ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

कुहिरे अफिसरदेखि धेरै नेपालीलाई रुवाइयो, धेरै हँसाइयो



कुहिरे अफिसरदेखि धेरै नेपालीलाई रुवाइयो, धेरै हँसाइयो

-

 
सुजन तिगेला लिम्बू, युवा गायक तथा संगीतकार
युवा गायक तथा संगीतकार सुजन तिगेला लिम्बूको जन्मस्थल हात्तीखर्क–२ धनकुटा हो । बाबा जीतमानसिङ लिम्बू र आमा आइतरानी लिम्बूका कान्छा छोरा सुजन सानै उमेरदेखि सांगीतिक यात्रामा होमिए । मातृभाषा लिम्बू र नेपाली भाषामा गीत गाउँदै आएका उनले संगीतमा मास्टरसम्मको अध्ययन गरेका छन् । संगीत क्षेत्रका एक सफल, सशक्त गायक तथा संगीतकारका रुपमा परिचित सुजन तिगेला लिम्बूसँग बेलायतको सांगीतिक यात्रालगायत विषयमा एभरेस्ट टाइम्सका लागि जानू काम्बाङ लिङ्गदेनले गरेको कुरोकानी ।
बेलायतको सांगीतिक यात्रा कस्तो हुँदै छ ?
बेलायतको मेरो यो पहिलो सांगीतिक यात्रा अत्यन्तै सफल र अविस्मरणीय बनेको छ । किनकि यहाँ रहेर नेपाली गीत, सङ्गीतका लागि योगदान दिइरहनुहुने अग्रजहरुसँग पहिलेदेखि नै सहकार्य गरिरहेकोले म यो ठाउँमा खासै नयाँ अनुहार भएन, त्यसैले रमाइलो भइरहेको छ ।
दुई महिनाको बसाइँमा कतिवटा प्रोग्राम भ्याउनु भो ? 
करिब दुई महिनाको बसाइँमा मैले १३ वटा जति कार्यक्रम गरेँ हुँला ।
तपाईलाई बेलायतमा नेपालीहरुको रहनसहन कस्तो लाग्यो ? 
बेलायतमा बस्नुहुने हाम्रा नेपालीहरुको बसोबास साह्रै राम्रो लाग्यो । सिस्टम छ यहाँ, अर्काको देशमा आएर पनि आफ्नो इज्जत, इमान स्वाभिमानका साथ काम गर्नुभएको छ । अझै यो देशले पैसामा किन्न नसक्ने योगदान हाम्रा पुर्खाले दिएका छन्, गर्व लाग्छ । तर, यही मेहनत आफ्नै नेपाल आमाका लागि गर्न पाए कस्तो हुन्थ्यो होला भन्ने चाहिँ चिन्ता लाग्छ । यसको मूल कारक हामी जनता र राजनीति अस्थिरता नै हो ।
बेलायतमा गीत, संगीतको भविष्य कस्तो देख्नुहुन्छ ? 
सिर्जनात्मक काम विश्वका जुनै ठाउँमा बसेर नि गर्न सकिन्छ । पर्याप्त समय नहुनु अलग कुरा हो तर युकेमा रहनुहुने सर्जकहरुले आफ्नो सिर्जना साथै आर्थिक भार पनि आफ्नो देशका निम्ति सघाउ पु¥याउनुभएको छ । यति मात्र नभइ नेपाली कलाकारहरुको लागि युके पहिलो रोजाइ जस्तै हो । यहाँ धेरै साना ठूला कार्यक्रमहरु भइरहन्छन्, एकै पटकमा धेरै कार्यक्रमहरुमा सहभागी भएर कलाकार फिर्छन् । नाम, दाम दुवै हुन्छ । यसर्थ कलाकार बच्यो भने मात्र कला बच्दछ भन्ने कुरा सत्य हो । त्यसैले नेपाली कला, संस्कृति बचाउनमा युकेमा रहेका नेपालीहरुको अहम भूमिका छ ।
अब आउने पिढीलाई आफ्नो नेपाल नबिर्सुन् भन्नको लागि कस्ता खालका गीतहरु सिर्जना गर्नु जरुरी छ ? 
‘गधा धोएर गाई बन्दैन’ हामी जहाँ गए पनि नेपाली हौं हाम्रो आफ्नै धर्म संस्कार, संस्कृति छ । त्यसैले आफ्नो सन्ततिको निम्ति त आफ्नै अग्रज बुबाआमा, अभिभावकको नै मुख्य भूमिका हुन्छ । तर, मैले खेल्ने भूमिका भनेको नै नेपाली गीत, संगीतलाई नयाँ पिढीसामु नयाँ तरिकाले नेपालीपनलाई मूल मर्म मर्न नदिइ गरिने प्रयास नै मुख्य कुरा हो । जस्तैः हाक्पारे, पालाम, ख्याली, सेलो, कौरा हुर्रा, सालैजो, देउडा । अहिले नेपाली गीत, सङ्गीतको स्तर नि माथि आएको छ । यसमा पहिलाजस्तै अहिले युवा आकर्षण उत्तिकै छ । अझ फ्युजन गरेर लान सकिन्छ । यसले युवा सर्कललाई छिटो तान्ने गर्छ । यही तरिका अपनाउँदैछु ।
तपाई युकेमा रहेकै बखत धेरै कलाकारहरुको आवतजावत भयो, यसले तपाईका  प्रोग्रामलाई कुनै असर पर्‍यो कि ? 
कलाकार आउनु त साह्रै राम्रो कुरा हो, यही कुराले त सहिष्णुता रहिरहन्छ, हरेक नेपाली र हामीमा । कलाकार राष्ट्रको गहना त हुन् नै अभिन्न अङ्ग पनि । तसर्थ मलाई अरु कलाकार साथीहरु आउँदा कुनै असर परेको छैन किनकि हाम्रो आआफ्नै कार्यक्रम छ । 
भावी योजनाहरु के के छन् सेयर गर्न मिल्छ ? 
वर्तमान नै भविष्यको सूचक हो । त्यसैले गीत, सङ्गीतको माध्यमबाट कसरी समाज र राष्ट्र अगाडि बढाउन सकिन्छ भन्ने नै मेरो भविष्यको सोच हो । गीत, सङ्गीतले मान्छेको जीवनमा ठूलो भूमिका खेलेको हुन्छ सायद ।
तपाईको संगीत शिक्षाबारे पनि छोटकरीमा बताइदिनुस् न ? 
गीत, सङ्गीत यस्तो विधा हो, जो सातौ जुनीमा समेत पूरा गर्न सकिँदैन । बाचुञ्जेलसम्म केही न केही सिकिराख्ने हो । मास्टरसम्मको अध्ययन त गरियो तर यतिले पुग्दैन । नहुनुभन्दा कानो मामा ठीक रे, त्यस्तै हो ।
आजभोलि संगीत क्षेत्रमा नयाँ पिढीको पनि बाक्लो उपस्थिति देखिन्छ, उनीहरुलाई कस्तो सन्देश दिन चाहनु हुन्छ ? 
अति राम्रो प्रश्न गर्नु भो । हुन त, सङ्गीत मन नपराउने को नै पो होला र । तर, यसैमा आफ्नो जीवन लगानी गर्नेको लागि भने अलि फरक छ । लगनशीलता, धैर्यता र सहनशीलता अतिआवश्यक छ । यसमा अरु जस्तो छिटो प्रगति हँुदैन । भए पनि छिटो खस्किन्छ । त्यसैले मेहनत अति धेरै गर्नु पर्छ, त्यत्तिकै संवेदनशील पनि हुन्छ, नयाँपिढीको झुकाब हुनु राम्रो कुरा । म पनि त्यत्ति पुरानो होइन । मुख्य कुरा म को हुँ ? सक्छु कि सक्दिनँ ? भन्ने बुझेर आफूलाई आफै चिनेर आउँदा फ्रस्टेसन नहोला पछि । अनि केही ज्ञान सङ्गीतसम्बन्धी लिए अति राम्रो ।
सांगीतिक यात्रामा कुन कुन देश पुग्नु भएको छ ? 
हङकङ गएको थिएँ पहिलोपल्ट । अब युकेको यात्रा सकेर फेरि हङकङ नै जाँदैछु । अन्य ठाउँको नि निमन्त्रणा आउँदा उपस्थिति जनाउनु सकिनँ आफ्नै कार्यव्यस्तताले । अब भने लगातार पहिलो प्राथमिकता हुनेछ सङ्गीत स्टेजलाई ।
नेपाल र विदेशमा प्रोग्राम गर्न कता मज्जा आउँछ ? 
सामान्यतया संख्यात्मक हिसाबले नेपालमा दर्शक धेरै हुन्छन् । विदेशतिर आआफ्नै काममा व्यस्त हुनेहुँदा समय मिलाउन गाह्रो हुन्छ । तर, पनि छुट्टी मिलाएर भएनी  आउनुहुन्छ । त्यो देख्दा विदेश बस्ने नेपालीलाई आफ्नो देश प्राणभन्दा प्यारो हुन्छ भन्ने कुरा प्रस्ट देखिन्छ ।
तपाईले कुन कुन भाषाका गीत गाउनुभएको छ ? 
लिम्बू र नेपाली भाषामा मात्र अहिले गाइरहेको छु । अन्य भाषाका गीत नि गाउने इच्छा छ । संख्यात्मक हिसाबमा २ सय ५०  जति भो होला ।
अन्त्यमा केही कुरो बाँकी छ भने राख्न सक्नुहुन्छ ? 
विन्टरमा बेलायत आइयो तर पनि सोचेभन्दा धेरै माया पाइयो । यहाँहरुको मायाले मलाई थप उर्जा मिलेको छ । युके युकेजस्तो नभएर आफ्नै घरजस्तो लाग्यो । गीत गाउने क्रममा धेरै मान्छे रुवाइयो, धेरै हँसाइयो । कुहिरे अफिसरदेखि सबै नेपालीलाई गीत, सङ्गीतमा नचाइयो । हुन त, सङ्गीत विश्वको एक मात्र त्यस्तो भाषा हो  जसले जो कसैको मन छुन्छ, यसरी नै माया गरिरहनु होला । साथै मेरो कार्यक्रम गरिदिनु हुने याक्थुङ माङ्गेना चुम्लुङ युके, याक्थुङ चुम्लुङका विभिन्न युके शाखालगायत सम्पूर्ण कार्यक्रम आयोजकप्रति धन्यवाद । युकेवासी सबै सबैमा यहाँहरुको युके बसाइँ सुखमय बनुन्, तपाईलगायत एभरेष्ट टाइम्स परिवार अन्य मिडिया सहयोगी संघ संस्था सबैमा विशेष धन्यवाद । केही मेरा गल्ती कमीकमजोरी भएकोभए यसै अन्तर्वार्तामार्फत माफी चाहन्छु ।
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

TV Programme

 
  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions