ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

प्रलय आए पनि पार्टी एकता रोकिँदैन : योगेश भट्टराई



प्रलय आए पनि पार्टी एकता रोकिँदैन : योगेश भट्टराई

-

वामपन्थी राजनीतिका प्रभावशाली युवानेता हुन् योगेश भट्टराई । नेकपा एमालेको केन्द्रीय सचिव र प्रचार विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका नेता भट्टराई संसदीय चुनावमा पहिलोपटक विजयी बनेका छन् । २०६४ र ०७० को संविधानसभा चुनावमा काठमाडौं ६ मा पराजय व्यहोरेका उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा गृहजिल्ला ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन सफल भए । विजय हासिल गरेपछि भट्टराई अहिले काठमाडौंमा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया, राष्ट्रिय सभा निर्वाचनलगायत समसामयिक राजनीतिक गतिविधिमा घुलमिलमा व्यस्त छन् । पार्टी एकता नयाँ सरकार गठनअघि नै गर्ने तयारी रहेको युवा नेता भट्टराईले बताए । राष्ट्रियसभा निर्वाचन माघ २४ गतेका लागि सरकारले निर्धारण गरिसकेको छ । प्रस्तुत छ, एमाले सचिव एवं प्रचार विभाग प्रमुख भट्टराईस“ग पार्टी एकता र समसामयिक राजनीतिबारे एभरेष्ट टाइम्सका लागि टीकाराम तामाङले गरेको कुराकानी ।  
 
प्रतिनिधि र प्रदेशसभा निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा थियो, कहाँ पुग्यो प्रक्रिया ?
पार्टी एकताका केही प्रारम्भिक काम सम्पन्न भएका छन् । निर्वाचनमा हामी संयुक्त प्यानल बनाएर लड्यौं, जुन पार्टी एकताको पूर्वाभ्यास हो । त्यस्तै, संयुक्त घोषणा पत्र बनायौं, त्यो एकताको एक स्टेप माथि हो । अब हामी दुई पार्टीसहितको सरकार बनाउने भनेका छौं, त्यो थप एक स्टेप माथि हो । हामी सरकार बनाउनुभन्दा पहिले औपचारिक ढंगले पार्टी एकताको घोषणा गर्ने ठाउँमा पुग्छौं कि भन्ने कोसिस गर्दर्छौं । त्यसका निम्ति हाम्रो आन्तरिक तयारीका काम अगाडि बढिरहेका छन् । 
म स्पष्ट गर्न चाहन्छु, एमाले र माओवादी एकता नहुने हो कि भन्ने पछिल्ला समाचारहरु आइरहेका छन्, ती बिल्कुल गलत छन् । छिटो एकता भइदिएहुन्थ्यो भन्ने आममान्छेहरुको शुभचिन्ताले पनि केही निराशा जस्तो देखिएको हो । हाम्रो पार्टी अध्यक्षले एमाले पनि रहँदैन, माओवादी पनि रहँदैन नयाँ पार्टी बनाउँछौ भन्नुभएको छ । त्यसको मतलब हामी दुई पार्टीका विचार, सिद्धान्त, संगठन र नेतृत्वलाई एकै ठाउँमा मिलाएर नयाँ पार्टी बनाउँछौं । 
पार्टी एकता संयोजन समितिको बैठक बस्न सकिरहेको छैन नि ?
एकता भन्नेबित्तिकै विचार, सिद्धान्त, संगठन, नेतृत्व सबै कुरा मिलाएर नै हुन्छ । हामीले अहिलेसम्म आ–आफ्नो सिद्धान्त लिएर आएका छौं, एमालेले ‘बहुदलीय जनवाद’ भनेको छ । माओवादीले ‘२१ औं शताब्दीमा विकसित जनवाद’ भनेको छ । ती दुईटाका कतिपय साझा कुरा छन्, त्यसलाई एक ठाउँमा पाछौं । जुन कुरामा हाम्रा विमति अथवा असहमति छन, ती कुरा सकेसम्म आपसी छलफल, विमर्शबाट साझा धारणा बनाउने कोसिस गर्छौं । भएन भने थाती राखेर छलफलमा लाँदै गर्छाैं र एकता प्रक्रिया अगाडि बढ्छ । 
अब संगठनहरु र नेतृत्वलाई मिलाउने विषय अलि चुनौतीपूर्ण नै छ, त्यो सबैलाई थाहा छ । नेपालमा पार्टीहरु किन विभाजित भए । एमाले किन विभाजन भो, माओवादी किन विभाजन भो, कांगे्रस किन फुट्यो, राप्रपा किन फुट्छन्, मधेसी दलहरु किन फुट्छन् । सिद्धान्त नमिलेर भन्दा पनि नेतृत्व नमिलेर फुट्छन्, हिस्ट्री त्यस्तै देख्छौं । त्यसो हुँदा आज पनि हामी सचेत छौं । अब दुईटा पार्टी एक हुँदा प्रधानमन्त्री बनेका चारजना नेताहरु हुनुहुन्छ, केपी ओली, प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल । यस्तो भव्य व्यक्तित्व हुनुहुन्छ, भव्य व्यक्तित्वलाई बस्ने ठाउँ पनि भव्य नै चाहियो, त्यसको निर्माण हुनुपर्छ । 
तर, यहाँले केही दिनअघि दुई पार्टी एकतापछि शीर्ष नेताले सन्यास लिनुपर्छ भन्नुभयो नि ?
सन्यास भन्ने शब्द मैले प्रयोग गरेको छैन । पार्टीको नेतृत्वले यो तहको उपलब्धि हासिल गर्‍यो । दुनियाँमा नभएका क्रान्तिको उचाई हामीले नेपालमा प्राप्त गर्‍यौं । चाहे त्यो संविधान निर्माणको कुरामा होस्, चाहे संघीय लोकतान्त्रिक गणतन्त्रलाई घोषणा गर्ने कुरामा अथवा सामन्ती राजतन्त्रलाई वैधानिक र संवैधानिक बाटोबाट अन्त्य गर्ने कुरा होस्, चाहे दुई पार्टी एकता गरेर बृहत् कम्युनिष्ट आन्दोलन निर्माण गर्ने कुरा होस् । यी कुरामा हाम्रा नेतृत्वले ऐतिहासिक उचाई प्राप्त गरेका छन् । यो उचाईमा पुगेका नेताहरुले नयाँ पुस्तालाई अबको उत्तराधिकारी घोषणा गरेर उहाँहरु अभिभावक, हाम्रो सल्लाहकारको भूमिकामा बस्न सक्नुहुन्छ, त्यो बाटो छ भनेर मैले भनेको हुँ । त्यो बाटोमा जाने, नजानेमा उहाँहरुको इच्छा हो नि ! उहाँहरुका समर्थक, शुभचिन्तकले के भन्छन् स्वयम् उहाँहरु के भन्नुहुन्छ । मैले देखें प्रतिक्रिया मान्छेको अहिले त्यताको बाटो हिँड्न ठीक छैन । त्यसोभए ठीकै छ, उहाँहरु पार्टीका नेता हुनुहुन्छ । अध्यक्ष, प्रधानमन्त्री हुनुहुन्छ । त्यसमा मेरो टाउको दुखाइ के छ र । केपी ओली र प्रचण्डले छाडेर आज म हुने होइन, हुँदा पनि म भन्दा सिनियर मान्छे नै हुने हो । यो बाटो राम्रो छ भन्दा उहाँहरुलाई हिँड्ने इच्छा छैन भने, उहाँहरुका शुभचिन्तक, समर्थकहरु स्वयम् उहाँहरुले जुन बाटो हिँड्ने इच्छा व्यक्त गर्नुहुन्छ, त्यही बाटो हिँड्नुहुन्छ । 
विलम्ब गरियो भने पार्टी एकता नै हुन सक्दैन भन्छन् ?
अरु कसैले चाहेको भए त यो गठबन्धन निर्माण, संयुक्त उम्मेदवारी घोषणापत्र, एमाले–माओवादीको एकता प्रक्रिया अगाडि जान दिने कुरै होइन । नेपालको हित नचिताउने, हाम्रै हित नचाहनेले यो चाहेको कुरै होइन । उनीहरुले नचाहेका कुरा हामीले गरिरहेका छौं । उनीहरुले निर्देशन गरेको कुरा हामीले गर्ने होइन, हाम्रो आवश्यकताले गर्ने हो । म दृढताका साथ भन्छु, हाम्रो दुई पार्टीबीच एकता हुन्छ । एकता हुन नदिनेहरु सक्रिय छन् । त्यसका बाबजुद पनि हामीले पार्टी एकता गर्ने इच्छाशक्ति देखाइसक्यौं । त्यसका लागि जनमत र भौतिक परिस्थिति तयार छन् । हाम्रो दुई पार्टीको आत्मगत अवस्था पनि सुदृढ छ भने कुनै प्रलय आए पनि अब रोकिँदैन । यदि पार्टी एकता हुँदैन भने कुनै विदेशीहरुको चलखेलले होइन हाम्रै पार्टी नेताहरुको अनिच्छाले मात्रै हुँदैन । तर, हामी नहुनेतिर जाँदैनौं । 
एमाले र माओवादीका केही नेताले जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवाद नछोडी पार्टी एकता हुँदैन भनिरहेका छन् नि ?
यी कुरामा अहिले बहस नै छैन । ‘जबज’ र २१ औं शताब्दीको जनवाद छोड्ने भनेको होइन । त्यसका साझा विषय के छन्, त्यो लिएर अगाडि जाने हो । बाँकी कुराको निष्कर्ष निकाल्ने हो । जुन कुराको आज निष्कर्ष निस्कँदैन, त्यसले हाम्रो एकतालाई छेक्दैन । कम्युनिष्ट पार्टीमा वैचारिक मतभिन्नता हुन सक्छन् । त्यो बाबजुद पनि सांगठानिक र नेतृत्वको एकता हुन सक्छ किनभने हामी पार्टीभित्र भिन्न मतलाई पर्याप्त छलफलका लागि स्पेस दिन्छौं । लोकतान्त्रिक विधिद्वारा यी कुरा टुंग्याउँछौं । महाधिवेशन वा एउटा प्रक्रियाबाट टुंग्याउँदै जान्छौं । 
पार्टी एकता कहिलेसम्म घोषणा हुन्छ ?
एक ठाउँमा त आइनै सक्यौं । हाम्रो पार्टी कार्यालय मात्र एउटा धुम्बराहीमा छ, एउटा कोटेश्वरमा पेरिसडाँडामा । हाम्रो मन दुई ठाउँमा छैन ।
नेतृत्व प्रणाली कसरी मिलाउँदै हुनुहुन्छ ?
अगाडि अजंगको पहाड छ भनेर नै हामी पहाड चढ्न थालेका हौं । हिम्मतमा साथ उक्लिरहेका छौं, बेस क्याम्पभन्दा माथि नै गइरहेका छौं । अब तल झर्न अनुमति नै छैन हामीलाई । माथि नै जानुपर्छ, जान सक्छौं । हामी कम्युनिष्टहरु डोजरजस्ता हौं । आफ्नो बाटो आफैं बनाउँदै जान्छौं । बस, गाडीजस्तो होइन, डोजरले खनेको बाटोमा मात्र हिँड्ने । डोजरले अरुलाई हिँड्ने बाटो पनि बनाइदिन्छ, आफू हिँड्ने बाटो पनि बनाउँछ । अगाडि जाने देखिएन भने पनि त्यो बाटो बनाउँछ ।
यहाँनिर जोड दिने खोजेको डोजरले बाटो खनिसक्ने लक्ष्य भएजस्तै एकता घोषणा कहिलेसम्ममा हो ?
सरकार निर्माणको अवस्थामा पुग्नुभन्दा अघि नै पार्टी एक भएको घोषणा गर्ने ठाउँमा पुर्‍याउन गृहकार्य गरिराखेका छौं । 
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ परिणाम घोषणा गर्न अप्ठेरो छ भन्दै गर्दा सरकार गठन रोकिरहेको छ, यसको समाधान के ?
निर्वाचन आयोग र अहिलेको सरकारको देखावटी समस्या हो, वास्तविक, संवैधानिक समस्या होइन । उसले त्यो समस्या देखाएर ‘टाइम बाइ’ गरेर अनेक झमेला, षड्यन्त्र गर्ने समय उसले लिइराखेको छ । हामीले देखेको छौं, सफा बाटो छ, सरकार बन्ने । संविधानको धारा ७६ को १, २, ३ उपधाराले सरकार बन्ने बाटो देखाएका छन् । यहाँ अनेक बहाना बनाएर समय धकेल्ने कोसिस भइरहेको छ । 
निर्वाचन आयोगले सम्पन्न भएको निर्वाचन परिणाम किन रोक्का गरिराख्छ, किन सार्वजनिक नगर्ने ? परि णाम दिन उसलाई कुन संविधानले छेकेको छ । सरकारलाई प्रदेश, प्रमुखहरु नियुक्ति गर्न केले छेक्यो ।
आयोगले संविधानअनुसार परिणाम घोषणा गर्न अप्ठेरो छ, जबर्जस्त नगर्नु भनिरहेको छ नि ? 
कुनै संविधानले छेकेको छैन, आतंकले छेकेको छ । त्यो भविष्यमा देखिँदै जानेछ । 
यहाँहरुकै पार्टीका वरिष्ठ नेताले बाधा अड्काउ, फुकाउमार्फत् जानुपर्छ भन्नुभएको छ, त्यो भनेको संविधानमा त्रुटि भेटिने हैन र ? 
संविधानमा त्रुटि हुन्छन्, सच्याउँदै जानुपर्छ, संविधान बाइबल, गीता, पुराण पनि होइन । त्यो मान्छेको चेतनाले बनाएको डकुमेन्ट हो । संविधान बनाउने बेलाको अवस्था, परिस्थितिले त्यस्तो बन्यो । अभ्यास गर्दै जाँदा कतिपय जटिलताहरु आउँछन्, त्यसलाई फुकाउँदै पनि जानुपर्छ । भोलि नयाँ संसद बन्दैछ त्यसले कतिपय विषय संशोधन गर्न सक्छ । 
प्रदेश प्रमुख नियुक्तिमा सरकारको विलम्ब यहाँहरुसँग सहमति नभएर हो कि सरकारको अकर्मण्यता ? 
प्रदेश प्रमुखको नियुक्ति गर्ने नैतिक अधिकार यो सरकारसँग छैन किनकि त्यत्रो उल्लासमय वातावरणमा निर्वाचन सम्पन्न भयो । जनताले एउटा नयाँ म्यान्डेट दिइसक्यो । अब सरकार कस्तो बन्दैछ भन्ने कुरा पनि स्पष्ट छ, एमाले र माओवादी नेतृत्वको सरकार बन्दैछ । प्रत्यक्षमा यी दुईवटा पार्टीको दुईतिहाइ बहुमत छ । समानुपातिक समेत जोड्दा सुविधाजनक बहुमत छ, यो सरकार बन्ने म्यान्डेट हो । 
संसद् बनिसकेको छ, त्यसले औपचारिकता पाउन बाँकी छ । यो सरकारलाई संक्रमणकालीन अवस्थाका केही काम गर्ने अधिकार छ । यल्ले ठूला संवैधानिक निर्णयहरु गर्न सक्दैन भन्ने हाम्रो जिकिर हो । अन्तर्राष्ट्रिय अभ्यास पनि यही हो । केही क्षेत्रबाट बहस भए कि प्रदेश प्रमुखहरु नभइकन कोर्स अगाडि बढ्दैन भनेपछि त्यसको बाटो खुलाउन सरकारले अब मुखमै आएको नेतृत्व गर्ने दलहरुसँग सहमति कायम गरेर काम गर्नुपर्छ । उसलाई एक्लौटी गर्ने नैतिक अधिकार छैन । सहमतिमा प्रदेश प्रमुख, सहमतिमा प्रदेश राजधानीहरु तोक्नुपर्‍यो ।
निर्वाचनपछि स्थिरता, विकास, समृद्धिको नारा दिनुभएको थियो, सरकार गठनलगायत झमेलामा यस्ता प्रक्रिया सुरुआतीमा ढिलाइ हुनलागेको देखिन्छ नि ? 
जब हाम्रो हातमा सरकारको नेतृत्व आउँछ । त्यसपछि स्थायित्वको दिन सुरु हुन्छ । 
सरकार गठनमा भागबण्डाको लडाइँ सुरु हुने होला फेरि ? 
एउटै पार्टीको सरकार हो, एउटै पार्टीको सरकारमा कुनै मन्त्री निस्कन सक्छ, कुनै थपिन सक्छन् । कुनै ६ महिनामा निस्किएला, कुनै थपिएला । त्यो एउटै पार्टीको सरकार हो, दसवटा गठजोडको सरकार होइन । 
मुलुकमा सरकार बनेपनि पटक पटक सरकारविहीनताको आभास हुने गरेको छ ? 
हामी संविधानको भावना, मर्मअनुसार सुशासनका प्रत्याभूति गर्ने, विकास निर्माणका केही जग बसाल्ने, त्यसपछि स्थानीय तहहरुलाई बलियो बनाउने, जनउत्तरदायी बनाउने । यो प्रक्रियामा अगाडि बढ्दै गर्दा मुलुकमा एउटा परिवर्तनको आभास हामी ५ वर्षमा दिन्छौं । त्यो पाँच वर्षमा हामीले गरेका कामले आगामी चुनावहरु यो भन्दा कम मेहनतबाट जित्न सक्छौं । त्यो जनमत हामी निर्माण गर्न सक्छौं । अहिले माओवादी र एमालेको मत जोड्दा झन्डै ५० प्रतिशतभन्दा बढी मत छ । अर्को पाँच वर्षपछिको चुनावमा हाम्रो मत प्रतिशतलाई ६५ भन्दा बढी बढाउँछौं, हाम्रो कामको आधारमा । हामी कुनै परिणाम नदिइ त्यो कल्पना गरेका होइनौं । 
कम्युनिस्टहरु अहिले जुटे पनि चाँडै फुट्छन् भन्ने विश्लेषण पनि छ । 
विभाजन हाम्रो इतिहास हो । त्यो इतिहासको भारी बोकेर बसिरहँदैनौं । त्यो भारी फालेर नै जान्छौं हामी । यो संकल्प हो, हाम्रो ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

TV Programme

 
  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions