ताजा समाचार

Promotions

  • click here
  • Everest Media Services
  • left one
  • click here
  • click here
  • click here
  • click here
  • left
  • click here
  • click here
  • click here
  • click here
  • click here

Latest News

प्रथम नेपाल आइडल बुद्ध लामा प्रथम नेपाल आइडल बुद्ध लामा
काठमाडौं । प्रथम नेपाल आइडलको उपाधि बुद्ध लामाले जितेका छन् ।

७५ स्थानीय तहको मत परिणाम सार्वजनिक, कांग्रेस अगाडि (सूचीसहिते) ७५ स्थानीय तहको मत परिणाम सार्वजनिक, कांग्रेस अगाडि (सूचीसहिते)
यही असोज २ गते निर्वाचन सम्पन्न भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये शुक्रबार साँझसम्म ७६ तहको मतगणना सम्पन्न भएको छ ।

स्थानीय तहको मतगणना जारी, सिरहा कर्जन्हामा माओवादी, धनुषा हंसपुरमा राजपा विजयी स्थानीय तहको मतगणना जारी, सिरहा कर्जन्हामा माओवादी, धनुषा हंसपुरमा राजपा विजयी
काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदा माओवादी केन्द्र र राजपाले खाता खोलेका छन् । माओवादीले सिरहाको कर्जन्हा नगरपालिकामा विजय हासिल गरे भने राजपाले धनुषाको हंसपुरमा जित निकालेका छन् ।

प्रदेश नं. २ मा कसले कति जित्ला ? प्रदेश नं. २ मा कसले कति जित्ला ?
काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन सकिएको छ । प्रदेश नम्बर २ मा भएको तेस्रो चरणको निर्वाचनमा कसले कति मत ल्याउने हो भन्नेबारे सबैको चासो छ । संविधानप्रति असन्तुष्टि राख्दै भएको आन्दोलनका कारण पनि कसले कति जित्ने भन्ने अन्यौलता छ ।

१३५ वटा स्थानीय तहको मतगणना जारी १३५ वटा स्थानीय तहको मतगणना जारी
काठमाडौँ । प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनमध्ये १ सय ३६ स्थानीय तहको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रा डा गोविन्द्र केसी पुनः आन्दोलनमा प्रा डा गोविन्द्र केसी पुनः आन्दोलनमा
काठमाडौँ । त्रिविवि चिकित्सा अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले विगतमा आफूले उठान गरेमा माग सरकारले पूरा नगरेको जनाउँदै चार सूत्रीय माग राखी पुनः सत्याग्रह आन्दोलन गर्ने जनाएका छन् ।

निर्वाचन आयोग, 'स्वतन्त्र, विवेकपूर्ण र गोप्यरूपमा मतदान गर्नुस्' निर्वाचन आयोग, 'स्वतन्त्र, विवेकपूर्ण र गोप्यरूपमा मतदान गर्नुस्'
काठमाडौ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि ज्यादै भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको हुँदा निर्धक्क भएर मतदानमा सहभागी हुन आम मतदातालाई आह्वान गरेका छन् ।

तेस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा तेस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा
काठमाडौँ । निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

काँग्रेसले जित्दा मधेशको मुद्दा सम्बोधन हुने प्रधानमन्त्री देउवाको दाबी काँग्रेसले जित्दा मधेशको मुद्दा सम्बोधन हुने प्रधानमन्त्री देउवाको दाबी
जनकपुरधाम । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेशीलाई घृणा र अपमान गर्नेलाई जवाफ दिन काँगे्रसलाई प्रदेश नं २ मा पहिलो दल बनाउन आग्रह गरेका छन् ।

आचारसंहिता पालना सम्बन्धमा सरकारलाई थप निर्देशन आचारसंहिता पालना सम्बन्धमा सरकारलाई थप निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले आगामी प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने गराउने सन्दर्भमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अरू निकायलाई थप निर्देशन/पत्राचार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् विस्तार आचारसंहिताविपरीत : निर्वाचन आयोग मन्त्रिपरिषद् विस्तार आचारसंहिताविपरीत : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तार आचारसंहिताविपरीत भएको भन्दै असन्तुष्टि जनाएको छ ।

नुवाकोट बस दुर्घटनामा ७ जनाको मृत्यु नुवाकोट बस दुर्घटनामा ७ जनाको मृत्यु
काठमाडौं । काठमाडौंबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नं को बस शनिबार बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा विदुर नगरपालिका–९ का २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमाया तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।

मेक्सिकोमा ८ म्याग्निच्युडको भूकम्प मेक्सिकोमा ८ म्याग्निच्युडको भूकम्प
मेक्सिको सिटी । मेक्सिकोमा बिहीबार अबेरराति शक्तिशाली भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग, युएसजिएसले जानकारी दिएको छ । भूकम्प ८ म्याग्निच्युडको मापन गरिएको पनि बताइएको छ ।

निर्वाचनलाई संघर्षकै स्वरुपमा प्रयोग गर्ने : राजपा निर्वाचनलाई संघर्षकै स्वरुपमा प्रयोग गर्ने : राजपा
काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले स्थानीय तहको निर्वाचनलाई संघर्षकै रुपमा प्रयोग गर्ने बताएको छ ।

प्रदेश २ मा उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहपूर्ण प्रदेश २ मा उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहपूर्ण
काठमाडौ । स्थानीय तहको तेस्रो चरणका असोज २ गते हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य बुधबार उत्साहपूर्णरुपमा भइरहेको छ ।

एमालेले अधिकांश स्थानीय तहको उम्मेदवार टुंग्यायो एमालेले अधिकांश स्थानीय तहको उम्मेदवार टुंग्यायो
काठमाडौँ । नेकपा (एमाले) ले आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि ११० वटा स्थानीय तहको उम्मेदवारको नामावली सार्वजनिक गरको छ । एमालेले पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीकातर्फबाट उठ्ने उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

निर्वाचनसम्बन्धी सबै कानून बनाउन सर्वोच्चको आदेश निर्वाचनसम्बन्धी सबै कानून बनाउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी कानून अविलम्ब निर्माण गरी निर्वाचन गर्न सरकारका नाममा परमादेश जारी गरको छ । न्यायाधीश दीपकराज जोशी र हरिकृष्ण कार्कीको संयुक्त इजलाशले सोमबार २०७४ माघ ७ गतेभित्र निर्वाचनसम्बन्धी सम्पूर्ण कानून बनाएर निर्वाचन गर्न परमादेश जारी गरेको हो ।

भारु ६८ लाख २० हजारसहित दुईजना पक्राउ भारु ६८ लाख २० हजारसहित दुईजना पक्राउ
काठमाडौँ । बनस्थलीबाट निषेधित भारतीय रुपैयाँ ६८ लाख २० हजारसहित शनिबार पक्राउ परेका दुईजना सो रकमको मालिक नभई भरीयामात्रै रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रदेश नं २ का लागि एमालेका उम्मेदवार तय प्रदेश नं २ का लागि एमालेका उम्मेदवार तय
काठमाडौँ । नेकपा एमाले को स्थायी कमिटीको बैठकले आउँदो असोज २ मा हुने प्रदेश नं २ का लागि एक महानगर र दुई उपमहानगरका उम्मेदवार चयन गरेको छ । पार्टीका अध्यक्ष केपी ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्रबाराहीमा शनिबार बसेको बैठकले वीरगन्ज महानगरपालिकाको प्रमुखमा वसरुद्धिन अन्सारी, उपप्रमुखमा सोफिया आचार्य, कलैया उपमहानगरपालिका े प्रमुखमा विनोद साह, उपप्रमुखमा प्रतिमा यादव तथा जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुखमा कृष्ण पौडेल र उपप्रमुखमा सरस्वती चौधरीलाई चयन गरेको हो ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन तालिका सार्वजनिक : पहिलो चरणमा ३२ र दोस्रोमा ४५ जिल्लामा निर्वाचन हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन तालिका सार्वजनिक : पहिलो चरणमा ३२ र दोस्रोमा ४५ जिल्लामा निर्वाचन हुने
काठमाडौँ (भदौ १५) । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा ३२ र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । भौगोलिक अनुकूलता समेतलाई विचार गरी पहिलो चरणमा आगामी मंसिर १० गते आइतबार हिमाली र उच्च पहाडी ३२ जिल्लामा तथा दोस्रो चरणमा मंसिर २१ गते बिहीबार पहाडी तथा तराईका ४५ जिल्लामा निर्वाचन सञ्चालन गर्ने निर्णय भएको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

क्षेत्र निर्धारण आयोगले पूरा गर्‍यो काम, प्रतिनिधिसभाका लागि १ सय ६५ संख्या तय क्षेत्र निर्धारण आयोगले पूरा गर्‍यो काम, प्रतिनिधिसभाका लागि १ सय ६५ संख्या तय
काठमाडौं (भदौ १४) । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभाको ३ सय ३० वटा निर्वाचन क्षेत्र निर्धारण गरेको छ । प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ७८ वटा निर्वाचन क्षेत्र तराईका २० जिल्लामा परेका छन् । कुल क्षेत्रको सो संख्या ४७ दशमलव २७ प्रतिशत हो । मधेसवादी दलले जनसंख्या अनुपातमा तराईका जिल्लामा ५१ प्रतिशत निर्वाचन क्षेत्र हुनुपर्ने माग गरिरहेको बेला यो क्षेत्र निर्धारणले विगतको तुलनामा एक प्रतिशत कम प्रतिनिधित्व हुने भएको छ । यसअघि २ सय ४० निर्वाचन क्षेत्र हुँदा ४८.३३ प्रतिशत मधेसको २० जिल्लाबाट प्रतिनिधित्व थियो ।

विविध कार्यक्रमसहित नवौं नेपाली मेला सम्पन्न, एम्बासडर कप यसवर्ष पनि लमजुङ समाज युकेको हातमा विविध कार्यक्रमसहित नवौं नेपाली मेला सम्पन्न, एम्बासडर कप यसवर्ष पनि लमजुङ समाज युकेको हातमा
एटा सम्वाददाता
क्याम्पटन पार्क । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’को नारासहित नवौं नेपाली मेला विविध कार्यक्रम गरी भव्य र उल्लासमय वातावरणमा सम्पन्न भएको छ । लन्डनस्थित क्याम्पटन पार्क, रेसकोर्षमा गत आइतबार २७ अगस्टका दिन सम्पन्न भएको नेपाली मेलाको एम्बासडर कप लमजुङ समाज युकेले हात पारेको छ । करिब १० हजारको उपस्थिति रहेको नेपाली मेलाको तमुधिं युकेका अध्यक्ष ज्ञाम गुरुङ, प्रमुख अतिथि एवं नेपाली दूतावास लन्डनका राजदूत डा. दुर्गाबहादुर सुवेदी, विशेष अतिथि एनआरएनए आईसीसीका अध्यक्ष एवं तमुधिं युकेका संरक्षक डा. शेष घले, मेला संयोजक उपाध्यक्ष हित काजी गुरुङ र पूर्वअध्यक्षहरुले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

भारत भ्रमण सफल भएको प्रधानमन्त्रीको दाबी भारत भ्रमण सफल भएको प्रधानमन्त्रीको दाबी
काठमाडौँ (भदौ १२) । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको बताएका छन् । व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा आफ्नो राजकीय भारत भ्रमणका बारेमा जानकारी गराउँदै उनले सो कुरा बताएका हुन् । उनले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रस्टरुपमा विषयवस्तु राखेको र समाधान हुने विश्वाससमेत पैदा भएको बताए ।

प्रधानमन्त्रीको भारत भ्रमण सफल देखिएको छ : अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको भारत भ्रमण सफल देखिएको छ : अध्यक्ष प्रचण्ड
धनगढी (भदौ १०) । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको देखिएको बताएका छन् ।

'प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुग्यो' 'प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुग्यो'
काठमाडौँ (भदौ ९) । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुगेको आरोप लगाएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि शुक्रबार बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने 'प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा नेपालको संविधान संशोधन प्रक्रियालगायतका विषयमा दिएको अभिव्यक्तिले नेपालको स्वाभिमानमा आँच पुर्‍याएको छ ।'

प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र भारतबीच ८ वटा समझदारी प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल र भारतबीच ८ वटा समझदारी
काठमाडौँ (भदौ ८) । नेपाल र भारतबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी आठवटा समझदारीपत्रमा बिहीबार हस्ताक्षर भएको छ । दुवै मुलुकका सम्बद्ध अधिकारीले ती समझदारीपत्र आदानप्रदान पनि गरेका छन् ।

More Videos

 
  • NRNA UK 2017 lll यसरी अध्यक्ष पदमा योग कुमार फगामी बिजय भए

  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll यसरी सिर्जना गुरुङ मिस युके नेपाल २०१७ भइन्

  • Milan Tamu Presents lll Rodhi Gharko Aganma lll New Kauda Song

  • Nepali Mela 2017 lll Tableau (Traditional Jhanki) Competition lll Full HD Video

  • Nepali Mela 2017 lll Dance Competition lll Full HD Video

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 1)

  • UK Dance Off 2017 1st Round Full HD Video

  • UK Dance Off 2017 Sangita Gaire lll Narendra Bhattarai

  • Uhi kholima pani को गायक Rajan Gurung ले बेलायतका दर्शकलाई यसरी नचाए

  • Ribhan Chaura Nathu prahalad Annual Get together Programme 2017

  • Simran & Alisa lll Kauda Dance lll रिभान चौर नाथु प्रहाल्द ङेह्रो पैंगिलामा परिवार यूके

  • MR UKNepal Bodybuilding Championship 2017 lll Full HD Video lll

  • Teriya Magar in UK lll Dancing in Hindi Remix III

  • Nepali Open Concert 2017 III Full HD Video III

  • Gurkha Cup 2017 III Full HD Video III

TV Programme

 
  • Peepal Mortgages 6th Miss UK Nepal 2017 lll Introduction Round

  • Tamu Dhee London Branch UK lll Teej Program 2017

  • Dhampus Pariwar UK 2017 lll 10th Anniversary Celebration (Part - 2)

  • The BCCUK lll London Branch Charity Dinner Night lll Culture Program lll

  • Hitkaji Gurung ( VP of Tamu Dhee UK) in Everest Channel Everest Channel Everest Channel

  • Jassita Gurung lll Winner of UK Dance Off 2017 lll

  • Launching Mamata Gurung's musical album "MAMATA" in UK

  • Buddha Jayanti 2017 lll Organized by BCCUK lll Full HD Video

  • His Holiness 42nd Sakya Trinzin Ratna Vajra Rinpoche at the BCCUK

  • Basti and Bayaan III Albums Launching III Ghan Krishna Thapa Magar II Full HD Video III

  • Raju Kaji Shakya at Gurkha Cup 2017

  • Ledley King नौमती बाजा मा नाच्दै/ नेपाल घुम्ने धोको

  • घन बहादुर थापाको एकैपटक ‘बयान’ र ‘बस्ती’ एल्बम विमोचन भब्य रुपमा सम्पन्न

  • Who will be a 5th UK Nepal ?

  • Tamu Dhee UK Lhochhar Day at BCCUK (30th Dec 2016)

Upcomming Events

Public Poll

संबिधान संशोधन प्रस्ताव कस्तो लाग्यो?

1) गर्नुपर्छ
2) गर्नुपर्दैन
3) चासो छैन ।

Everest Photos

Photos

Event Photos

Photos

Community Photos

Photos

Promotions