लन्डन । अमेरिका निवासी लोक गायिका गोमा गुरुङले बुवा शंखराज प्हच्यु गुरुङको ४९ औं दिनको पुण्यतिथिमा भोजन दान गरेकी छन् ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पेन्सलभेनियाको उपाध्यक्षसमेत रहेकी गोमा गुरुङले सोमबार काठमाडौंस्थित पवित्र समाज सेवा नेपालमा रहेका अनाथ बालबालिका, असहाय महिला र वृद्धवृद्धालाई बिहानको भोजन गराएकी हुन् । उक्त आश्रममा ६० भन्दा बढी आश्रित छन् । सन् १९५८ जनवरी १ मा जन्मिएका शंखराज गुरुङको २०२६ जुन ७ मा निधन भएको थियो ।
ज्येष्ठ नागरिक र बालबालिकालाई भोजन दान गरेकोमा गायिका गोमा गुरुङप्रति हार्दिक आभार प्रकट गर्दै सञ्चालिकाले स्वर्गीय शंखराज बुवाप्रति हार्दिक श्रद्धाञ्जली तथा श्रद्धासुमन व्यक्त गरिन् । साथै गोमाप्रति समवेदना व्यक्त गर्दै कार्यक्रममा उपस्थित महानुभावहरुलाई धन्यवाद व्यक्त गरिन् ।
भोजन दान कार्यक्रममा इनास नेपालमा अध्यक्ष तथा समाजसेवी ऋषि लामिछाने, गुरुङ कलाकार संघका महासचिव बलबहादुर गुरुङ, सचिव तथा लोक गायिका दुर्गा गुरुङ लगायतको उपस्थिति थियो ।
भोजन दान कार्यक्रम इनास पेन्सलभेनिया अमेरिको आयोजना र इनास नेपालको सहआयोजना भएको थियो ।






