ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

त्रिशूली नदीमा बस खस्यो, आठ यात्रुको मृत्यु, चारको सनाखत



त्रिशूली नदीमा बस खस्यो, आठ यात्रुको मृत्यु, चारको सनाखत

-

चितवन । काठमाडौँबाट अर्घाखाँची जान नारायणगढतर्फ आउँदै गरेको बस इच्छाकामना गाउँपालिका वडा नं ३ चुम्लिङटारमा बुधबार बिहान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य २१ जना घाइते भएका छन् । तीन जना बेपत्ता रहेको प्रहरीको अनुमान छ । 
 
सात जनाको घटनास्थलमै र एकको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृत्यु हुनेमा अर्घाखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १ का ५० वर्षीय कृष्ण ढकाल रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । 
 
उपचारका लागि काठमाडौँको बिएण्डबी अस्पताल पुर्‍याइएकी सन्धिखर्क नगरपालिका– ४ अर्घाखाँची बस्ने ४३ वर्षीया लक्ष्मी पौडेलको उपचारका क्रममा मृत्यु भएको छ । अन्य चार जनाको भने सनाखत हुन सकेको छैन । 
 
थापाका अनुसार लु २ ख २९१ नंको उक्त बस काठमाडौँतर्फ जाँदै गरेको ना६ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो । ट्रकका चालक र सहचालक पनि सामान्य घाइते भएका छन् । सामान्य उपचारपछि उनीहरुलाई प्रहरी नियन्त्रणमा राखिएको छ । 
 
घाइतेमध्ये नौ जनाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा र १२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 
 
घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र ११ जनालाई एम्बुलेन्सबाट काठमाडौँ पठाइएको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका– १ बस्ने ३४ वर्षीय सूर्य भट्टराई, अर्घाखाँची जिल्ला बुद्धिभूमि नगरपालिकाका ३२ वर्षीय कमल सुनार, अर्घाखाँची जिल्ला सन्धिखर्क–१ बस्ने ३५ वर्षीया तिलसा घर्तीमगर, अर्घाखाँची जिल्ला सिद्धिगंगा– ३ बस्ने २८ वर्षीय पदम रायमाझी र बाणगंगा–९, कपिलवस्तुका १८ वर्षीया सविना थारुको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको छ । 
 
यसैगरी, अर्घाखाँची जिल्लाका ३४ वर्षीय ध्रुव दमासे, १५ वर्षीया निशा थापा, २४ वर्षीय पवन महत, ४० वर्षीय दधिराम गैरे, सरिता न्यौपाने, रामबहादुर विक र केशरमणि न्यौपानेको बिएण्डबी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।  
 
प्रहरीका अनुसार बसका सहयोगी चालक प्यूठान बागेमोड– २ का १९ वर्षीय सुनील क्षेत्री, अर्घाखाँची जिल्ला भूमिकास्थान– ४ की २१ वर्षीया इन्दिरा दमासे, अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकाका ३० वर्षीय गोविन्दबहादुर सुनारको भरतपुर शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भइरहेको छ । 
 
त्यसैगरी, बसका चालक कपिलवस्तु भृकुटी नगरपालिका– ९ का ४० वर्षीय थमबहादुर क्षेत्री, अर्घाखाँची नुवाकोट– ७ बस्ने २१ वर्षीय राजेन्द्र रायमाझी, बाँके जिल्ला कोहलपुर– ३ बस्ने ४० वर्षीया उमा पोखरेल, अर्घाखाँची जिल्ला भूमिस्थान– ४ का सन्दीप दमासे, अर्घाखाँची जिल्ला खनदह– ४ का ४२ वर्षीय माधव खनाल र छ महिनाका एक बच्चाको पनि पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 
प्रहरीका अनुसार सामान्य घुमाउरो सडकमा ट्रकमा बस ठोक्किएर अनियन्त्रित भई नदीमा खसेको हो । बस त्रिशूली नदीमा पूरै डुबेको छ । बस नदीको करिब २५ मिटर गहिराइमा फेला परेको गोताखोरलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । 
 
बस नदीबाट निकाल्ने प्रयास थालिएको छ । काठमाडौँबाट क्रेन मगाइएको भए पनि आज साँझ करिब ५ः०० बजे मात्रै क्रेन आइपुगेकाले भोलि बिहानदेखि बस निकाल्ने काम शुरु हुने प्रहरीले जनाएको छ । 
 
दुर्घटनास्थल मुग्लिनबाट करिब १६ किलोमिटर काठमाडौँतर्फ पर्दछ । घटना बिहान ९ः१५ बजे भएको हो । सो बस काठमाडौँबाट बिहान ५ः४० बजे हिँडेको हो । बसका सहयोगी चालक सुनील क्षेत्रीका अनुसार बसले काठमाडौँको काउन्टरबाट २६ जना यात्रुको चलानी लिएको थियो भने र कलंकीमा चार जना चढेका थिए । 
 
चालक र सहयोगी चालक गरी बसमा ३२ जना सवार रहेको क्षेत्रीको भनाइ छ । थप तीन जना बेपत्ता भएको आशंकामा प्रहरीले नदीमा खोजी कार्यलाई जारी राखेको छ । 
 
उद्धारपछि उपचारका लागि भरतपुरतर्फ पठाइएका तीन जना घाइतेका आफन्तले बीचबाटोबाटै फर्काएर काठमाडौँ उपचार गर्न लगेपछि सञ्चारमाध्यममा घाइतेको संख्या फरकफरक आएको थियो । 
 
प्रकाशितः १३ मंसिर २०७४ । 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions