ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

उत्साही मतदाता, अविवेकी राज्य



उत्साही मतदाता, अविवेकी राज्य

-

आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन आयोगको सार्वजनिक गरेको प्रारम्भिक अनुमान अनुसार ६५ प्रतिशत मत खसेको छ । हिमाली क्षेत्रका ३२ वटा जिल्लामा भएको मतदानमा ६५ प्रतिशत मत खस्नुलाई धेरैले स्वभाविक रुपमा लिएका छन् । यद्यपी यो प्रतिशत यसअघि भएको स्थानीय तहको निर्वाचनको तुलनामा कमै हो । स्थानीय तहको निर्वाचनमा प्रारम्भिक अनुमानमा ७० प्रतिशतको हाराहारीमा मतदान भएको बताइएपनि पछि ७३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको थियो । 
छेकेन बमले 
केही दिनयता पूर्व घोषणाविनै नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाका  कार्यकर्ताहरुले बमको बर्षा नै गरेका थिए । आइतवार निर्वाचनकै दिनमा पनि दर्जनौं स्थानमा बम पड्काए । यद्यपी उनीहरुले पड्काएको र राखेको बमको उदेश्य धेरै मानवीय क्षति पुयाउने भन्दापनि तर्साउने मनसायबाट राखेको देखियो । त्यसैले दर्जनौ ठाउँमा बम बिष्फोट गराएपनि मानवीय क्षति भने भएन । 
तर, नेकपाको यो हर्कतबाट खासै मतदाता पनि डराएनन् । बिशेष गरेर उनीहरुले आफ्नो प्रभाव क्षेत्रको रुपमा लिएको रोल्पा, रुकुममा तर्साउने प्रयास गरेका थिए । रोल्पा र रुकुमका विभिन्न स्थानहरुमा बम राख्ने र बिष्फोट गराउने मात्र होइन, मतदान नजानका लागि चेतावनी नै दिने काम पनि गरे । तैपनि जनताले त्यसलाई वेवास्ता गरे, मतदानमा भाग लिए । 
अरु त अरुले यसअघि नेकपाले आफ्नो किल्लाको रुपमा लिएको र विप्लवले राष्ट्रिय भेला गर्नका लागि ठाउँ छानेको रोल्पाको थवाङमा पनि मतदान उत्साहजनक रुपमा भयो । मतदाताहरुले मतदानमा स्वस्फुर्त रुपमा सहभागी बने । अन्त्यमा केही सीप नलागेपछि नेकपाका कार्यकर्ताहरुले अपहरण गरेको माओवादीबाट जितेका रोल्पाका एक वडाध्यक्षलाई मतदान केन्द्र नजिकै ल्याएर छाडे । 
यसले मतदान गरेर आफ्नो प्रतिनिधि छान्ने जनताको आकांक्ष प्रतिविम्बित गर्दछ । बिशेष गरेर निर्वाचन विरोधीहरुले चुनावबाट आफ्नो प्रतिनिधि छान्ने पद्धतीको बिरोध गर्छन् र त्यसका लागि हालका राजनीतिक दलहरु बद्नाम रहेको र नेताहरु बद्मास रहेको प्रचार गर्छन् । त्यसैले निर्वाचनमा भाग नलिन र यसले जनतालाई केही फाइदा नपु¥याउने बताउँछन् । तर, त्यसको विपरित जनताले निर्वाचनमा भाग लिएका छन् । आफुलाई मन परेको उम्मेदवारलाई भोट दिएका छन् र प्रतिनिधि छानेका छन् । 
हुन पनि यो एतिहासिक निर्वाचन हो । संविधान बनेपछि पहिलो पटक केन्द्रीय संसद र प्रदेश संसदको निर्वाचन हुँदैछ । मुलुक संघीय ढाँचामा गएपछिको पहिलो चुनावबाट छानिएर आउने जनप्रतिनिधिहरुले संघीयता कार्यान्वयनको सम्बन्धमा आवश्यक कानुनहरुको निर्माण गर्नेछ, साथै केन्द्र र प्रदेशहरुमा सरकारहरुको गठन गर्नेछ । यसले यसअघि भएको स्थानीय तहको निर्वाचनबाट गठन भएको स्थानीय सरकारलाई मार्गदर्शन गर्नेछ । धेरै जसोले आशा गरेका छन्, अव मुलुकले विकास र समृद्धिको मार्ग समात्ने छ । 
अविवेकी राज्य 
स्थानीय चुनावमा भन्दापनि कम मत यस पटक खस्नुमा सरकारको निर्णय प्रमुख बाधक बनेको छ । बिशेष गरेर आजकल युवाहरु गाउँमा बस्दैनन् । धेरै जसो सहरमा विभिन्न पेशा र व्यवसाय गरेर बसेका छन् । जति सहरीकरण बढ्दै जान्छ त्यति नै मानिसहरु मेसिनमा परिवर्तन हुँदै जान्छ । यस्तो अवस्थामा मानिसहरु अरुका लागि ज्यादा र आफ्नो लागि कम बाँच्न थालेका हुन्छन् । तर, यसपाला सरकारले निर्वाचन हुने ३२ जिल्लामा मात्र विदा घोषणा गर्यो । यसले आफ्ना घर छाडेर मुलुक भित्रकै विभिन्न क्षेत्रमा पेशा र व्यवसाय गरेर बसेकाहरु फर्कन कठिनाई भयो । कतिपनि फर्केनन् भन्ने होइन, फर्कनलाई गाह्रो भएको साँचो हो । विदा नभएकाले चाहेर पनि कतिपयले भोटहाल्न जान पाएनन् । यो विदेशमा हुनेको कुरा होइन, नेपालकै विभिन्न स्थानमा पेशा र व्यवसाय गरेर बस्नेहरुको कुरा हो । 
त्यसैगरी सरकारले मंसिर १० मा चुनावको घोषणा गरेर पनि केही अप्ठ्यारोमा परे । उच्च हिमाली क्षेत्र अत्याधिक चिसो बढी सकेको छ । कतिपयस्थनमा हिउसमेत परेको छ । यस्तो अवस्थामा उच्च हिमाली क्षेत्रका बासिन्दहरु आफ्नो गाउँघर छाडेर तल्लो क्षेत्रहरुमा आइसकेको हुन्छन् । खास गरेर उपल्लो मनाङ, मुस्ताङ, कर्णालीका जिल्लाहरुबाट पनि उच्च हिमाली क्षेत्रका बासिन्द जाडो छल्नलाई तल्लो क्षेत्रहरु आउने गर्दछन् । यसले पनि केही हदसम्म मतदाताको संख्या घटायो । 
आइतवारको मतदानमा केही हिमाली जिल्लाहरुमा अत्याधिक चिसोका कारण मतदान नै ढिलो सुरु भयो । केही स्थानमा स्ट्याम्प प्याडको मसी सुकेका कारण पनि ढिलो भयो, यो पनि अत्याधिक चिसोकै कारण थियो । त्यसैले सरकारले निर्वाचन मिति तोक्दा बिचार पुर्‍याउनु पर्ने हुन्छ । चिसो बढेपछि होइन, बेलैमा निर्वाचनको मिति तोकिएमा सबैले मतदान गर्ने वातारण बन्न सक्छ । खास गरेर कातिकमै वा फागुनपछि बर्खा नलाग्दै निर्वाचनको मिति तय गरिनु पर्दछ । 
जनतासँगको प्रत्यक्ष सरोकार
स्थानीय तहको चुनावमा भन्दा केही कम मत खस्नुमा अर्को एउटा महत्वपूर्ण कारण उम्मेदवारको जनतासंगको प्रत्यक्ष सम्बन्ध र सरोकार पनि हो । बिशेष गरेर स्थानीय तहको निर्वाचनमा नगर वा गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म उम्मेवार थिए । उम्मेदवारको संख्या पनि अत्याधिक थियो । उनीहरुको सम्बन्ध प्रत्यक्ष रुपमा जनतासंग थियो । 
त्यसैगरेर नगर वा गाउँपालिका र वडाहरु भनेका जनताको दैनिन्दिन कामसंग प्रत्यक्ष सरोकार राख्ने अड्डाहरु हुन् । मालपोत तिर्नेदेखि नागरिकता बनाउने र त्यसको सिफारिस लिनेसम्मको काम त्यही अड्डामा हुने हुँदा जनताका लागि त्यो प्रत्यक्ष सरोकारको विषय हो । त्यसैले पनि ति स्थानहरुको पदाधिकारी तथा सदस्यहरुको चुनावमा बढी उत्साह हुनु र सहभागिता बढ्नु स्वभाविक पनि छ । 
अन्त्यमा,
केही प्रतिशत मतदान कम हुनुमा जे सुकै कारण भएपनि जति खस्यो त्यसलाई स्वभाविक र जनताको आफ्नो प्रतिनिधि छान्ने चाहनाको अभिव्यक्तिकै रुपमा लिनु पर्दछ । जनसंख्याको ठूलो संख्या विदेशमा रहेकाले पनि मतदान गर्न पाएका छैनन् । त्यसैगरेर सेना, प्रहरी र निजामती सेवामा रहेकाहरुले पनि मतदान गर्न पाएनन् । त्यसबाट ६५ देखि ७० प्रतिशतसम्म मत खस्नुलाई स्वभाविक रुपमा लिनु पर्दछ । बरु यो चुनावबाट जितेर आएकाहरुले आफ्नो जिम्मेवारीको मनन गर्नु जरुरी छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions