ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

अलपत्र चुम्लङदेनलाई गायिका मनु नेम्वाङद्धारा एकलाख सहयोग



अलपत्र चुम्लङदेनलाई गायिका मनु नेम्वाङद्धारा एकलाख सहयोग

कृष्णकुमार हेम्ब्या -

पलाम गाएर फक्ताङ्लुङ् उक्लेकी वरिष्ठ पालाम गायिका मनु नेम्वाङले यूके चुम्लुङदेन (सम्पति) परियोजना खरिदको लागि १ लाख ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेर उदाहरणीय र प्रशंसनीय काम गरेकी छिन । उक्त रकमको चेक गत १६ तारिक केवाइसी यूकेद्धारा आयोजित चासोक तङनाम कार्यक्रममा हस्तारण गरेकी हुन ।
को हुन मनु नेम्वाङ ?
लिम्बुवानको उद्गमस्थल सुर्केनागी, अम्लावुङ, फाल्गुनन्द गाउँपालिकाकी मनुले लिम्बू जातिका मौलिक पालम र नेपालीगरी १३ सय जति गीतहरु गाइसकेकी छिन । पालाममा स्वर मात्र नभई रेकर्डिङ संख्यामासमेत मनुको छेउछाउ कोहीपनि पुगेका छैनन् भनेपनि हुन्छ । लिम्बू जनजीवनसंवन्धि कला, संस्कार, संस्कृतिहरुलाई नयाँ उचाइ र पहिचान दिन विगत दुई दशकदेखि निरन्तर लागि रहेकी मनु लिम्बू समुदायमा अत्यन्तै लोकप्रिय र सम्मानित नामपनि हो ।
पालाम, ख्याली, हाक्पारेदेखि आधुनिक नेपाली लोक तथा आधुनिक गीतमासमेत स्थापित वरिष्ठ पालाम गायिका तथा फक्ताङ्लुङ् सयङ्की संस्थापक अध्यक्षसेमत भइसकेकी मनु नेम्वाङ हाल साँगीतिक यात्रामा छिन । बेलायतका विभिन्न लिम्बू बस्तीहरुमा घुमफिर गर्ने क्रममा उनले यहाँका लिम्बू समुदायले लामो समयदेखि सुरु गरेपनि अधुरो रहेको “यूके चुम्लङदेन” खरिद परियोजनालाई ठूलो रकम प्रदान गरेर उदाहरणीय कार्य गरेकी छिन । गैर यूकेवासी भएरपनि यति ठूलो रकम सहयोग गरेपछि मनुको नाम फेरी चोमालुङ उक्लेको छ ।
मनुले ठाउँठाउँमा घुमेर बेलायतमा रहेका याक्थुङ कलाकारलाई प्रशिक्षण र आफ्नो कला संस्कृतिको बारेमा चेतना फैल्याउने ठूलो कामसमेत गर्दै छिन । 
अलपत्र चुम्लुङदेन 
बेलायतवासी लिम्वूहरुको एकमात्र प्रतिनिधिमूलक संस्था किरात याक्थुुङ चुम्लुङ युकेले एक दशकअघि कम्पनीमा दर्तागरी आरम्भ गरेको महत्वकांक्षी चुम्लुङदेन खरिद परियोजना अलपत्र अवस्थामा छ । संस्थाले लिम्बूहरुको सर्वाङ्गीण विकास, जातीय संस्कृति संरक्षण र सम्वद्र्धनको निमित्त छुट्टै जमिन खरिद गरीे बेलायतमा “याक्थुुङ चुम्लुङ हिम” निर्माण गर्ने एउटा आकर्षक तर महत्वकांक्षी योजना अघि सारेको थियो । प्रति घरधुरी न्युनतम ३७५ का दरले करिव साढे ७ लाख संकलन गर्ने योजना नेतृत्व बिवाद र कार्यनीतिमा आएको फरक मतले चुम्लुङको सपना नबन्दै भत्कन सक्ने संकेतहरु आउन थालेका छन् । 
यसको प्रमुख कारण, सातौं महाधिवेसनमा एकल पहिचान र बहुपहिचानवादी बेलायतवासी लिम्बूहरुबीचकोद्वन्दले परियोजनालाई ठूलो घाटा पु¥यायो । सहयोग गर्न इच्छा नभएका केही व्यक्तिहरुचाहीँ “च्यारिटीमा दर्ता भएमात्र हामी सहयोग गर्ने” भनेर अझैसम्म निहँु खोजिरहेको अवस्था छ । केही कार्य समितिमा बसेका र अन्य अगुवा तुम्याहाङरुसमेतसहयोग गर्न इच्छा नदेखाउनुले पनि चुम्लुङदेन परियोजना सोचेजस्तो काम नभएको हो ।  
नवौं अधिवेशनमा दुवै पक्ष चक्रिय प्रणालीमा आधाआधा नेतृत्व लिने भएपछि यो परियोजनाले गति लिने सकारात्मक संकेत मिल्न थालेका छन् । हालसम्म साढे ३ लाख पाउण्ड संकलन भएको छ । विरसिं हुक्पा चङवाङ, काजीमान यक्सो, लोकेन्द्र तवेवुङ, डम्बर सिंहक, श्रीप्रसाद साम्यु, युवराज इस्पोलगायतले ३ हजारभन्दा माथि सहयोग गरी सकेका छन । विरसिं हुक्पा चङवाङले ४ हजारभन्दा धेरै सहयोग गरेर सबैभन्दा दानी सावित भएका छन् । नयाँ कार्य समितले आर्थक संकलनको अर्काे नयाँ आकर्षक ुथोक्लाु कार्यक्रम सुरु गरेको छ । केवाइसि महिला ुथामेन्दिङु को अगुवाइमा यहाँका मनकारी लिम्बूहरुको घरदैलोमा गएर थोक्ला माग्ने कार्यक्रम हो । यसले हाम्रो लोकप्रिय थोक्ला संस्कारको संरक्षरणसमेत गर्ने विश्वास गरिन्छ । 
नेपालबाट भ्रमणमा रहेकी मनकारी मनु नेम्वाङले प्रदान गरेको एक लाख रुपैयाँले चुम्लुङदेन खरिदमा ठूलो सहयोग गर्छन, त्यो भन्दा धेरैचाही बिभिन्न बहनामा सहयोग नगर्ने बेलायतवासी लिम्बूहरुको लागि गतिलो झापड हो । गैर बेलायतबासी भएरपनि यति ठूलो सहयोग गरेवापत मनुलाई कसरी सम्मान गरिन्छ, हेर्न बाँकी छ । केही वर्ष पहिले, सिसेक्पा तङनाममा चटपटे वेचेर १ हजार पाउण्ड चुम्लुङदेनलाई प्रदान गर्ने पुनम नेम्वाङ, सिता नेम्वाङ,  र झुमा अनेम चेलीमाहरुलाई एउटा फूलगुच्छाको थोक्ला दिएको घटना नदोहोरिए चुम्लुङदेन खरिद भएर हिमपनि निर्माण हुन्छन ।
 
चासोक तङनाम—२०१७
गत १६ डिसेम्बरका दिन किरात याक्थुङ चरम्लुङ यूकेले यो वर्षको चासोक तङ्नाम विन्डसोक क्लव हेरो लण्डनमा याक्थुङ मुन्धुमअनुसार पुजाआजा गरेर मनायो । केन्द्रीय अध्यक्ष दिलसिं मेयाङवोको उपस्थितिमा सम्पन्न उक्त दिनको कार्यक्रमा फेदाङमा विरध्वज आङ्रभाङले युमा साम्माङ उठाएर विधिवत चासोक पूजा आरम्म गरेका थिए । माङथानमा भरखरै पाकेका विभिन्न अन्नहरु राखि युमा, थेवा, ताम्भुङ्ना तक्सङ्वा, थुङ्दाङ्मा, फाक्मुरा आदि इष्टमाङहरुलाई चढाउने कार्यहरु भयो । फेदाङ्माले माङथानमा राखिएको यावो परिवारका सदस्यहरुलाई फर्काएर हाङ्वा–माङ्वा (आशिर्वाद) दिएपछि चासोक तङनाम पूजा समापन भएको थियो । कार्यक्रममा विभिन्न तुम्याहाङहरुले लिम्बूूहरुको चासोक तङनामको महत्वको विषयमा चर्चा गरेका थिए । 
कार्यक्रम सफल बनाउन केवाईसि ग्रेटर लण्डन शाखाले महत्पूर्ण भूमिका रहेको थियो । पाहुना सत्कारको जिम्मा संस्थाका महिला कमिटी सदस्यहरुले लिएका थिए । उक्त दिन केलाङ यालाङले कार्यक्रमालाई थप रमाईलो वनाएको थियो । 
सोही दिनको कार्यक्रममा निवर्तमान अध्यक्ष काजिमान यक्सोले नव निर्वाचित अध्यक्ष दिलसिं मेयाङ्वोलाई अधिकारिक नेतृत्व हस्तारण गरेका थिए । साथै निवर्तमान केन्द्रीय सदस्यहरुलाई मायाको चिनोस्वरुप उहार प्रदान गरिएको थियो ।
मुन्धुम अनुसार लिम्बूूहरुका पुर्खा सावा येत्हाङहरु काँचै कन्दमूल खानाले अनेकौ रोगको सामना गर्नुपथ्र्याे । यो समस्याबाट मुक्त पाउन उनीहरुले सर्वशक्तिमान तागेरानिङ्वाफुङ माङको सरण लिए । अन्ततः तागेरानिङ्वाफुङको कृपाले पेना, ताक्मा, तुम्री, पारामा राङ्घामा, लिङ्घामाजस्ता बीउविजन पाएपछि तिनका चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्माले काठको खन्ती र अङ्कुसेको सहयोगले भस्मे फांडेर ती बीउ छरी अन्न फलाईन । त्यसपछि नै सावा येत्हाङहरुले खेतीपाती गर्न सिके र त्यो उन्नत अन्नले गर्दा रोगव्याधीवाट छुट्कारा पाउनुका साथै उनीहरुको हरेक क्षेत्रमा उन्नती हुनथाल्यो । 
खेती गरेर अन्न उत्पादन गर्न सिकाउने चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्माको उपकारी कामदेखि अति प्रभावित सावा येत्हाङहरुले उनको सम्मानार्थ पाकेको अन्न पहिला उनलाई चढाएपछि मात्र आफुहरुले खाने वाचा गरे । त्यसैवेलादेखि नै लिम्बूूहरु चासोक.(न्वागी) गर्ने परम्परा थालनी भएको मुन्धुममा वर्णन गरिन्छ । वास्तवमा यो चाडको सम्वन्ध लिम्बूूहरुले आवाद गरेको माटोदेखि सुरु हुन्छ ।
लिम्वुवानका लिम्बूूहरु नयाँ अन्न पाकेपछि खासगरी सामूहिक भन्दा घरघरमा अनिवार्य न्वागी पूजा गर्दछन् । परापूर्वकालदेखि खेतीपाती गरेर आफ्नो जीवान गुजरा गर्ने हामी किरात लिम्बूहरु, आफूले लगाएको अन्नबालीहरु भित्राउनअघि जीवन–जगतको सृष्टि र तिनको संरक्षरण गर्ने तागेरानिङ्वाफुङ र पुर्खाहरुको पूजाआजा गरी पाकेको नयाँ अन्न चढाई उनीहरुबाट अनुमति लिएर मात्र नयाँ अन्न खाने चलन छ । नयाँ अन्न नचढाई खाएमा गाँड निस्कने, आँखा कान दुख्ने बौलाउनेजस्ता अनेकौ रोगहरु लाग्नसक्ने मुन्धुहरुमा सुन्न पाइन्छ । बिदेशमा बसोवास गर्नेहरुको खेतीगर्ने जमिनको अभाव र गाउँमापनि कतिपयले कृषिको पेशा छोड्दै गएकाले आफै अन्नपात उत्पादन नगरेपछि घरमा पूजा गर्नुभन्दा कुनै माङहिम वा सांस्कृतिक स्थलहरुमा भेला भइ सामूहिक पूजा गर्न चलन बढ्दो छ । सामूहिक पूजाकै लागि भेला हुनथालेपछि त्यो रमाइलो भेटघाटमा खानेपिउने, मनोरञ्जनजस्ता सामूहिक क्रियाकलापहरुले राम्रो अवसर पायो र यसलाई महत्पूर्ण चाड (तङनाम) कोरुपमा लिइएकाले नै चासोक तङ्नाम भनेर मनाइन्छ ।
 
 
 
 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

TV Programme

 
  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions