ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

कांग्रेस सच्चिएन भने ठूलो क्षति हुन्छ : प्रदीप पौडेल



कांग्रेस सच्चिएन भने ठूलो क्षति हुन्छ : प्रदीप पौडेल

-

२०७० सालको निर्वाचनमा पहिलो शक्ति रहेको नेपाली कांग्रेस गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट दोस्रो बन्यो । समानुपातिक सिटका कारण दोस्रोमा आएको कांग्रेस प्रत्यक्षतर्फ भने तेस्रो स्थानमा खुम्चिन पुग्यो । पार्टी कमजोर अवस्थामा पुग्ने गरी पराजय बेहोरे पनि नेतृत्वले चुनाव समीक्षा गर्न बैठक नबोलाएको भन्दै कांग्रेसभित्रको असन्तुष्टि सतहमै पोखिन थालेको छ । विशेष महाधिवेशन माग गर्दै आएका युवा नेताहरुले विज्ञप्ति निकाल्दै तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बोलाउन पार्टी नेतृत्वसँग आग्रह गरे । केन्द्रीय नेताहरु चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल र बद्री पाण्डे चुनाव समीक्षाको बैठक बसाल्नुपर्नेमा खरो रुपमा उत्रिएका हुन् । लिखित रुपमै बैठकको माग गर्नपर्ना कारण र समसामयिक राजनीतिबारे कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलसँग गरिएको कुराकानी ।
केन्द्रीय कार्यसमिति र महासमिति बैठक तत्काल बोलाउनुपर्ने लिखित रुपमै माग गर्न हतार जस्तो भएन ?
हामीले अस्वाभाविक कुरा गरेका छैनौं । निर्वाचनमा नेपाली कांग्रेसले पराजय भोगेको अवस्था हो ।तुरुन्तै निर्वाचनको समीक्षा गर्न आवश्यक छ । त्यसको समीक्षा गरी आफ्ना कमीकमजोरीहरुलाई सुधार गरेर अघि बढ्नु पर्छ भनेर हामीले नेतृत्वलाई बारम्बार घचघच्याउने काम ग¥यौं । केन्द्रीय समिति बैठक निर्वाचन परिणाम आउनेवित्तिकै राख्नुपथ्र्यो । तर, एक महिना बितिसक्दा समेत बैठक हुन सकेको छैन । त्यसैले छिटो केन्द्रीय समिति बैठक बोलाइयोस्, महासमिति बैठक बोलाइयोस् । 
केन्द्रीय समितिमा मात्रै होइन, महासमितिसम्म पुगेर निर्वाचन समीक्षा गर्न आवश्यक छ । के कमजोरीका कारण हामीले निर्वाचन हा¥यौं, त्यो चारै कोणबाट समीक्षा हुन जरुरी छ । समीक्षा पछि हामीले नेपाली कांग्रेसको बारेमा जे प्रश्नहरु उठिरहेका छन्, त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्छ । हामीले यो कुरा उठाएका हौं । हतार होइन कि हामीले नै ढिलो गरिसक्यौं ।यो भन्दा अब ढिलो गर्न सक्ने अवस्था छैन । 
पार्टीको जुनसुकै बैठक बोलाउन पनि दबाब दिनुपर्ने अवस्था बन्दै गएको हो, कांग्रेसमा ?
केन्द्रीय समिति बैठक नबोलाइएकोमा नेतृत्व आफ्नो आलोचना हुन्छ भन्ने डरले पन्छिन खोजेको हो कि भन्ने आशंका बडेर आयो । त्यसकारण हामीले राष्ट्रिय मेलमिलाप दिवसको उपलक्ष्यमा कांग्रेस नेतृत्वलाई आग्रह गरेका छौं, तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाइयोस् । त्यसपछि महासमिति बैठक बोलाएर निर्वाचन समीक्षा गर्नुपर्ने आवश्यकता देख्यौं । यो आवश्यकता सबैले देखेका छन्, नेतृत्वले पनि बोध गरिरहेका छन् भन्ने हामीलाई लागिरहेको थियो । तर पनि हामी त्यो बुझाईबाट अझै विमुख भएका छैनौं । ढिला भयो भनेर घचघच्याउने काम मात्र गरेका हौं । 
निर्वाचन समीक्षाका लागि यत्तिका समयसम्म बैठक नडाक्नुमा अन्य कारण केही देख्नुभएको छ ?
आलोचना हुने डरले हुन सक्छ । परम्परागत शैलीमा चल्ने आदतले पनि, त्यो विषय आफ्नो ठाउँमा छ । हामीले कुनै पनि हालतमा छिटो केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्छ । महासमितिमा व्यापक छलफल गरेर, महासमितिले नै विशेष अधिवेशनको निर्णय गर्न सक्छ अथवा अर्कै अधिवेशनको । यो प्रक्रियालाई छिटोभन्दा छिटो अगाडि बढाउने सोचले हामी अघि बढेका छौं, यसबारे हामी संगठित हुँदैछौं । यो विषयसँग सहमत अन्य साथीहरुलाई पनि सँगसँगै लिएर अघि बढ्ने सोच बनाएका छौं । 
चुनावमा पराजित भएपछि कांग्रेसमा नेतृत्वले ठाउँ छोड्नुपर्छ भन्ने बहस चलिरहेको छ यो स्वाभाविक हो ?
दुई ठूला पार्टी मिल्नु र पार्टी नेतृत्वको कमजोरी कारण कांग्रेस हार्नु मुख्य कारण भए पनि अरु पनि छन् । एमाले कांग्रेससँग प्रतिस्पर्धामा सँगसँगै भएको पार्टी हो । कांग्रेस हाराहारीको पार्टी हो । कांग्रेस र एमालेबीच प्रतिस्पर्धा थियो । त्यो पार्टीमा तेस्रो पार्टी माओवादीएमालेसँग मिलेर निर्वाचनमा गयो । कांग्रेसका उम्मेदवारहरु ३ हजारभन्दा कम मतले हार्ने २४ जना हुनुहुन्छ । ५ हजार भन्दा कम मतले हार्ने ३९ जना हुनुहुन्छ । यदि माओवादी एमालेसँग नमिलेको भए पाँच हजारभन्दा कम मतान्तर भएको ठाउँमा कांग्रेसले जित्थ्यो । माओवादी कांग्रेससँग मिलेको भए पनि एमालेको अवस्था यस्तो हुन्थ्यो । त्यसकारण कांग्रेसको कम सिट आउनुको मुख्य कारण माओवादी र एमाले मिल्नु हो । तर, उनीहरुको एलाइन्स भइसकेपछि त्यसअनुरुपको रणनीति तयार गर्ने कुरामा हाम्रो नेतृत्व चुकेको हो । हामीले अरुसँग एलाइन्स गर्न सक्थ्यौं । जस्तै, माओवादी–एमाले उनीहरुमात्रै मिलेनन् । झापामा राप्रपासँग समेत मिले । त्यसैले उनीहरुले निर्वाचन जित्नका लागि जोसँग पनि मिल्ने रणनीति लिए ।निर्वाचन जित्नका लागि को–को सँग मिल्नुपर्छ त्यो कुरामा पनि हामी चुक्यौं । त्यस्तै निर्वाचन जित्नका लागि कांग्रेसभित्रको को–को लाई उम्मेदवार बनाउँदा परिणाम ल्याउन सकिन्छ त्यसअनुसारको उम्मेदवार पनि वितरण भएन । त्यसमा पनि हामी चुक्यौं । 
देशभरि कसलाई भाषण गर्न पठाउनुपथ्र्यो । ‘इलेक्सन क्याम्पेनर स्टार’ कसलाई बनाउनुपथ्र्यो, त्यो कुरामा पनि हामी चुक्यौं । त्यसकारण कार्यकर्तालाई कस्तो भूमिका दिनुपर्छ भन्नेमा पनि कांग्रेस चुकेको जस्तो देखिन्छ ।कांग्रेसको सम्पूर्ण शक्ति कांग्रेसलाई जिताउन प्रयोग गर्नुपर्ने सन्दर्भमा पनि हामी चुकेको अवस्था छ । त्यसैले हाम्रो आन्तरिक व्यवस्थापन चुस्त दुरुस्त हुन नसक्नु नेतृत्वको कमजोरी हो । दुई कम्यनिस्ट पार्टीमात्रै होइन त्यसमा गैरकम्युनिस्टहरु मिलेर निर्वाचन जित्न उनीहरुले प्रभावकारी रणनीति अख्तियार गरे । त्यसकारण पनि कांग्रेसको यो खालकोपरिणाम आयो । 
तपाईहरु पनि केन्द्रीय समितिमा हुनुहुन्छ । यस्तो योजना बन्न छलफल नगरेको हो या छलफल भएर कार्यान्वयन नभएको ?
कांग्रेसले नेपाली समाजको लोकतान्त्रिक आन्दोलनहरुमा उपलब्धि दिलाउने सन्दर्भमा महत्वपूर्ण भूमिका खेलेको छ । माओवादी जनयुद्धको हतियार बिसाउने पहलकदमी पनि कांग्रेसले नै गरेको हो । त्यसपछि नेपालमा पहिलो संविधानसभा निर्वाचन गर्ने काम पनि कांग्रेसले गरेको हो । २०६४ सालको संविधानसभाले संविधान दिन सकेन, २०७० सालको संविधानसभाले कसरी संविधान दिन सक्यो । ती दुवै संविधानसभाबाट आएको परिणाममा एउटै मात्र अन्तर छ, त्यो अन्तर ०६४ सालमा कांग्रेस कमजोर पार्टी थियो । ०७० मा कांग्रेस बलियो पार्टी भयो । कांग्रेसले नेतृत्व गर्दा देशले संविधान पायो । 
कांग्रेसको नेतृत्वमा संविधानआयो । कार्यान्वयन गर्ने मौका पहिले ओलीजीले पाउनुभयो । तर, उहाँले कार्यान्वयन गर्न कुनै पनि प्रगति गराउन सक्नुभएन । कांग्रेसकै नेतृत्वमा नेपालको संविधान कार्यान्वयन प्रक्रियामा अगाडि गयो । त्यसैले नेपालको नमिलेको कुरा मिलाउने काम कांग्रेसले गरेको छ । नमिलेका शक्तिहरुलाईआपसमा जोड्ने काम कांग्रेसले गरेको छ । हिजो मधेसवादी दलले संविधान मान्दैनौं, निर्वाचन प्रक्रियामा आउँदैनौं भनेका थिए । तर,कांग्रेसले समन्वय गरेर उहाँहरुलाई पनि ल्यायो । यसरी अब्बल समन्वयनकारी भूमिका कांग्रेसले निर्वाह गरेको छ ।
घोषणापत्रमा पनि हामीले बृहत् सामाजिक सुरक्षा योजनाप्रस्तुत ग¥यौं । नेपाललाई दसवर्षभित्र कस्तो बनाउने, १५ वर्षभित्र कस्तो बनाउने त्यो कुरा पनि घोषणापत्रमा प्रस्ट चित्रमा प्रस्तुत ग¥यौं । समृद्धिको विषयलाई पनि प्रस्तुत गर्दागर्दै कांग्रेसले निर्वाचनमा विजय हासिल गर्न सकेन । किन सकेन भन्दा, हामीले घोषणा पत्रको कुरा पनि बुझाउन सकेनौं । इतिहासमा कांग्रेसको नेतृत्वमा नेपालको राजनीतिमा भएको उपलब्धिलाई पनि हामीले जनतालाई दिलाउन सकेनौं । स्थिरता हामीबाट मात्रै सम्भव छ भन्ने कुरा पनि दिलाउन सकेनौं । यी सबै कुरा नेतृत्वले जनतालाई दिलाउन नसकेकै हो । 
कांग्रेसको पराजयस|गै तपाई पनि अन्यन्तै कम मतान्तरले हार्नुभयो, यस विषयमा कस्तो सोचिरहनुभएको छ ?
हामीले हार नै पूर्णरुपमा स्वीकार गरिसकेका छैनौं । हामीले मत गणना सकिँदा जुन खालको परिस्थिति त्यहाँ देखियो, त्यो धाँधलीपूर्ण छ । ४२ मत बढी देखियो । १७ लटमा गनिएको ५ वटा बाकसमा २३ सय २८ मत भएको मुचुल्का छ । तर गणनामा २३ सय७० मत भेटिएको छ । ४२ मत कहाँबाट आयो भन्ने हाम्रो प्रश्न हो । त्यसलाई कानुनी प्रक्रियाबाट अगाडि बढाइरहेका छौं । तोडफोड गरेर दबाब दिनतिर हामी लागेनौं । कानुनी प्रक्रिया अपनाएर अहिले हामी अदालत गएको अवस्था छ । त्यसले हामीले हार पूर्णरुपमा स्वीकार गरिसकेको अवस्था छैन । ४२ मत बढी खसाएर निर्वाचनको परिणामलाई प्रभावित गर्ने काम भएको छ । 
जे–जे कारण भए पनि कांग्रेस निर्वाचनमा हा¥यो । यसले कांग्रेसको आन्तरिक जीवन र नेपालको राजनीतिमा के प्रभाव पार्न सक्छ ?
नेपाली कांग्रेसको आन्तरिक जीवनमा अब पनि प्रभाव पारेन, अब पनि नयाँ शिराबाट जाने शंखघोष गरिएन, अब पनि कांग्रेस विगतभन्दा फरक भएर आयो भनेर नेपाली जनतालाई महसुस गराउन सकिएन भने । कांग्रेसले सम्पूर्ण रुपमा आफूलाई सच्याएर विधानसम्मत तरिकाले चल्ने प्रतिबद्धता जनाएन, आन्तरिक कमजोरीहरु सम्पूर्ण रुपमा अन्त्य गरेर, एकदम जोश र जाँगरका साथ नयाँ ढंगले आउने स्थिति निर्माण ग¥यो भन्नेसन्देश बाहिर लान सकिएन भने अहिलेको भन्दा ठूलो क्षति हुने निश्चित हुन्छ । 
हामी अलि कमजोरी स्थितिमा पुगेको छ, सच्चिने प्रयास हामीले ग¥यौं, नयाँ रणनीतिका साथ अगाडि बढ्ने उद्घोष ग¥यौं भने यो क्षतिलाई शक्तिमा रुपान्तरण गर्न सकिन्छ । पार्टीका आन्तरिकसमस्याहरुलाई हल गर्नका निम्ति हामीले स्पष्ट योजना निर्माण गर्न जरुरीछ । यसरी तयारी सुरु गरेनौं भने यो भन्दा कमजोर अवस्थामा जान्छौं । 
कांग्रेस कमजोर भएको बेला राष्ट्रिय राजनीतिमा के प्रभाव पार्ला ?
अहिले कुनै पनि पार्टीले बहुमत ल्याएको होइन । गठबन्धन बनाएका कारण बहुमत ल्याएको स्थिति हो । मिलेर चुनाव लडेका पार्टीहरुबीचको सम्बन्ध कस्तो हुन्छ, त्यसमा पनि धेरै विषय निर्भर गर्छ । कांग्रेस नेपालको संविधान कार्यान्वयन गर्ने कुरामा इमानदार छ । प्रदेशका राजधानीहरु कहाँ बन्नुपर्छ नामकरण कसरी हुनुपर्छ अथवा संविधानले व्यवस्थागरेका संरचरनाहरु कसरी बन्नुपर्छ, संविधानको परिभाषा कसरी गर्नुपर्छ भन्ने विषयमा रचनात्मक सहयोग गर्न तयार छ । प्रतिपक्ष भएकोले जे कुराको पनि विरोध गर्नुपर्छ, जे कुराले पनि सरकारलाई अप्ठ्यारो बनाउनुपर्छ भन्ने कुरामा हामी विश्वास गर्दैनौं । संविधान कार्यान्वयनको नेतृत्व नयाँ बन्ने सरकारले गरोस् । संविधान पूर्णरुपमा कार्यान्वयन गर्ने सवालमा हामी सरकारलाई सहयोग गर्न तयार छौं । नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने, स्थिरता कायम गर्ने, नेपाली जनताको जीविकोपार्जनलाई सहज बनाउने, नेपालको समृद्धिको बाटो निर्माण गर्ने सवालमा हामी पूर्णरुपमा सहयोग गछांैं ।  
पछिल्लो जनादेशपछि कांग्रेसले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने आवाज उठिरहेको बेला केले छेकिरहेको छ ?
प्रतिनिधिसभा गठन त हुनुप¥यो नि । समानुपातिक प्रतिनिधित्वबाट सांसदको चयन भइसकेको छैन । प्रतिनिधिसभा गठन भइसकेपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्छ । निर्वाचन आयोगले नै समानुपातिक निर्वाचन सम्पन्न गर्नसकेको छैन । त्यसमा कांग्रेसको इच्छाभन्दा पनि कानुनी प्रक्रिया पुगेको अवस्था छैन । राष्ट्रियसभा निर्वाचन भइसकेपछि मात्रै प्रतिनिधिसभाको समानुपातिकतर्फको सूची प्रकाशित हुने निर्वाचन आयोगले नै भनिसकेको छ । त्यसैले अहिले शेरबहादुर देउवाको ‘कियरटेकर’ सरकार हो । यो सरकार अरु बेलाको जस्तो कार्यकारी होइन । निर्वाचन सम्पन्न भइसकेपछि सरकार कामचलाउको रुपमा परिणत भएको छ । कामचलाउ सरकारमा बसिरहने इच्छा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि पक्कै छैन । 
कांग्रेसलाई पनि थाहा छ, निर्वाचनको परिणामपछि सत्तासँगहोइन प्रतिपक्षमा बसेर रचनात्मक काम गर्ने । सत्तासँग छुटिने नै हामीलाई हतार भइसकेको छ । हामीले सत्तासँग साइनो जोडेर अगाडि बढ्न सक्दैनौं भनेर बुझिसकेका छौं । बरु, छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाएर राष्ट्रियसभाको चुनाव सम्पन्न गराइ, प्रतिनिधिसभालाई पूर्णता दिइ नयाँ सरकार गठन गर्ने परिस्थिति बनिदियोस् भन्ने हाम्रो आग्रह छ । 
कामचलाउ सरकारले सरुवा, बढुवा र दीर्घकालीन प्रभाव पर्ने निर्णय गरिरहेको भन्दै विपक्षीले आलोचना गरिरहेको छ नि ?
मलाई त्यस्तो उदाहरणहरु छन् भन्ने लाग्दैन । त्यस्तो निर्णय भएको छ भने अब्जेक्सन जनाउन सकिन्छ । दूरगामी असर पार्ने निर्णयहरु गरेको अवस्थामा बदर गर्न सकिन्छ नयाँ सरकारले । निर्वाचन सम्पन्न भइसकेपछि कामचलाउ सरकारका रुपमा रहेको अहिलेको क्याबिनेटले दूरगामी निर्णय गरेको मैले केही बुझेको छैन । 
देशले अब कति समयमा नयाँ सरकार पाउला ?
निर्वाचन आयोगले प्रक्रिया छिटोभन्दा छिटो अगाडि बढाएर फास्ट ट्र्याकमा काम ग¥यो भने छिटै नयाँ सरकार बन्न सक्छ । अध्यादेश पास भइसकेपछि छिटोभन्दा छिटो राष्ट्रियसभा निर्वाचन सम्पन्न गरायो भने प्रतिनिधिसभा समानुपातिकतर्फको प्रतिनिधित्वको विषयलाई पनि छिटो टुंग्याएको अवस्थामा नयाँ सरकार बन्न सक्छ । सरकारको नेतृत्वको विषयमा धेरै समस्या छ जस्तो मलाई लाग्दैन । वाम गठबन्धनले एमाले अध्यक्ष केपी ओलीज्यूलाई अगाडि सारिसकेको अवस्था छ । यसमा झमेला भएजस्तो बुझिँदैन । 
कांग्रेसले त माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँच वर्ष सरकारको नेतृत्व गुर्नस् हामी सहयोग गर्छु भनेको कुरा सार्वजनिक भयो, यो सत्य हो ?
निर्वाचनपछि नेपाली कांग्रेसको बैठक नै बसेको छैन । केन्द्रीय कार्यसमिति बैठक नबसी कांग्रेसले कसरी संस्थागत निर्णय गर्छ । संस्थागत निर्णय भएको पनि छैन । 
संस्थागत भन्दा पनि पार्टी नेतृत्वबाट त्यस्तो प्रस्ताव पुगेको हो भन्छन् ?
नेतृत्वले कोठामा बसेर के गफ गर्नुभयो उहाँहरुको कुरा हो, त्यो पार्टीको होइन । एमालेसँग सम्बन्ध नटुटाएको प्रचण्डलाई कांगे्रसले प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिरहनु केही जरुरी छैन । सत्ताको खेलमा हामी लाग्ने पनि छैनौं, जनताले हामीलाई त्यो म्यान्डेट दिएको पनि छैन । विशुद्ध पार्टी संगठित गर्ने, पार्टीलाई सशक्त बनाउने, नयाँ शिराबाट पार्टीलाई कसरी अगाडि बढाउने, पार्टी संगठनलाई कसरी चुस्त र प्रभावकारी बनाउने । प्रतिपक्षमा बसेर कसरी रचनात्मक भूमिका खेल्ने । सरकारले ल्याएका राम्रा काममा हाम्रो सहयोग हुन्छ । सरकारले एकलौटी गर्न खोज्यो, गलत काम गर्न खोज्यो भने हाम्रो त्यहाँ खबरदारी हुन्छ । त्यसैले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी हामी अगाडि बढ्छौं । हामी सत्तामा जाने, सत्तामा जानका लागि कसैलाई प्रस्ताव गर्ने मनस्थितिमा छैनौं ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

TV Programme

 
  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions