ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

खुद्रे स्वार्थमा जेलिएको राजनीति



खुद्रे स्वार्थमा जेलिएको राजनीति

खिम घले -

प्रतिनिभिसभा र प्रदेशसभाको निर्वाचनपछि मुलुकले निकास पाउने र मुलुक समृद्धिको बाटोमा लाग्ने अपेक्षा धेरैले गरेका थिए । त्यसैले बाम गठन्बधनको पक्षमा जनताले खुलेर जनमत देखाए । यस पछाडीको कारण केपी ओली र प्रचण्डको अनुहार मन परेर थिएन, लामो समयदेखि सरकार बनाउने र भत्काउने कार्यले विकास निर्माणदेखि मुलुकको प्रगति नै अबरुद्ध भएको कुरा धेरै नेपालीको मनमा गढेको थियो, त्यही भएर उनीहरुको आशा एमाले र माओवादीको गठबन्धनतिर बन्यो । अझ पार्टी एकता नै गर्ने उद्घोषले झनै आकर्षित बनायो । 
मंसिरको १० र २१ गतेका दिन जनताले आफ्नो अभिमत जाहेर गर्यो । तर, राजनीतिक दलहरुको मति भने सुध्रिएको देखिएन । आ–आफ्ना साना साना खुद्रे र छुद्रे स्वार्थका कारण एक महिनाभन्दा धेरै समय भइसक्दा समेत सरकार नयाँ बन्ने छाँटकाँट देखिएको छैन । सरकारमा रहेको र निर्वाचनमा नराम्रोसंग पराजय व्यहोरेको नेपाली कांग्रेसका नेताहरुले नत आफ्नो हार स्वीकार गरेर जित्नेहरुको लागि बाटो खोल्ने मनसाय राखेको देखिएको छ नत जितेका एमाले र माओवादीले नै सत्तारुढ कांग्रेसलाई इज्जतका साथ बहिर्गनको बाटो देखाउन सकेको छ । बाहिरबाट हेर्दा त्यसमा सबैले कानुनी कुरा गरेको देखिएपनि नेताहरुको व्यक्तिगत स्वार्थहरु टाँसिएर आएका कारण परिस्थिति जेलिएको हो । 
नेताहरुको व्यक्तिगत स्वार्थसंगै छिमेकीहरुको चलखेल पनि विस्तारै बढ्दै गएको छ । त्यसले कतै जनमतको अनादार हुने त होइन भन्ने आशंकासमेत देखा परेको छ । कुरायतिमा सिमित छैन, निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तादेखि राष्ट्रपतिसम्मले पनि आफ्नो स्पेश खोज्ने नाममा स्वार्थी मनसय राख्दा झनै जटिल बनेको बतायएको छ । यो लेखमा बिशेष गरेर के कस्ता कारणहरुले अहिलेको राजनीतिक परिस्थिति जकडिएको छ भन्ने विषयमा चर्चा गर्न खोजिएको छ । 
कानुनका नौ सिं
निर्वाचन आयोगका पदाधिकारीहरुले अहिले प्रतिनिधिसभाको समानुपातिक तर्फको मत परिणाम सार्वजनिक गरेका छैनन् । त्यसैगरी प्रदेशसभामा मनोनित भइसकेका समानुपातिक प्रतिनिधिहरुको नाम पनि कतै पेश गरेको छैन । उसको भनाईमा राष्ट्रियसभाको निर्वाचन विना प्रतिनिधिसभाको समानुपातिको परिणाम ल्याउन मिल्दैन भन्ने रहेको छभने अर्कोतर्फ प्रदेशसभाका समानुपातिकहरुको नाम कुन निकायमा पेश गर्ने स्पष्ट नभएको बताइरहेको छ । 
उसको भनाईमा राष्ट्रिय सभाको निर्वाचन र प्रदेश प्रमुखहरुको नियुक्ति पछि मात्र विधिवत् रुपमा प्रकृया अघि बढ्ने छ । तर, केही दिन अघि राष्ट्रपति विद्या भण्डारीले निर्वाचन आयोगका पदाधिकारीहरुलाई बोलाएर मत परिणाम छिटो सार्वजनिक गर्न भनेका छन् । यसले के देखाउछ भने कानुनमा छिद्रहरु छन्, त्यसैको आडमा निर्वाचन आयोग अडिएर बसेको छ । राष्ट्रिय सभाको निर्वाचन माघको २५ गते तोकिएको छ । सरकार राज्यपालहरुको नियुक्ति गर्दैन । आयोग यि दुई कामविना निर्वाचन परिणाम दिन मिल्दैन भन्छ । यसले आशंकाहरु पैदा गरेको छ । 
हुन त यि अडानहरुले जनमतलाई नै उल्ट्याउन सक्ने त होइन । तर, बेथितीहरु सृजना गर्न सक्छ । आफ्नो केही स्पेश बनाउन नसकेसम्म सत्ता नछाड्ने कांग्रेसको रणनीतिमा आयोगले साथ दिएजस्तो देखिएको यो परिदृष्यमा प्रमुख निर्वाचन आयुक्ता आयोधिप्रसाद यादवले आफ्नो भावी स्थानको सुनिश्चितताको खोजेको भन्ने पनि चर्चाहरुले काठमाडौं गर्ममाएकोे छ । यदी यसो हो भने एकै बर्ष तीन तहको निर्वाचन गरिसकेर राम्रो छवि बनाएका प्रमुख आयुक्ताको लागि कहिल्यै नमेटिने दाग हुनेछ यो । मुलुक र जनमतप्रतिको गद्दारी हुनेछ । 
कांग्रेसको दाउ
सत्तारुढ दल कांग्रेस यति बेला केही दिनकै लागि सही सत्ता लम्ब्याउने खेलमा छ । त्यसैले उसले चुनावमा भारी मतका साथ जित हाँसिल गरेका बाम गठबन्धनलाई अनेक कानुनी कुरा झिकेर अल्मल्याउने काम गरिरहेको छ । उसको सत्ता स्वार्थ यतिमा सिमित छैन, आफु सत्ताबाट बाहिरिंदाको अवस्थामा समेत सत्तामा आफुप्रति बफदारहरुको जमात तयार पार्न चाहन्छ, त्यो पनि कि पोजिशनहरुमा ।
राष्ट्रिय सभाको सन्दर्भकै कुरा गरौं । राष्ट्रिय सभाको निर्वाचन बहुमतीय हुने भए कांग्रेस २ नम्बर प्रदेशमा बाहेक अरु प्रदेशमा आउने अवस्था मै थिएन । त्यसै कारण पनि उसले एकल संक्रमणीयमा अडान लियो । त्यसलाई धेरैले समर्थन गरेपनि । तर, सरकारले राष्ट्रिय सभाको अध्यादेश आएकै दिन माघ २५ गतेका लागि चुनाव तोके । यसमा बाम गठबन्धनल बिरोध गरिरहेको छ । यति ढिलो गर्नु पर्नको कारण सोधिरहेका छन्, तर प्रधानमन्त्री शेरबहादुर देउवासंग त्यसको जवाफ भने छैन । यद्यपी सरकार र निर्वाचन आयोग त्यसभन्दा अघि निर्वाचन गराउने मुडमा छैन । जवकी संविधानले माघ महिनाभित्रमा सरकार बनाइ सक्नुपर्ने समयावधी तोकेको छ । त्यसैगरी प्रदेशहरुको अस्थायी मुकाम तोक्ने र प्रदेश प्रमुखहरुको नियुक्तिमा पनि सरकारले यस्तै रबैया देखाएको छ । आफुले चुनाव हारिसकेपछि पनि सत्तामा आउनेवाला दलहरुसंगको परामर्शमा नियुक्त गर्नुपर्नेमा र तोक्नु पर्ने यि विषयहरुमा आफुखुशी अघि बढ्ने कोशिस सरकारले गर्यो । त्यसमा बिशेष गरेर एमालेको कडा आपत्ति आएपछि मात्र सरसल्लाहको नाटक गरियो । त्योपनि सर्वदलीय बैठकको आह्वान गरेर । 
खास गरेर बाम गठबन्धनका नेताहरुले सरकारले आफुखुशी प्रदेश प्रमुख तोकेको अवस्थामा आफ्नो सरकार बनाएपछि हटाई दिने चेतावनी दिएपछि बल्ल प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकमा सहमतिको प्रस्ताव राखे । तर, बाम गठबन्धनका नेताहरुले सरकारले आफ्नो काम गर्न र आफ्नो सरकार बनेपछि आफुहरुले आफ्नो काम गर्ने बताइदिएपछि सरकार अहिले प्रदेश प्रमुख बनाउने मान्छे नपाएर छटपटिएको छ । खासमा आफुले निर्वाचनमा हारिसकेपछि कांग्रेस र प्रधानमन्त्रीले दीर्घकालिन प्रभाव पार्ने विषयहरुमा अव सत्ता सम्हाल्ने दलहरुसंग छलफल गर्नुपर्ने थियो । उनीहरुसंगको सहमतिको आधारमा अघि बढ्नु पर्ने थियो । तर, प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारको रबैया भने अझै पनि आफु बहुमतको सरकार जस्तै रहेको छ । यसले विश्वासको वातावरण बनाउने होइन, भत्काउने काम बढी भइरहेको छ ।
यसका कांग्रेसको आफ्नै स्वार्थछ । पहिलो, आफु अनुकुलमा व्यक्तिहरुलाई नियुक्ति गरिराख्ने जस्ले गर्दा आउने सरकारको कामहरुमा निगरानी गर्न सकुँ । आफ्नो स्वार्थ अनुकुल नभएको विषयहरुमा अवरोध गर्न सकुँ र केही हदसम्म अप्ठ्यरोमा पार्न सकुँ । दोस्रो, यो संक्रमणलाई लम्ब्याएर बाम गठबन्धनलाई टुटाउने कसरत अझ केही दिन गर्न सकुँ । अहिले कांग्रेसको सबैभन्दा प्रमुख एजेण्डा नै गठबन्धन तोडेर माओवादीलाई आफ्नो पक्षमा ल्याउने रहेको छ । यसरी एमालेलाई एक्ल्याउन सकेको खण्डमा सत्ता आफ्नो हातभन्दा बाहिर जाने छैन भन्ने कांग्रेसले बुझेको छ । यसमा कांग्रेस मात्र होइन, दक्षिणी छिमेकीको समेत चाहना मिलेको छ । 
वाम गठबन्धनको दम्भ
बाम गठबन्धनको गतिविधि पनि परिस्थितिलाई सहज बनाउने खालको छैन । प्रत्यक्ष निर्वाचनको मत परिणामसंगै उनीहरुमा अहमता र दम्भ बढेको छ । यही अनुसार नेता तथा कार्यकर्ताहरुको अभिव्यक्ति पनि आउने गरेको छ । त्यही दम्भका कारण पनि कांग्रेस नेताहरु अली बढी बिच्किएका हुन् । 
निर्वाचनमा पराजय व्यहोरेकै भएपनि कांग्रेस अझै पनि सशक्त प्रतिपक्षीको भूमिकामा हुने निश्चित छ । त्यस्तो अवस्थामा प्रजातान्त्रिक अभ्यासको कुरा गर्ने होभने प्रतिपक्षीको कुरा सुनिन्छि र मुलुकलाई अघि बढाउन प्रतिपक्षीलाई पनि विश्वासमा लिइन्छ । तर, बाम गठबन्धनमा त्यस खालको सुझबुझ देखिएको छैन । 
चुनाव जितिहालियो अव सरकार बनाउने र चलाउने त हाम्रो काम पो हो भन्ने पाराको बुझाई र बलमिच्याईका कारण पनि परिस्थिति पेचिलो बन्दै गएको हो । सरकार नबनाउँदै आफुलाई बेवास्ता गरेको महसुस गरेको कांग्रेसले यही कारण सत्ता छाड्नु अघि नै धेरै भन्दा धेरै विषयहरुमा बार्गेनिङ गर्ने प्रयास जारी राखेको छ । राजनीतिमा यसलाई अस्वभाविक मान्न पनि सकिन्न । त्यसैले गर्दा बाम गठबन्धनका नेताहरुले सोच्नु पर्ने कुरा के हो भने कांग्रेसलाई पनि सम्मानजनक स्थानमा राखेर अघि बढ्न खोज्दा जति सजिलो हस्तान्तरणको प्रकृया सुरु हुन्छ । त्यसरी नै उनीहरुलाई इग्नोर गर्न र बहुमतको दम्भ देखाउन खोज्दा कांग्रेसले पनि अड्को थापी नै रहनेछ । अहिले संक्रमणकाल नसकिएको अबस्थामा अड्को थाप्न र कानुनी अड्चन देखाउन मिल्ने धेरै ‘लुपहोल’ हरु छन् । त्यसैलाई समातेर अड्काउन सकिन्छ । अड्काई रहेको पनि छ । 
अन्त्यमा,
आफ्नो पार्टी र व्यक्तिगत स्वार्थहरुलाई थाँति राखेर काम गर्ने बेला हो यो । जनताले जुन ढंगको जनमत दिएको छ । यो अघि बढ्नको लागि बम गठबन्धनलाई आदेश हो भने कांग्रेसका लागि सावधान गराएको हो । खास बाम गठबन्धन र त्यसका नेताहरुको काँधमा मुलुकलाई अघि बढाउने अभिभारा छ । त्यो आफु एक्लै दौडेर होइन, प्रतिपक्षीलाई समेत विश्वासमा लिएर गर्नु पर्ने छ । र कांग्रेसकै कुरा गर्दा उसलाई अवको पाँच बर्ष सत्ता स्वार्थमा होइन, पार्टीलाई सुदृट बनाउने र प्रतिपक्षको रुपमा रचनात्मक काम गर्ने हो । सरकारले नराम्रो गरेको खण्डमा खवरदारी गर्ने र राम्रो काममा सघाउनु उसको कर्तव्य हो । अझै पनि यि दल र तिनका नेताहरुले नचेतेमा जनताले अर्को पटक आफ्नो फैसला बदल्ने छन् ।

तपाईंको प्रतिकृया

Type and Hit space to convert to Nepali Unicode (Press Ctrl+g to toggle between English and Nepali)

Comments

More Photo Albums

 
  • Photos

    TPLS UK Life Members Charity Dinner 2017

  • Photos

    Tamudhee UK Life Members Dinner Night 2017 photos

  • Photos

    Charity Dinner & Interaction Prog. with Dr. Mahabir Pun Magar

  • Photos

    तमु सांस्कृतिक साँझ युकेका कलाकारहरु

  • Photos

    ​Guildford Nepalese Community UK Dashain & Dipawali 2017

  • Photos

    National Day Celebration at the Embassy of Nepal, London

  • Photos

    Nepali Mela 2017 (Photos - Part 2)

  • Photos

    Nepali Mela 2017 (Photos - Part 1)

More Videos

 
  • Sagar Ale Magar & Sajan Ale Magar in UK lll Suna saili saili

  • The Vidyadhara Acharya Mahayogi Sridhar Rana Rinpoche at the Buddhist Community Centre, UK(Part - 1)

  • Buddha Lama lll Nepal Idol live in UK lll उ जितेर गई य हारेर गई

  • Pramila Rai lll Nepal Idol Live in UK lll KANCHHA HAU lll कान्छा हौ

  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

TV Programme

 
  • आर के साँझमा आर के र ममता जोडी बन्दै

  • Sagar Ale Magar in UK lll Salejo Fula ko Thunga, Fewa Tal ma Dunga lll 68,266 views

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

Upcomming Events

Public Poll

अब नेपालमा को प्रधानमन्त्री बन्नुपर्छ ?

केपी ओली
शेरबहादुर देउवा
पुष्पकमल दाहाल प्रचण्ड
वा अरु कोही ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions