ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

जित्नेको दायित्व



जित्नेको दायित्व

-

एमाले र माओवादीको वाम गठबन्धनले प्रत्यक्ष निर्वाचनतर्फ करिब दुई तिहाईको हराहारीमा जितेको छ । यसको अर्थ समानुपातिकको पनि मतगणनापछि यो गठबन्धनको सीट संख्या सुविधाजनक बहुमत पुग्ने छ । २०४८ सालमा नेपाली कांग्रेसले एक पटक बहुमत ल्याएदेखि नेपालको संसदमा कसैले पनि बहुमत ल्याउन सकेको छैन । नेपाली कांग्रेसले ल्याएको त्यो एक पटकको बहुमत पनि आफ्नै पार्टीभित्रको अन्तरकलहका कारण मध्यावधि निर्वाचनमा पुगेर टुङ्गिएको थियो । 
यस कारणले नेपालमा बहुदलीय प्रजातन्त्र आएपछि आजसम्म एक पटक आएको बहुमतको सरकारले पनि पुरा कार्यकाल काम गर्न पाएन भने त्यसपछि कुनै पनि एउटा पार्टीको बहुमतको सरकारको बनेको छैन । हरेक पटक बनेको ‘ह्याङ पार्लियमेन्ट’ले स्थायी सरकार दिन सकेन । सरकार बनाउने र गिराउने काममा मुसा प्रवृत्तिका नेताहरु देखा परे, सुरासुन्दरीको प्रयोग भयो अनि रातरात बिरामी परेको बहानामा सांसदहरु बिदेशिए । सांसदहरु धम्क्याउने, फकाउने, अपहरण गर्नेसम्मको काम पनि भए । 
अनि नेपाली जनताले नेपालमा फैलिएको विक्रिति, बिसंगती अनि अविकासलाई त्यही ह्याङ पार्लियामेन्टको बाइप्रडक्टको रुपमा लिएका छन् । त्यसैले निक्कै लामो समयदेखि नेपाली जनताले स्थिर सरकार र समृद्धिको कुरा गरेका थिए । तर, त्यो प्राप्त हुन सकेको थिएन । यसपटक संसदमा दोस्रो र तेस्रो ठूलो दलको रुपमा रहेको एमाले र माओवादीबीचको गठबन्धन र पार्टी एकीकरणको कुराले जनतामा स्थिर सरकार र त्यसले ल्याउने समृद्धिप्रति आशावादी बनायो । जसरी शान्ति प्रकृयामा आएपछि माओवादीलाई नेपाली जनताले पहिलो पार्टी बनाएको थियो, त्यस बेला नेपाली जनताको अपेक्षा शान्ति र संविधान थियो । अहिले वाम गठबन्धनलाई स्थिर सरकार र समृद्धिको अपेक्षाले नै नेपाली जनताले प्रचण्ड बहुमत दिएको हो । त्यो अपेक्षालाई पुरा गर्नका लागि वाम गठबन्धनले केही कामहरु देखिने र अनुभूत हुने गरी गर्नु पर्छ । त्यसका लागि पहिलो, वीचैमा सरकार टुट्ने बातावरण आउन दिनुहुँदैन । सरकार पाँच बर्षसम्म जाने वातावरण बनाउनु पर्दछ । यसको जिम्मा पनि एमाले र माओवादीका नेताहरुमा छ । समानुपातिकको मतपरिणमपछि एमाले एक्लैको बहुमत पुग्ने संभावना कम छ । त्यसैले पनि माओवादीसंगको सहकार्य एमालेको लागि बाध्यात्मक छ । त्यसैगरी माओवादीले एमाले छाडेर सामान्य अवस्थामा सरकार बनाउन सक्ने अवस्था छैन, त्यसले उसको लागि एमाले अपरिहार्यछ । 
यस्तो अवस्थामा एमाले र माओवादीका नेताहरुले ध्यान दिनु पर्ने कुरा भनेको हामी पार्टी एकीकरण गर्छौ र स्थिर सरकार बनाउँछौं भन्ने हो । त्यसैले गर्दा हरेकपटक बैठक बस्दा जनतासंग गरेको त्यो बाचा सम्झानु पर्दछ । बरु आफ्ना व्यक्तिगत लोभलालचालाई थाती राखेर जनतालाई दिएको बचन सम्झेर दुवै पक्षले सके तत्काल पार्टी एकीकरण गर्नु पर्दछभने नसके गठबन्धनलाई ‘इन्ट्याक्ट’ राख्नु पर्दछ । 
दोस्रो कुरा, उनीहरुले सधै आफुले जनतालाई दिएको समृद्धिको सपनालाई सम्झेर काम गर्नुपर्दछ । नेपाली जनताले बिकासको अपेक्षा गरेको धेरै भयो । तर, नेता र सत्तामा पुग्नेहरुले आफ्नै नातागोताको मात्र हित हेर्दा अझै पनि विकासको प्रकृया अघि बढ्न सकेन । त्यसैले मुलुकको विकासका लागि निर्मम ढंगले अघि बढ्नु पर्ने अहिलेको आवश्यकता छ । फेरी पनि शासनको शैली यसअघिको जस्तो, कुन संस्थानको जीएम कस्लाई बनाउने र कुन प्रदेशका राज्यपाल कस्लाई छान्ने, ओलीको सम्धी र साला पर्यो की प्रचण्डको भाइ र भतिजा को परे भन्ने कुरामै रुमल्लिइरहने हो भने पाँच वर्ष पछि फेरि जनताले आफ्नो शक्ति देखाउने छन् । 
तेस्रो र अन्तिम् भनेको लोकतान्त्रिक पद्धतिको सशक्तिकरण हो । वाम गठबन्धनको बिरुद्ध सत्तारुढ कांग्रेसले सुरु गरेको चुनावी अभियान भनेकै यिनीहरुले मुलुकमा कम्युनिष्ट अधिनायकवाद लाद्न खोजेका छन् भन्ने थियो । यदी एमाले–माओवादी गठबन्धनले अलिकति पनि सत्ता उन्मादका कारण लोकतान्त्रिक प्रकृयाको बर्खिलाप जान खोज्यो भने नेपाली जनताले सहने छैनन् । हो, लोकतन्त्र अराजकता होइन, तर चुनावबाटै चुनिएर आएका विश्वका कति नेताहरु पछि अधिनायक र तानाशाह बनेका उदाहरण हाम्रै अगाडि छन् । त्यति मात्र कहाँ हो, तिनको पतनको दृष्य पनि सम्झानु पर्दछ । एक्काइसौ शताब्दीमा बहुमत आयोभन्दैमा उन्मादी शासनको चाहना कसैले गरेको छभने त्यसले अन्ततोगत्व विनासको निम्ता दिनेछ । त्यसैले पद्धती लोकतान्त्रिक हुन अनिवार्य छ । परिणाम जेसुकै आओस् पद्धती गलत छ भने त्यसलाई एकतिर नेपाली जनताले स्वीकार गर्ने छैन भने अन्तर्राष्ट्रिय समुदायले पनि अस्वीकार गर्नेछ ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

TV Programme

 
  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions