ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

सुरक्षित होला निर्वाचन ?



सुरक्षित होला निर्वाचन ?

-

काठमाडौं । दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएस“गै देशभरी तिहारको पटाका जस्तै बिष्फोटहरु हु“दा पनि प्रहरीले बिष्फोट गराउने समूहको पहिचान गर्न सकेको छैन । सुरक्षित र संवेदनशील मानिएको राजधानी लगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहँदा पनि गृह मन्त्रालयले घटना कसले गराइरहेको छ भनेर न त बताउन सकेको छ न त घटना कम गर्न कुनै पहल नै गर्न सकेको छ ।
गृह मन्त्रालयले विस्फोट र बम रहेको हल्ला फैलाउने समूहलाई ‘निर्वाचन विरोधी तत्वका रूपमा परिभाषित गरे पनि त्यस्तो तत्व को हो र कसले सन्त्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा आजसम्म सार्वजनिक गरिएको छैन ।
शनिबार गृह मन्त्रालयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित केन्द्रीय कमान्ड पोष्टको बैठक बस्यो । बैठकलगत्तै गृह प्रवक्ता नारायण शर्मा दुवाडीले विस्फोट गराउने समूहको पहिचान भइसकेको बताए पनि त्यस्तो समूहबारे खुलासा गरेनन् । 
घटना हुनुपूर्व घटनाप्रति संबेदनशील बन्नु भन्दा पनि सुरक्षा निकायका अंगहरु कसैले बम छ भनेपछि मात्र थाहा पाउने गरेकाले बिष्फोटका घटनाहरुलाई रहस्यममय मानिएको छ । उच्च सुरक्षा अधिकारीका अनुसार गृहले विस्फोटका घटनालाई सामूहिक कामको उपजभन्दा पनि व्यक्ति केन्द्रित घटनाका रूपमा हेर्न सुरक्षा निकायलाई सुझाइरहेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरिक्षक मनोज न्यौपानेले बिष्फोटको घटनामा संलग्न रहेको आधारमा पक्राउ परेकाहरु अधिकांश बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता भएकाले घटना त्यही पार्टीका कार्यकर्ताले गराएको आशंका गरेपनि गृह मन्त्रालय भने घटना समुहले गराएको हो भन्न मन्जुर छैन । 
गृहको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नै चुनावी प्रचारप्रसारका सभा नजिकै बम विष्फोट हु“दा समेत बेवास्ता गरेर बस्नुले पनि सुरक्षा निकाय फितलो भएको पुष्टि गरेको छ ।
निर्वाचनको माहोलबीच मंसिरमा मात्र भएका घटनाहरु–
१ मंसिर– नुवाकोटको काउलेथानामा बम बिस्फोट हु“दा पँ“च कांग्रेस कार्यकर्ता घाइते । कांग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी क्षतिग्रस्त ।
२ मंसिर– भोजपुरको भिरथाप्लोमा एम्बुसमा परी दुई प्रहरी र एक एमाले कार्यकर्ता घाइते । बिस्फोटपछि प्रहरी र अज्ञात समूहबीच गोली हानाहान ।
२ मंसिर– रौतहटको चन्द्रपुर नगरपालिकामा बाम गठबन्धनको सभामा बिस्फोट, आठ घाइते ।
२ मंसिर– तनहु“मा कांग्रेस नेता रामचन्द्र पौडेलको गाडीमा विस्फोट ।
१२ मंसिर– झापाको चन्द्रगढीमा कांग्रेस नेता कृष्ण सिटौलाको घरमा बिस्फोट ।
१२ मंसिर– दाङको तुल्सीपुरमा बम बिस्फोट हु“दा म्यादी प्रहरी विनोद चौधरीको मृत्यु । बिस्फोटमा सात घाइते ।
१२ मंसिर– उदयपुर १ का कांग्रेस उम्मेदवार नारायण खड्का र प्रदेश सभा उम्मेदवार हिमाल कार्कीलाई लक्षित गरी बिस्फोट । १३ मंसिर– उदयपुरको दनुवारबेंसीमा बम विस्फोट, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्कीसहित तीन घाइते ।
१४ मंसिर– गुल्मी रेसुंगा–८ का वडासदस्य तारा श्रीस ३३ थान एक्सपोलसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलो बारुदलगायत अवैध बिस्फोटक पदार्थसहित पक्राउ ।
१५ मंसिर– बूढानीलकण्ठस्थित प्रधानमन्त्री शेरबहादुर देउवा निजी निवासको कम्पाउन्डमै बम बिस्फोट ।
१६ मंसिर– नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तुलाराम घर्तीलाई लक्षित गरी पाल्पा दोभानमा शनिबार सांझ बम विस्फोट । विस्फोट हु“दा लु१ज ३४२५ नम्बरको जिपमा क्षति ।
यो रिपोर्ट तयार गर्दासम्म भएका विष्फोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ भने धेरै घाइते र अंगभंग भइसकेका छन् तर यसको जिम्मा कसैले लिएको छैन ।
एकपछि अर्को विष्फोट भइरह“दा पनि घटनामा संग्लनको पहिचान र पक्राउ गर्न सुरक्षा निकाय चुकिरहेको छ । देशै भर भइरहेको विस्फोट कस्तो प्रकृतीको थियो र त्यसमा संग्लन को थियो भन्नेबारे प्रहरीसंग कुनै स्पष्ट सुचना छैन । प्रहरी प्रवक्ता नेउपानेले बरु बिष्फोटका लागि राखिएका अधिकांश बस्तु बम नै नभएको बताउंदै निश्क्रिय गर्दा भएको आवाजलाई बम भन्न नमिल्ने बताउ“छन् । प्रधानमन्त्री निजी निवासकै छेउमा भएको बिष्फोटमा समेत प्रहरीले नेकपा (विप्लव)को संलग्नता रहेको प्रहरीले अनुमान गरे पनि अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । प्रधानमन्त्री निजी निवासको सुरक्षामा १५ जना सशस्त्र प्रहरीका खटिएका छन् । त्यति धेरै सुरक्षाकर्मीको आ“खा छलेर प्रेसरकुकर बम राख्न भ्याउनुले सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उब्जिएको छ । 
देशै भरी बिष्फोट आतंक मच्चिए पनि प्रहरीले भने आफुहरुले ठूलो सफलता हासिल गरेको दाबी गर्दै आएको छ । घटनाको पहिचान गरि संलग्नलाई पक्राउ गरिएको र शान्तिपूर्णरुपमा निर्वाचन गराउन प्रहरी तयार रहेको प्रहरी प्रवक्ता नेउपानेको भनाई छ । मुलुकभरी बम आतंक मच्चिरहेका बेला प्रहरीले जम्मा ८ वटा बिष्फोटका घटनामा संलग्नलाई मात्र पक्राउ गरेरको छ ।
प्रहरीले अहिलेसम्म के ग¥यो ?  
१. कास्कीको विभिन्न स्थानमा बिष्फोट गराएको आरोपमा मिलन राई, कुमार तामाङ र दिलबहादुर सुनुवार । पक्राउ परेकाहरुले विप्लप माओवादीको कार्यकर्ता भएको स्वीकार गरेको प्रहरीको भनाइ ।
२. संखुवासभाको बिष्फोटमा संलग्न भएको आरोपमा छत्रमणि अधिकारी प्रहरी नियन्त्रणमा । उनी पनि विप्लव माओबादी कार्यकर्ता भएका भनाइ ।
३. भोजपुर बिष्फोटमा संलग्न महेन्द्र लामा पक्राउ । स्थानीयतहमा माओबादी केन्द्रका पराजित उम्मेदवार हाल विप्लव माओवादीमा आवद्ध ।
४. सिरहा गोली प्रहार घटनामा संलग्न सुरेन्द्र राय, शिव राय र मनोज राय पक्राउ । उनीहरु पेशेवर लुटेरा भएको प्रहरीको दाबी ।
५. उदयपुर घटनाका संलग्न पक्राउ परे पनि प्रहरीले सार्वजानिक गरेको छैन । 
६. निर्वाचन बिथोल्न सक्ने आशंकामा पक्राउ– ५ सय ७१ जना ।
७. हतहतियार सहित पक्राउ– २ सय ८४ जना ।
८. बराम– देशका बिभिन्न स्थानबाट २२ सय बढी डेकोनेटर, ५ सय ५५ लोला जिलेटिन, ६ सय थान पटाका र ५४ थान सानाठूला हतियार ।
प्रहरीले गरेको कार्य हेर्दा अधिकांश सफलता घटना भएपछि नै हात पार्न सफल भएको देखिएको छ । प्रहरी सक्रियता कम देखिएपनि घटना कम गर्न घटना पूर्वका सुचना संकलन गर्ने राष्ट्रिय अनुसन्धानको भूमिका भने शुन्य जस्तै देखिएको छ । सरकारको आन्तरिक सूचना केन्द्रहरु असक्षम नै भएका हुन् त ? यो प्रश्न सुरक्षाका विषयमा गर्नेपर्ने बेला भएको छ । 
चुनाव सुरक्षित होला ?
निर्वाचनको माहोलमा रहेका सबैजना अहिले मतदानका लागि गाउ“गाउ“ पुग्ने क्रममा छ । अहिले चुनावले सा“च्चै सबैलाई झपक्कै छोपेको छ । निर्वाचनका लागि सबै तयारी भइसकेको बताएको छ । तर निर्वाचन सुरक्षित हुनेमा भने अझै शंका छ । निर्वाचन भयरहित अवस्थामा सम्पन्न गर्नका लागि सा“च्चै सुरक्षा तयारी छ कि छैन भन्नेमा आमजनता विश्वस्त हुन सकेको छैन ।
निर्वाचन आयोगले भने निर्वाचन सुरक्षामा कुनै कमी नहुने बताएको छ । सुरक्षा प्रमुहरुसमेतको बैठक गरेर निर्वाचन आयोगले सुरक्षित निर्वाचनका लागि आश्वस्त पारेको हो । उसले जति नै आश्वस्त पारेपनि ठाउ“ ठाउ“मा बम विष्फोट भएकै छ । घाइतेहरुको संख्या बढेकै छ । यो क्रमले भन्ने र व्यवहारमा फरक पाइएको छ । त्यसैले पनि जनता विश्वस्त हुन सकिरहेको छैन । 
निर्वाचन सुरक्षित तवरबाट गर्नका लागि सबै खालका तयारी पूरा गरिएको निर्वाचन आयोग र गृह मन्त्रालयले बताउने गरेका छन् । यो भनाइलाई आधार मान्ने हो भने निर्वाचन भयरहित अवस्थामा हुने विश्वास गर्न सकिएला । तर, व्यवहारिक रुपमा निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने आमजनभावनाको सम्मान उत्तिकै गर्नुपर्ने विश्लेषकहरु बताउ“छन् । निर्वाचनका लागि सबैले सुरक्षित तवरबाट मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न समेत आम मतदाताको माग छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions