ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

उल्लासमय निर्वाचन : ६५५ मतदान



उल्लासमय निर्वाचन : ६५५ मतदान

-

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन उल्लासमय बनेको छ । बम र बारुदका बीच शंकाको घेरामा रहेको निर्वाचन अन्ततः भव्य रुपमा सम्पन्न भएको छ । बम विष्फोटका घटनाका बीचमा पनि मतदाताले देखाएको सक्रियताले निर्वाचनमा जनउत्साह भव्य छ भन्ने पुष्टि गरेको छ । 
चर्चित नेताहरुले कहाँबाट मतदान गरे ?
पहिलो चरणअन्तर्गत उच्च हिमाली तथा पहाडी जिल्लामा सुरु भएको प्रतिनिधि सभा र  प्रदेश सभा निर्वाचनमा प्रमुख राजनीतिक दलका नेता तथा मन्त्रीहरुले मतदान गरेका छन् । गोरखामा माओवादी केन्द्रका नेता तथा उम्मेदवार नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मतदान गरेका हुन । श्रेष्ठले गोरखा निर्वाचन क्षेत्र नम्बर २ सिरानचोक गाउँपालिक ८ को जौवारी मतदान केन्द्रबाट मतदान गरेका छन् । भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर २ पालुङटार नगरपालिका अन्नपुर्ण मावि खोप्लाङ मतदान केन्द्रबाट मतदान गरे । श्रेष्ठ र भट्टराई दुवैले गोरखा २ बाट चुनावी प्रतिस्पर्धा गरेका छन् । 
श्रेष्ठलाई एमालेको साथ छ भने भट्टराईलाई कांग्रेसको । एमाले सचिव योगेश भट्टराइले ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ नारायणी उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका छन् । भट्टराई ताप्लेजुङमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन । उनको प्रतिस्पर्धामा कांग्रेसका केशवप्रसाद दाहाल पनि ताप्लेजुङकै मैवाखोला गाउ“पालिका ३ नारायणी उच्च मावि मतदान केन्द्रमै मतदान गरेका हुन । त्यसैगरी माओवादी केन्द्रका नेता तथा विना विभागिय मन्त्री जनार्दन शर्माले रुकुमको मुसिकोट नगरपालिका यमुनान्दमुना उच्च मावि केन्द्रबाट मतदान गरेका छन् ।
पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले बाग्लुङको पृथ्वी उच्च मावि अमलाचौरबाट मतदान गरेका हुन । माओवादी नेता तथा पूर्वमन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीमगरले रोल्पाबाट मतदान गरेका छन् । माओवादी नेता तथा पुर्वमन्त्री अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकबाट मतदान गरेका छन् । सिन्धुपाल्चोकमै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले सुनकोसी गाउँपालिका महेन्द्रोदय उच्च मावि केन्द्रबाट मतदान गरे । राणा सोही क्षेत्रको कांग्रेसको सहयोगमा राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार छन् । राणाका प्रतिद्वन्द्वी शेरबहादुर तामाङले पनि सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको महेन्द्रोदय उच्च मावि केन्द्रबाटै मतदान गरेका हुन । दुवै प्रतिस्पर्धीको एउटै मतदान केन्द्र हो । कांग्रेस नेता तथा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकबाट मतदान गरेका छन् । 
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले बाग्लुङबाट मतदान गरेका छन् । नेपाली कांग्रेस उम्मेदवार रामहरी खतिवडा र एमालेका यज्ञराज सुनुवारले ओखलढुंगाको मानेभञ्जाङ गाउँपालिकाको थाक्लेबाटै मतदान गरेका छन् । एमाले नेता तथा प्रूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङको बुद्धोदय मावि गिलुङबाट मतदान गरेका छन् । माओवादी नेता तथा पूर्वमन्त्री देव गुरुङको मतदाता नामावली भने मनाङमा छ । कांग्रेसका नेता तथा पूर्वमन्त्री डाकटर रामशरण महत र माओवादी नेता हितबहादुर तामाङले नुवाकोटको पञ्चकन्या गाउँपालिका राष्ट्रिय मावि मतदान केन्द्रबाटै मतदान गरे । यस्तै कांग्रेस नेता तथा पुर्वमन्त्री अर्जुननरसिंह केसीले पञ्चकन्या गाउँपालिकाबाट मतदान गरेका हुन । यता एमाले उम्मेदवार नारायणप्रसाद खतिवडाले पनि सोही केन्द्रबाट मतदान गरेका हुन । एकै मतदान स्थालबाट ४ उम्मेदवारले मतदान गर्दा मतदाता दंग परेका थिए । कांग्रेस नेता तथा पूर्वमन्त्री डाक्टर प्रकाशशरण महत र राप्रपा राष्ट्रवादीका संयोजक डाक्टर प्रकाशचन्द्र लोहनीले नुवाकोटबाटै मतदान गरेका छन् । 
एमाले नेता तथा पूर्वमन्त्री राजेन्द्र पाण्डे, गंगाधर तुलाधरले धादिङबाट मतदान गरेका छन् । माओवादी नेता शालिकराम जम्मरकटटेल धादिङबाट मतदान गरे । त्यसैगरी दोलखामा एमाले नेता पशुपति चोलागाई, पूर्वमन्त्री आन्नदप्रसाद पोखरेलले मतदान गरेका हुन । पुर्वमन्त्री तथा माओवादी नेता श्यामकुमार श्रेष्ठले रामेछापबाट मतदान गरे । यसैगरी माओवादी नेता तथा उपप्रधान तथा विनाविभागिय मन्त्री कृष्णबहादुर महराले रोल्पाबाट मतदान गरेका छन् । यता माओवादी नेता तथा मन्त्री महेन्दबहादुर शाहीले कालिकोटबाट, कांग्रेस नेता तथा पुर्वमन्त्री जीवनबहादुर शाहीले हुम्लाबाट मतदान गरेका हुन । जाजरकोटमा कांग्रेसका राजीवबिक्रम शाह र वामगठबन्धनका तर्फबाट माओवादी नेता एवं पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मतदान गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री, पार्टी अध्यक्षदेखि मन्त्रीसम्म छन् ।
६५ प्रतिशत मतदान
पहिलो चरणमा आइतबार भएको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ । 
मुलुकभरबाट मतदानको विस्तृत विवरण आउने क्रम जारी रहेको छ । उच्च पहाडी र हिमाली ३२ जिल्लामा आइतबार पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।
प्रदेश ३ नुवाकोट
नुवाकोटबाट लगातार ४ पटक निर्वाचन जितिसकेका नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महत पाँचौ पटक चुनावी प्रतिस्पर्धामा छन् । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ बाट उनका निकटतम प्रतिद्वन्द्वी हुन, माओवादी केन्द्रका नेता हितबहादुर तामाङ । वामगठबन्धनका उम्मेदवार तामाङ र लोकतान्त्रिक गठबन्धनका महतबीचको यो तेस्रो भिडन्त हो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा तामाङ महतसँग पराजित भएका थिए । दुवै प्रतिस्पर्धी उम्मेदवारको पुख्र्यौली घर पञ्चकन्या गाउँपालिका नै हो । महत मुलुकमै सबभन्दा बढी अर्थमन्त्री बनेका छन् । 
नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा कांग्रेसका अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसी एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडासँग प्रतिस्पर्धामा छन् । पछिल्लो महाधिवेशनमा पार्टीको महामन्त्री पदमा पराजित केसी पञ्चायतकाल समेत गरी पाँच पटक मन्त्री भइसकेका छन् । नुवाकोटमा स्थानीय तह निर्वाचनको प्राप्त मतमा कांग्रेसभन्दा वामगठबन्धन अघि छ । तर, दोस्रो संविधानसभा निर्वाचनमा प्राप्त मतमा कांग्रेस अगाडि देखिन्छ । 
प्रदेश नम्बर ३ सिन्धुपाल्चोक 
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा पुर्व र वर्तमान सूचना तथा सञ्चार मन्त्रीबीच रोक चुनावी प्रतिस्पर्धा भएको छ । सञ्चारमन्त्री तथा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार मोहनबहादुर बस्नेत र वामगठबन्धनको तर्फबाट माओवादी नेता एवम् पूर्व सञ्चारमन्त्री अग्निप्रसाद सापकोटा चुनावी मैदानमा आमनेसामने छन् । बस्नेत र सापकोटा यसअघि क्रमशः सिन्धुपाल्चोक १ र २ बाट सांसद् बनेका थिए । पहिले तीन वटा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा दुईवटा मात्रै क्षेत्र भएकाले एकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेका हुन । बस्नेत २०५६ र २०७० सालमा सांसद् बनेका थिए भने सापकोटा पनि २०६४ र २०७० का दुवै संविधानसभा निर्वाचनमा विजयी बनेका थिए । 
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणा उम्मेदवार छन् । जिल्लाको तत्कालीन ३ नम्बर क्षेत्रबाट २०४८, २०५१ र २०५६ सालका निर्वाचनमा विजयी राणा बाम गठबन्धनका शेरबहादुर तामाङसँग भिडिरहेका छन् । २०७० को संविधानसभा निर्वाचनमा राणालाई तामाङले पराजित गरेका थिए । स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक गठबन्धन करीब १० हजार मतले पछाडि छ । २०३८ सालदेखि ७ पटकसम्म जिल्लाबाट प्रतिनिधि चुनिएका ७८ वर्षीय राणालाई कांग्रेसको साथ छ । 
प्रदेश नम्बर १ ओखलढुंगा
२०७० सालको संविधानसभा निर्वाचनमा जिल्लाका छुट्टाछुट्टै निर्वाचन क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका रामहरि खतिवडा र एमालेका यज्ञराज सुनुवार अहिले एकै क्षेत्रबाट प्रतिस्पर्धी छन् । उस्तै उमेर, चर्चा र लोकप्रियता प्राप्त गरेका उम्मेदवार हुन । लोकतान्त्रिक गठबन्धन भन्दा बाम गठबन्धन छिनो मतले अगाडि छ । 
ताप्लेजुङ
२०६४ र २०७० सालको संविधान सभामा काठमाडौं निर्वाचन क्ष्ँेत्र नम्बर ६ बाट पराजित एमाले सचिव योगेश भट्टराई यसपटक जितको आशामा गृहजिल्ला ताप्लेजुङ पुगेका छन् । उनीका प्रतिस्पर्धी केशवप्रसाद दाहाल छन् । कांग्रेसका पूर्व जिल्ला सभापति एवम् स्थानीय तह निर्वाचनमा फुङलिङ नगरपालिकाबाट पराजित मेयरका उम्मेदवार हुन् । २०७० सालको संविधानसभा निर्वाचनमा ताप्लेजुङका साविकका दुईवटै निर्वाचन क्षेत्रबाट एमाले उम्मेदवार विजयी भएका थिए । ताप्लेजुङमा १९ हजार ५ सय ८८ मतदाता थपिएका छन् ।
प्रदेश नम्बर ४ गोरखा
राष्ट्रिय रुपमै चर्चा पाएको जिल्ला हो गोरखा । त्यसमा पनि गोरखा निर्वाचन क्ष्ँेत्र नम्बर २ यतिबेला निकै चर्चामा छ । जहा“ पुर्व प्रधानमन्त्री एवम् १० वर्षे माओवादी आन्दोलनको नेतृत्वकर्ता मध्येका एक डाक्टर बाबुराम भट्टराई उम्मेदवार छन् । भट्टराई अहिले नयाँ शक्ति पाटी नेपालको संयोजक हुन भने निर्वाचनमा नेपाली कांग्रेसको सहयोगले रुख चुनाव चिन्ह्बाट पूतिस्पर्धा गरेका छन् । 
उनका प्रतिद्धन्द्धी बाम गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् । भट्टराईले २०६४ सालको संविधान सभा निर्वाचनमा देशै भरबाट सबैभन्दा बढि फरक मतान्तरले विजयी भएका नेता हुन । भट्टराई २०७० सालको संविधान सभा निर्वाचनमा रुपन्देही ४ बाट पराजित भएपनि गोरखा १ बाट विजयी भएका थिए । 
१० वर्षे माओवादी द्वन्द्वका ‘आर्किटेक्ट’ मध्येका एक भट्टराईका लागि यो निर्वाचन राजनीतिक अस्तित्वसँग जोडिएको छ । पहिलो संविधानसभा निर्वाचनपछि एकता केन्द्रसँगै माओवादी प्रवेश गरेका श्रेष्ठले २०७० को निर्वाचनमा मकवानपुरबाट पराजित भएका थिए । स्थानीय तह निर्वाचनमा बाम गठबन्धन गोरखामा छिनो मतले अघि छ । 
प्रदेश नम्बर १ लम्जुङ
एउटा मात्रै निर्वाचन क्षेत्र भएको लम्जुङमा वामगठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता देव गुरुङ र लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका दिलबहादुर घर्ती चुनावी मैदानमा छन् । पहिलो संविधानसभामा गृहजिल्ला मनाङ र कास्की १ बाट विजयी गुरुङ दोस्रो संविधानसभामा भने निर्वाचन बहिष्कार नीतिमा थिए । माओवादी केन्द्रमा फर्किएका उनी अहिले लमजुङबाट प्रतिस्पर्धी बनेका हुन । यसअघि दुईवटा निर्वाचन क्षेत्र रहेको लमजुङमा १ बाट एमाले र २ बाट कांग्रेसका उम्मेदवार निर्वाचित थिए । दुई पटक मन्त्री भैसकेका गुरुङको गृह जिल्ला मनाङ हो । यस्तै प्रदेश सभाका लागि लम्जुङबाट पुर्वमन्त्री पृथ्बी सुव्बा गुरुङ प्रतिस्पर्धी छन् । बाम गठबन्धनका गुरुङद्धयको निर्वाचनपनि निकै रोचक नै बनेको छ । 
प्रदेश नम्बर ६ जाजरकोट
जाजरकोटमा कांग्रेसका राजीवबिक्रम शाह र वामगठबन्धनका तर्फबाट माओवादी नेता एवं पूर्व गृहमन्त्री शक्ति बस्नेतबीच प्रतिस्पर्धा भएको छ । यसअघि दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा २०७० को निर्वाचनमा १ बाट बस्नेत र २ बाट शाह निर्वाचित भएका थिए ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions