ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

तमु समाज युकेले ‘खि’ ल्होछार भव्य रुपमा मनायो



तमु समाज युकेले ‘खि’ ल्होछार भव्य रुपमा मनायो

निरज गुरुङ -

लन्डन । तमु समाज युकेद्वारा लन्डनस्थित हेरो लेजर सेन्टरको एरिना १ हलमा गत शनिबार ३० डिसेम्बर २०१७ मा आयोजित तमुहरुको महान् चाड ‘खि’ ल्होछार कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । 
लन्डन बरो अफ ब्रेन्टका मेयर भगवानजी चौहानको प्रमुख आतिथ्यमा भएको कार्यक्रम समोद्घाटन संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथि, समाजका अध्यक्ष र जेष्ठ नागरिक धनसिङ गुरुङले गरेका थिए । कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय धुन बजाइएको थियो । 
कार्यक्रमका प्रमुख अतिथिले तमु समाज युकेले गरेको ल्होछार कार्यक्रममा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै सांस्कृतिक विविधताका नमुनाको रुपमा रहेको बेलायतमा नेपाली तमु समुदायको महत्वपूर्ण भूमिका रहेको बताए । उनले नेपाली तथा तमु कला, पहिचान र संस्कृतिलाई जोगाउनको निम्ति सबैलाई आह्वान गर्दै तमु समाज युकेको ‘खि’ ल्होछार कार्यक्रममा उपस्थित सबैलाई धन्यवादसहित शुभकामना व्यक्त गरेका थिए ।
समाजका अध्यक्ष अर्जुनकुमार गुरुङ अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रम सञ्चालन समाजका महासचिव ज्ञानबहादुर गुरुङले गरेका थिए । कार्यक्रमका संयोजक केदारबहादुर गुरुङबाट हेल्थ र सेफ्टीसम्बन्धी जानकारी गराएका थिए भने अध्यक्ष अर्जुनकुमार गुरुङले स्वागत मन्तव्य राखे । यसैगरी, कार्यक्रममा सहभागी सबैलाई समाजका उपाध्यक्ष बिजु गुरुङले धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रममा समाजका नयाँ आजीवन सदस्यहरुलाई सदस्यता प्रमाण पत्र तथा समाजको लोगो अंकित ब्याच वितरण गरी समाजमा औपचारिक रुपमा स्वागत गरियो ।
कार्यक्रममा समाजले ‘खि’ ल्होछार तथा समाजको दसांै वार्षिकोत्सवको अवसर प्रकाशन गरेको समाजको मुखपत्र सलि ट(सुनखरी)को दोस्रो संस्करणको प्रमुख अतिथि भगवानजी चौहान, समाजका अध्यक्ष गुरुङ, पूर्वअध्यक्ष, शिवशरण गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, जेष्ठ नागरिक धनसिंह गुरुङ र अतिथि काउन्सिलर विष्णुबहादुर गुरुङबाट संयुक्त रुपमा लोकार्पणगरिएको थियो । सो अवसरमा सलि ट को नयाँ संस्करण निःशुल्क वितरण गरिएको थियो ।
‘खि’ ल्होछार पूजा कार्यक्रम संयोजन समाजका सल्लाहकार ईमान घले र आमा समूहकी अध्यक्ष माया गुरुङको संयोजनमा लामा गुरु धरम गुरुङले दिउँसो तमु समाज युके नेप्लीज् कम्युनिटी सेन्टर बरहाम पार्क बेब्लीमा सम्पन्न गरेका थिए । ‘खि’ल्होछार कार्यक्रमको अवसरमा तमु समाज युकेको सामाजिक भवन खिरद परियोजनाका चन्दादाताहरु, शैक्षिक सत्र २०१७मा स्नातक तथा स्नातकोत्तरमा सफलता प्राप्त विद्यार्थी, कलाकारहरु तथा विगतको वर्षभरी सामाजिक जीवनको विभिन्न पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुको साथै समाजसेवा र विकासमा उल्लेख्य योगदान पुर्‍याउने महानुभावहरुलाई ताम्रपत्र र प्रशंसापत्रसहित सम्मान गरिएको थियो । सम्मान तथा प्रशंसापत्र वितरणमा प्रमुख अतिथि लन्डन बोरो अफ ब्रेन्टका मेयर भगवानजी चौहान, काउन्सिलर मोहमद बट, काउन्सिलर विलमिनेया म्कार्थी र समाजका अध्यक्ष अर्जुनकुमार गुरुङ, संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङ, उपाध्यक्ष बिजु गुरुङ, शिबचन्द्र गुरुङ र ले.रि. मिमबहादुर गुरुङ र आमा समूहका अध्यक्ष माया गुरुङलगायत सहभागी थिए । 
कार्यक्रममा तमु समाज युकेको सामाजिक भवन खरद परियोजनमा एक हजारभन्दा माथि चन्दा दिने दानवीरहरु जुमबहादुर गुरुङ र उमा डोल्मा गुरुङ, विभादेवी गुरुङ, टेकबहादुर गुरुङ र निता गुरुङ, बेनकुमार घले र सोनिया घले, हितमान गुरुङ तथा मिठु गुरुङ, मिलनकुमार गुरुङ र तिलकुमारी गुरुङ, जयबहादुर गुरुङ र तुलसी गुरुङ, सहसचिव हर्कबहादुर गुरुङ र शान्तिकला गुरुङ, युक्तबहादुर गुरुङ र पुष्पा गुरुङ, हितमान गुरुङ र तानिया गुरुङ, ओमकार गुरुङ र लक्ष्मी गुरुङलगायतलाई ताम्रपत्र तथा प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
यसैगरी समाजको स्थापनाकालदेखि अनवरत रुपमा विभिन्न महत्वपूर्ण पदहरुमा रहेर सामाजिक जीवनको विभिन्न क्षेत्रमा तमु समाज युकेको संरक्षण, संवद्र्धन र विकास गर्न अहोरात्र खटिई अतुलनीय योगदान गरेका सामाजिक अभियन्ता व्यक्तित्वद्वय संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र पूर्वअध्यक्ष शिवशरण गुरुङलाई तमु समाज युके विशिष्ट सेवा पदकबाट सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वद्वयलाई कार्यक्रमका प्रमुख अतिथि लन्डन बरो अफ ब्रेन्टका मेयर भगवानजी चौहान, समाजका अध्यक्ष अर्जुनकुमार गुरुङ र आमा समूहका अध्यक्ष माया गुरुङले ताम्रपत्र प्रदानसहित ढाकाटोपी, फूलमाला र फेटा लगाई सम्मान गरेका थिए । 
यसैगरी तमु समाज युकेले प्रत्येक वर्ष ल्होछारको अवसरमा सामाजिक जीवनको विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वहरुलाई तमु समाज युके उत्कृष्ट समाजसेवा सम्मान पत्रबाट सम्मान गर्ने क्रममा यसवर्ष तमु समाज युकेले उत्कृष्ट समाजसेवा सम्मान पत्र २०१७ बाट सल्लाहकार सनमान गुरुङ, सल्लाहकार हितमान गुरुङ, आजीवन सदस्यता संयोजक भीमबहादुर गुरुङ, सहकोषाध्यक्ष कन्याप्रसाद गुरुङ, सल्लाहकार लेक्चरर लामा प्रेम गुरुङ, सल्लाहकार प्रेमबहादुर गुरुङ, सल्लाहकार ईमान घले, सल्लाहकार रेनुमाया गुरुङ, तारामान गुरुङ, भद्रकुमारी गुरुङ, पूर्ण गुरुङ, सोनिया घले, खुशीकला गुरुङ, नृत्य कोरियोग्राफर तथा पहिले गुरुङ चलचित्र पातें १का नायिका सरु गुरुङ राना, पाते २ का नायिका अनिता गुरुङ, सुनिता पाण्डे, मनिषा डंगोल र सन्तोष गुरुङलाई सम्मान गरिएको थियो ।
सांस्कृतिक कार्यक्रममा गुरुङ चलचित्रका नायिकाद्वय सरु गुरुङ राना र अनिता गुरुङको साथै स्थानीय कलाकारहरुको जोडदार प्रस्तुति रहेको कार्यक्रममा अर्को आकर्षण तमु समाज युकेको आमा समूह, युवा समूहलगायत कलाकारहरुको उत्कृष्ट नृत्यहरु प्रस्तुत गरिएको थियो । 
सांस्कृतिक कार्यक्रममा विभिन्न कलाकारहरुको मनमोहक नृत्य र कलाकार गोपाल गुरुङको गीत प्रस्तुतिमा बेलायतवासी नेपालीहरुले पनि नाचेर साथ दिएका थिए । सांस्कृतिक कार्यक्रमको कोरियोग्राफी गुरुङ चलचित्रका नायिका सरु गुरुङ रानाले गरेका थिए भने कार्यक्रमको सञ्चालन निरज गुरुङले गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष कुल आचार्य र सदस्य शान्ति थापा कुँवरको साथै मिस युके नेपाल २०१७ सिर्जना गुरुङलाई समाजको तर्फबाट सम्मान तथा बधाई ज्ञापन गरिएको थियो । यसैगरी म्याराथुन धाविका समीक्षा गुरुङ र धावक प्रशान्त गुरुङलाई सम्मान गरिएको थियो ।
सो अवसरमा नेपाल र अंग्रेजबीच सिन्धुलीगढीमा भएको युद्धमा नेपाली फौजको नेतृत्व गरी अंग्रेजको फौजलाई युद्धपरास्त गर्दै
नेपालको स्वाधिनता रक्षा गर्न सफल युद्धवीर सरदार बंसु गुरुङको तस्बिर तनहुँ समाज युकेका अध्यक्ष लेखबहादुर गुरुङ र उनको सन्तती केशर गुरुङबाट समाजलाई हस्तान्तरण गर्नुको साथै उनको सन्तती केशर गुरुङबाट छोटो चिनारी प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अतिथिको रुपमा ब्रेन्ट काउन्सिलको लिडर मोहमद बट, हउन्स्लोका पूर्बउपमेयर काउन्सिलर विष्णुबहादुर गुरुङ काउन्सिलर विलमिनियालगायत अन्य काउन्सिलरहरुको साथै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष कुल आचार्य, सदस्य शान्ति थापा कुँवर, तमुधिं युकेका पूर्वअध्यक्ष तथा तमु समाज युकेको भवन खिरद परियोजना संयोजक तथा सल्लाहकार सुबासिङ गुरुङ (बिईम), तनहुँ समाज युकेका अध्यक्ष लेखबहादुर गुरुङ, देवाचन बुद्धिस्ट सेन्टर युकेका संरक्षक तथा अध्यक्ष लामा धरम गुरुङ, पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङ, तामाङ समाज युकेका अध्यक्ष दिपक गोले, सोलिसिटर राजु थापा, कोडेक युकेका उपाध्यक्ष धन तामाङ, यती नेपाल एशोसिएसन युकेका पूर्वअध्यक्ष उमेशराज मोक्तान, गोर्खा च्यानल टिभिका बिमला सेने, लन्डन नेपाल न्युज डटकमका शिव भण्डारी, वि नेपाली न्युज डटकमका नवीन पोखरेल, गोर्खा नेपालीवेलफेयर सोसाइटीका सल्लाहकार शशी सुब्बा थापा, गोर्खा जिल्ला गुरुङ समाजका अध्यक्ष फडकजीत गुरुङ तथा तमु प्ये ल्हु संघ युकेका पूर्वअध्यक्ष जगत तमु, मगर संघ युके वेम्बली शाखाका महासचिबव गन्जबहादुर आलेलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको निम्ति समाजका आजीवन सदस्यहरु, कार्यसमिति सदस्यहरु, युवा समूह, आमा समूहका सदस्यहरुको साथै सल्लाहकार र समाजको शुभेच्छुकहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 
कार्यक्रमको अन्तमा सबैजनाले चाँद म्युजिक ओल्र्डको डिजेमा आफुखुसीको नाच नाचेर भरपुर मनोरन्जन लिएका थिए ।
कार्यक्रममा ओमकार गुरुङ र मिलन गुरुङले उत्कृष्ट फोटोग्राफी गरेका थिए भने भिडियोग्राफी बिबिएम ओल्र्ड टिभिका बिसन गुरुङ र साउण्ड सिस्टम चाद लामाले व्यवस्थापन गरे ।

 

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

TV Programme

 
  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions