ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

बढीजसो सिर्जना कार्यस्थलमै कोर्छु



बढीजसो सिर्जना कार्यस्थलमै कोर्छु

-

राज रोबट अजनबी, संयोजक, प्रतिभा परिवार
२०३९ साल माघमा पिता स्वर्गीय रनहाङ थेबे लिम्बू र माता सलमती लिम्बूको कोखबाट कान्छा छोराको रुपमा जन्मिएका राज रोबट अजनबीको स्थायी बसोबास ताप्लेजुङको मामाङ्खे हो । याम्फुदिनको श्री कृष्ण प्राविबाट प्रारम्भिक शिक्षा सुरु गरी याम्फुदिनकै कञ्चनजङ्घा निमावि र तेल्लोकको भैरुङ्गे उच्च माविबाट माध्यमिक शिक्षा पार गरेका रोबटले त्यो भन्दा अरु अध्ययन नभएको बताए । सानैदेखि साहित्यमा रुची रहेको बताउने रोबटले मलेसियामा रहँदा साथीहरुसँग मिलेर संस्थागत रुपमै धेरै साहित्य कोरेको स्मरण गरे । पहिले सङ्गीतमा लाग्ने कुनै सोच नभएको तर अहिले अचानक सङ्गीततिर लागेको बताउने रोबट अहिले साहित्यभन्दा सङ्गीतमै धेरै ब्यस्त छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत स्थापना भएको साङ्गीतिक समूह प्रतिभा परिवारका संयोजक समेत हुन् उनी । प्रतिभा परिवारले भर्खरै प्रतिभा–१ एल्बम विमोचन गरिसकेको छ । गीत, सङ्गीत र साहित्यकै सेरोफेरोमा रहेर उनीसँग गरिएको कुराकानी ।
अहिले के गर्दै हुनुहुन्छ ? 
नियमित डिउटीसँङ्गै गीत, सङ्गीत र साहित्यका काममै दैनिकी बितिरहेको छ ।
कतारजस्तो ठाउँमा बसेर गीत, संगीतमा कसरी काम गरिरहनु भएको छ ? 
एकदमै जटिल छ । डिउटीमै १४ घन्टा बित्छ अरु आफ्नो दैनिकी कामहरु सकेर बचेको २ र ३ घन्टामा केही पनि गर्न सकिने अवस्था छैन, त्यसैले बढीजस्तो सिर्जनाहरु कार्यस्थलमै गर्ने गर्छु ।
भर्खरै विमोचित एल्बम प्रतिभा भाग १ कस्तो खालको एल्बम हो र यो एल्बममा संलग्न स्रस्टाहरु कहाँ कहाँका हुनुहुन्छ ? 
प्रतिभा १ एल्बम विश्वमा छरिएर रहेका प्रतिभाशील मनहरुको एकीकृत दस्तावेज हो । लन्डन, मलेसिया, अफगानस्तान, साउदी अरेबिया, यूएई, कतार, कुवेत र नेपालबाट हामी सहभागी छौं । 
कसरी सम्भव भयो यो ग्रुप क्रेट गर्न ? 
सामाजिक सञ्जालमा जोडिएपछि त्यहाँ हरेक व्यक्तिहरुको प्रतिभा देख्न र सुन्न पाइयो, प्रतिभाशाली व्यक्तिहरुसँग सम्पर्क बढाउँदै लाने क्रममा लौ अबचाहिँ केही गरांै है भन्ने सबैको चाहनालाई मध्यनजर गर्दै प्रतिभा परिवार स्थापना गरिएको हो । 
प्रतिभा ग्रुपको भावी योजनाहरु के के छन् ? 
हामीले सबैको सिर्जनाहरु कलेक्सन गरेर ब्याङ्किङ गर्ने सोच बनाएका छांै, यो हाम्रो दीर्घकालीन योजना हो । अहिले तत्काललाई भने प्रतिभा २ को तयारी गर्नतिर जुटेका छौं ।
सामाजिक सञ्जालबाट बनेको प्रतिभा ग्रुपको पहिलो प्रस्तुति एल्बम प्रतिभाले नेपाली गीत, संगीत बजारमा कस्तो प्रतिक्रिया बटुलिरहेको छ ? 
जजसले प्रतिभा १ सुन्नु भो उहाँहरु सबैले अति राम्रो प्रतिक्रिया दिनु भएको छ, कतिले त पहिलो पटक प्रतिभा प्रस्तुत गरेका छौं यो एल्बममा । जस्तो कि मैले पहिलो पटक यसै एल्बममा सङ्गीत गरेको छु, केही गायिकाहरुले पहिलो पटक स्टुडियो फेस गरेका छन् । यो अर्थमा नयाँ भएर पनि हामीले परिपक्क सिर्जना पस्केका छौं ।
यो प्रतिभा एल्बममा किन प्रतिभामै संलग्न स्रस्टाले मात्र संगीत र स्वर भरेका हुन् ? यो तपाईहरुको क्राइट एरिया हो कि ? 
यो क्राइट एरियाभन्दा पनि हामी नै सक्षम छौं भने किन बाहिरकोलाई बोलाउने भन्ने हो । बारी खन्नलाई परिवारकै सदस्यले सकिन्छ भने किन खेताला बोलाउनु ? भन्ने हो, हाम्रो परिवारलाई एउटा रेकर्डिङ स्टुडियो र एरेन्जरको मात्र अपुग छ, यो पनि बिस्तारै पूर्ति गर्दै लाने छौं ।
तपाईहरु कसरी यो क्षेत्रमा ईन्स्पायर हुनु भो ? 
गीत, सङ्गीत, कला साहित्य बुझ्नेहरुको लागि यो एउटा लतजस्तै हो भन्छु म । यसको गहिराइ नाप्न मन लाग्ने तर कहिले नपुगिने अनन्त गहिराइ नै यो क्षेत्र भएको कारण अटोमेटिकल्ली इन्स्पाएर गराउँछ ।
अहिलेको विश्व साहित्यमा तपाईहरुको ग्रुपलाई कतिको प्रभाव पारेको छ ? 
जरुर पारेको छ, साहित्यमा पनि एक किसिमले प्रधिस्पर्धा चलेको अवस्था छ । हामी सामाजिक न्याय हुने युगान्तकारी समतामूलक साहित्यले विश्व ओगटोस् भन्ने चाहन्छौं । वास्तवमा साहित्य जनहित र सामाजिक रुपान्तरणको लागि सधैं अग्रगामी हुनु पर्छ ।
तपाईहरुको ग्रुपलाई मिद्लिस्ट संगीतहरुले कतिको प्रभाव पारेको छ ? 
कहीबाट प्रभावित हुनु र प्रभाव पर्नुभन्दा पनि हामी आफैंबाट निर्देशित हुनुपर्छ भन्ने मान्यता परिवारको छ । हामीसँग आफ्नोपन छ मौलिकता छ । अहिलेका चर्चित साहित्यकार जानू काम्बाङ र राजा माबोको प्रत्येक सिर्जनाहरुमा मौलिकता पाउँछांै, यो गर्वको कुरा हो कि उहाँहरु दुबैजना प्रतिभा परिवारको सदस्य हुनुहुन्छ । हामी अरु सिर्जनाहरुबाट मनोरञ्जन लिँदै आफ्नो मौलिक सिर्जना पस्किन अग्रसर हुनेछौं ।
तपाईहरुको यो प्रतिभा ग्रुपले गीत, संगीतको मात्र काम गर्छ कि अरु साहित्यको पनि काम गर्छ ? 
हामी गीत, सङ्गीत मात्र होइन साहित्यमा पनि उत्तिकै बलियो छौं । विगत लामो समयदेखि साहित्य लेखनमा सक्रिय रहेका व्यक्तिहरुको संलग्नता छ यो परिवारमा । मैले माथि नै भनी हालेनी चर्चित नारी गीतकार र साहित्यकार जानू काम्वाङ, युवा कवि राजा माबो तथा विगत लामो समयदेखि साहित्य लेख्दै र सङ्ग्रहित गर्दै आएका मलगायत सञ्जय राई छुच्चा, दिलीप राई सगर, इक्साहाङ चेम्जोङ देबिनबाबु राई र राज लम्साल हाम्रो यो साहित्यिक समूह नै यो प्रतिभा परिवारमा छौं, यसको अर्थ हो कि हामी साहित्यमा सशक्त छौं । यसका अलावा नाटक लेखन निर्देशन र अभिनय पनि यही परिवारबाट सम्भव छ ।
अचेल विदेशमा रहनेहरुले धेरै गीत, संगीतको मार्केट धानेको छ भन्ने भनाइ छ, यो बारेमा तपाईको कस्तो धारणा छ ? 
यो एकदमै सही हो, यो सही कसरी पनि हो भने मैले अहिलेसम्म जति गीतकारको गीत, सङ्गीत गरे ती सबै गीतकार देश बाहिरबाट हुनुहुन्छ । पहिलेको जस्तो एल्बम गरेर व्यावसायिक लाभ लिन सकिने अवस्था अहिले नरहेको कारण पनि नेपालभित्रका सर्जकहरुले लगानी गरेर गीत रेकर्ड गराउन नसकीरहेको अवस्था हो झंै लाग्छ केही अपवादबाहेक ।
तपाईले निक्कै गीतहरुमा संगीत भर्नु भएको रहेछ, संगीत शिक्षा कहाँ र कोसँग लिनु भो ? 
मैले कहींकतैबाट पनि सङ्गीत शिक्षा लिएको छैन र सङ्गीत विज्ञहरुसँग पनि परामर्श लिएको छैन । अचानक यस क्षेत्रमा प्रवेश गरेको हुँ । सङ्गीत गर्ने मेरो कुनै योजना थिएन, मलाई लाग्छ सङ्गीत सिकेर सकिने अध्याय वा पाठ्यक्रम होइन । यो त फिलिङ्स हो, आफ्नै फिलिङ्सभित्र सङ्गीत भेटिन्छ ।
कतार बस्नुभएको कति भो र कतारमा नेपालीहरुको रहनसहन कस्तो छ ? 
म २०१२ देखि कतारमा छु । यहाँ प्रायःजसो अदक्ष नेपाली कामदारकै ठूलो संख्या छ, यो मध्यपूर्व देशभित्र पर्छ यहाँ ५५ डिग्रीसम्म तापक्रम पुग्छ । त्यसैले हावापानी हाम्रो लागि सहज छैन तर स्वदेशमा रोजगारी नभएको अवस्था रहेकोले यहाँको जटिल परिस्थिति सहनु हाम्रो बाध्यता हो ।
अब अन्त्यमा मैले सोध्न भूलेको र तपाईलाई भन्नु पाएहुन्थ्यो जस्तो लागेको केही कुरो छ भने भन्न सक्नु हुन्छ ? 
यहाँ मेरो भनाइ राख्ने यो सुनौलो अवसरको लागि तपाईलगायत पुरै मिडिया टिमलाई धन्यवाद भन्न चाहन्छु । र, हाम्रो प्रतिभा परिवार सङ्गीत सेवामा समर्पित परिवार हो । हामीले व्यवसायिक लाभको लागि काम गरेका होइनांै, त्यसैले हाम्रो पाइलाहरुमा सङ्गीत तथा साहित्यानुरागी र मिडियाले साथ दिने छ भन्ने आशा राख्दछु ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions