ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्छ : बालकृष्ण खाँड



कांग्रेसले रचनात्मक प्रतिपक्षको भूमिका खेल्छ : बालकृष्ण खाँड

-

नेपालमा मंसिर १० र २१ भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको सार्वजनिक निर्वाचन परिणामअनुसार नेकपा एमाले पहिलो, नेकपा माओवादी केन्द्र दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा देखिएका छन् । प्रतिनिधिसभाको १ सय ६५ सिटमध्ये एमाले (७५), माओवादी (३३) र कांग्रेस (२१) मा विजयी प्राप्त गरेका छन् । प्रदेशसभामा पनि एमाले र माओवादी नै अगाडि देखिएका छन् । कांग्रेसको हैसियत घटेसँगै वरिष्ठ नेता र पार्टीभित्र प्रभावशाली मानिएका नेताहरु नै पराजय व्यहोरेका छन् । निर्वाचनमा हार्नुमा आन्तरिक व्यवस्थापनमा कमीकमजोरी र एमाले–माओवादी गठबन्धनलाई प्रमुख कारक भएको कांग्रेस नेताहरुले मानेका छन् । उसले पार्टीको शक्ति कमजोर भए पनि प्रतिपक्षमा रहेर रचनात्मक भूमिका खेल्ने प्रारम्भिक प्रतिक्रियासमेत जनाइसकेको छ । संविधानसभा निर्वाचन २०७० मा पहिलो पार्टी कांग्रेस चार वर्षको अन्तरालमा यतिविध्न किन खुम्चियो ? अब नेपाली राजनीतिमा कांग्रेसको भूमिका कस्तो रहन्छ (?) भन्ने जनचासो व्यापक छ । यिनै विषयमा पूर्वमन्त्री एवं नेपाली कांग्रेस निर्वाचन प्रचार समिति संंयोजक बालकृष्ण खाँडसँग टीकाराम तामाङले गरेको संक्षिप्त कुराकानी ।
 
प्रतिनिधि र प्रदेशसभा निर्वाचन परिणामलाई कसरी लिनुभएको छ ? स्वाभाविक कि अप्रत्यासित ।
हाम्रो पपुलर भोट घटेको छैन । दोस्रो र तेस्रो नम्बरमा रहेका दलहरुको गठबन्धनले गर्दा चुनावी परिणाममा प्रभाव परेको छ । पहिलो संविधानसभा निर्वाचनमा पनि नेपाली कांग्रेसले यस्तै अवस्थाको सामना गर्नुपरेको थियो । त्यतिखेर पनि हाम्रो पार्टीका सभापति स्व. गिरिजाप्रसाद कोइरालाले माओवादीसँग शान्ति प्रक्रिया, संविधानसभा निर्वाचनको थालनी गर्नुभयो । तर, त्यो संविधानसभा निर्वाचनमा कांग्रेसले सशक्त रुपमा उपस्थिति देखाउन सकेन । त्यतिखेर पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ठूलो दल बन्यो । हामी दोस्रो स्थानमा आयौं । पछि चार वर्षको अन्तरालमा चारजना प्रधानमन्त्री त बन्नुभयो, तर मुलुकले संविधान प्राप्त गर्न सकेन र दोस्रो संविधानसभा निर्वाचन पनि गर्नुप¥यो । 
वि.सं. २०७० को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसले आफ्नो पोजिसन केही सुधा¥यो । हामीले पाएको जनादेशअनुसार नै पार्टी सभापति स्व. सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो । उहाँको नेतृत्वको सरकार रहेको बेला कांग्रेसको संयोजनकारी भूमिका र पहलमा संविधान जारी भयो । त्यसपछि संविधान कार्यान्वयनका लागि, शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन, मुलुकमा भौतिक विकास निर्माण र आर्थिक समृद्धिका लागि लोकतान्त्रिक शक्ति आवश्यक छ भनेर नै हामीले जनतासँग आग्रह गरेका हौं, हामीलाई विश्वास पनि थियो । यस्तो अवस्थामा संविधान कार्यान्वयन गर्ने र मुलुकलाई समृद्धिको दिशामा लैजानको लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय लगानीको पनि आवश्यकता पर्छ । हामीले पार्टीको सिद्धान्तअनुसार खुल्ला अर्थनीति अगाडि बढाइरहेका छौं । त्यसकारण आमनेपाली दिदीबहिनी, दाजुभाइले सहयोग र समर्थन दिनुहुन्छ भन्ने विश्वासमा थियौं । तथापि गत स्थानीय तहको निर्वाचनभन्दा हाम्रो भोट बढेको छ । दुई पार्टी समीकरण भएकोले मात्र प्रत्यक्षतर्फको निर्वाचनमा धेरै ठाउँमा विजय प्राप्त गर्न सकेनौं । समानुपातिकमा हाम्रो राम्रो पोजिसन आउँछ ।  
मुलुकमा संविधान जारी गर्दा सँगसँगै रहेका दलहरु कार्यान्वयनको बेला धुव्रीकृत हुँदै जानु मुलुकका लागि हितकर विषय होइन । जनमतबाट कमजोर भएको कांग्रेस  राष्ट्रिय राजनीति कसरी अगााडि बढ्छ त ?
हामी व्यवस्थापिका संसद् र प्रतिनिधिसभामा प्रतिपक्षकै भूमिका निर्वाह गर्छौं । संविधान कार्यान्वयन गराउने क्रममा मुलुकको समृद्धि, विकासका लागि र शान्तिप्रक्रिया अगाडि बढाउन हाम्रो रचनात्मक सहयोग रहन्छ । सरकारले वा वामपन्थी पार्टीहरुले संविधानमा भएका लोकतान्त्रिक मूल्यमान्यताहरु कमजोर पार्न खोज्नुभयो भने जनताका अधिकारहरु कमजोर पार्न खोज्नुभयो, उहाँहरु (एमाले, माओवादी केन्द्र)ले मुलुक र जनताको हितमा बाधा पर्ने खालको कामहरु गर्नुभयो भने त्यसविरुद्धमा नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता र जनतालाई परिचालित गर्दै अगाडि बढ्नेछ । मुख्यतः जनादेशलाई स्वीकार गर्दछ र अर्को जनादेशको प्रतीक्षा गर्छौं । 
प्रतिपक्षमा रहने भएपनि सांसद्को संख्या कम हुने हुँदा तपाईहरुको आवाज कमजोर बन्दैन र ?
मूलकुरा, पार्टीले सिद्धान्त, दृष्टिकोण र नीति कस्तो लिएको छ भन्ने कुरा हो । केन्द्रीय संसद्मा जुन उपस्थिति रहन्छ, त्यहाँ हाम्रो विचार राख्न र सम्प्रेषण गर्नका लागि र पार्टी कार्यकर्ताहरुलाई परिचालित गर्न संगठित गरेर राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, शान्तिको पक्षमा र समृद्धिको पक्षमा गोलबद्ध गर्न सक्छौं भन्ने विश्वास छ । 
वाम गठबन्धनले जितेमा कम्युनिस्ट अधिनायकवाद आउँछ भनेर निर्वाचनअघि निकै प्रचार गर्नुभएको थियो, त्यसको  खतरा छ त ? 
उहाँहरु (एमाले, माओवादी केन्द्र)ले संविधानका मूल अवधारणामाथि खेलबाड गर्न थाल्नुभयो, जनताका अधिकारलाई सम्बोधन नगरी प्रजातान्त्रिक मूल्यमान्यतालाई अवरोध गर्न खोज्नुभो । नेपालमा विकसित हुँदै संसदीय लोकतन्त्रविरुद्ध कार्यकारी प्रमुख बनाउने संविधान संशोधन प्रस्ताव ल्याउनुभयो भने त्यसको खिलापमा कांग्रेसले जनपरिचालन पनि गर्दछ र आफ्ना पार्टी पंक्तिलाई पनि एकदमै सशक्त रुपमा परिचालन गर्नेछ । 
यो निर्वाचनबाट कांग्रेसको पोजिसन कुन हुँदैछ ? 
नेपाली कांग्रेस संघीय संसद्मा दोस्रो ठूलो दल हुन्छ । समानुपातिकतर्फ हामीले ३५ प्रतिशत मत अर्थात् ४० भन्दा बढी सिट पाउनेछौं । प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित २१ गरी केन्द्रीय प्रतिनिधिसभामा करिब ६२ को हाराहारीमा उपस्थिति हुनेछ ।
निर्वाचन अघिदेखि नै वाम गठबन्धनका शीर्ष नेताहरुले कांग्रेससँग सहकार्य गरेर जान सकिन्छ भन्दै आए, सहमतिको सरकारका लागि तपाईहरु तयार हुनुहुन्छ ? 
हामी सदैव शान्ति, लोकतन्त्र र स्थिरताको पक्षमा छौं । संसद्मा प्रतिपक्षको भूमिकामा रहे पनि सहमति, सहकार्यकासाथ अगाडि बढ्ने पक्षमै छौं ।
भनेपछि कांग्रेस मिलिजुली सरकारमा जान पनि तयार हो कि ? 
यसबारेमा हामीले कुनै छलफल गरेका छैनौं । कुनै धारणा पनि बनाएका छैनौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्णपरिणाम आइसकेपछि हामी प्रतिपक्षमै रहन्छौं । पुस महिनामा सरकार बन्ने प्रक्रिया थालनी हुन्छ । त्यसपछि केही हप्ता अर्थात् माघको पहिलो हप्तासम्म नयाँ सरकार आउन सक्छ ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

TV Programme

 
  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions