शिरबन्दी“ अनि देवता चलचित्रको “के भन्ने हाम्रो समय“ सुनाएर दोस्रो उपविजेता बन्न सफल भएका हुन् ।
आफ्नो आदर्शको रुपमा उनी एसी÷डीसी ब्यान्डलाई देख्छन् र त्यस्तै खाले रक गीतहरु सुनाउने प्रयास गर्छन् । अन्य गीतहरु पनि मज्जाले गाउने क्षमता उनमा प्रचूर देखिन्छ । उनी पनि संगीतमै आफ्नो जीवन रमाउने बताउँदै भविष्यमा नेपाली रक गीतहरुको एल्बम गर्ने सोचमा रहेको र संगीतमा निरन्तर लागिपर्ने बताउँछन् ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions