‘भूतपूर्व सैनिकले राष्ट्रको सेवा तथा शान्ति स्थापनामा पुर्‍याएको योगदान अविस्मरणीय’

दाङ । दाङको घोराहीमा भूतपूर्व नेपाली सैनिकको सम्मेलन सम्पन्न भएको छ । ज्वालादल गण घोराहीको आयोजनामा भरतपुरस्थित व्यारेकमा भूतपूर्व सैनिक सम्मेलन–२०८२ सम्पन्न भएको हो । नेपाली सेना श्री नं १९ बाहिनी अड्डा तुलसीपुरका बाहिनीपति सहायक रथी दिवसराज रेग्मीको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो । सो अवसरमा सहायक रथी रेग्मीले भूतपूर्व सैनिकहरूले जीवनका उर्जाशील समयमा […]

अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरी सम्मानित

लन्डन । पर्वत समाज यूकेले पर्वतेली सफल व्यवसायी तथा अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरीलाई सम्मान गरेको छ । पर्वतका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ बेलायतको अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित च्यारिटी डिनरका अवसरमा एम्पायर हल अल्डरसटका प्रबन्ध निर्देशकसमेत रहेका गिरीलाई सम्मान गरिएको हो । उनलाई बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी, समाजका […]

तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ पर्वत समाज यूकेबाट सम्मानित

लन्डन । पर्वत समाज यूकेले तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङलाई सम्मान गरेको छ । पर्वतका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ बेलायतको अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित च्यारिटी डिनरका अवसरमा पूर्वअध्यक्ष तथा समाजसेवी गुरुङलाई सम्मान गरिएको हो । उनलाई बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी, समाजका अध्यक्ष सुरज पौडेल, श्रीमती एलिसा सुवेदी लगायतले सम्मान […]

पर्वत समाज यूकेबाट तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ सम्मानित

लन्डन । पर्वत समाज यूकेले तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलाई सम्मान गरेको छ । पर्वतका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको सहयोगार्थ बेलायतको अल्डरसटस्थित एम्पायर हलमा शनिबार आयोजित च्यारिटी डिनरका अवसरमा अध्यक्ष गुरुङलाई सम्मान गरिएको हो । उनलाई बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी, समाजका अध्यक्ष सुरज पौडेल, श्रीमती एलिसा सुवेदी लगायतले सम्मान प्रदान गरे […]

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई थप पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । न्यायाधीश जगतबहादुर पौडेलको इजलासले थप अनुसन्धान गर्ने तथा प्रमाणहरु बुझ्न र अनुसन्धानसम्बन्धी थप कार्यहरु बाँकी नै रहेकाले हिरासतमा राख्न मनासिव देखिएको उल्लेख […]

बेलायती राजदूत रब फेनलगायतको उपस्थितिमा ‘द एभरेस्ट ड्रिम’ को ‘प्रिमियर’

काठमाडौँ । ‘ट्रमाटिक ब्रेन इन्जुरी’ (मस्तिष्कमा गम्भीर चोट) भोगेका बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’ को ‘प्रिमियर’ गरिएको छ । आइतबार यहाँ नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ‘डकुमेन्ट्री फिल्म’ को प्रिमियर गरिएको हो । कार्यक्रममा नेपालका लागि बेलायती राजदूत रब फेनलगायतको उपस्थिति रहेको थियो । ‘ब्रेन इन्जुरी’बाट बाँचेका व्यक्तिहरूले सगरमाथा बेस […]

बेलायतमा नेपाली विद्यार्थीको मृत्यु, शव नेपाल पठाउन सहयोगको अपिल

लन्डन । बेलायतमा नेपाली विद्यार्थीको मृत्यु भएको छ । उच्च शिक्षाका लागि बेलायत आएकी २९ वर्षीया सिर्जना भुजेलको क्यान्सरका कारण शनिबार निधन भएको हो । उनको शरीर नेपाल लैजान सहयोग गर्न उनका आफन्तजनले अनुरोध गरेका छन् । साविक बाग्लुङ जिल्ला, हुग्दीसीर, बराहकोट निवासी कृष्ण बहादुर भुजेलकी बुहारी तथा कुमार भुजेलकी श्रीमती (हाल बसोबास रुद्रपुर, हरैया, […]

एनआरएनए प्रतिनिधिमण्डलले भेट्यो नेपाल पर्यटन बोर्डका सीईओ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल पर्यटन बोर्ड (NTB) का प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीसँग भेट गरेको छ। आइतबार ५ अप्रिलमा भएको भेटमा नेपाल र नेपाली पर्यटन प्रवर्द्धन, सांस्कृतिक महोत्सव, र दीर्घकालीन सहकार्यका विषयमा छलफल भएको छ। यस्तै पर्यटन प्रवर्द्धन, नेपाल महोत्सव, नेपाल हाउस, र […]

एनआरएनए यूकेका पूर्वउपाध्यक्ष डा नारायणदत्त कँडेल महान्याधिवक्तामा नियुक्त

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका पूर्वउपाध्यक्ष तथा अधिवक्ता डा नारायणदत्त कँडेल महान्याधिवक्तामा नियुक्त भएका छन् । नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले अधिवक्ता डा नारायणदत्त कँडेल (बागलुङ) लाई महान्याधिवक्तामा नियुक्त गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा उनलाई आइतबार नियुक्त गरिएको हो । […]

मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को अमूर्त सम्पदासूचीमा सूचीकरण गर्न माग

काठमाडौं । किरात राई प्रज्ञा परिषद्ले मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को अमूर्त सम्पदासूचीमा सूचीकरण गर्न माग गरेको छ । किरात राई प्रज्ञा परिषद्को आयोजना र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा शनिबार काठमाडौंमा सम्पन्न दुई दिने ‘मुन्दुम ज्ञान प्रणाली विषयक छैटौं प्राज्ञिक संगोष्ठी–२०८२’ पछि यलाखोम घोषणापत्र जारी गर्दै उक्त माग सार्वजनिक गरेको छ । ‘किराती समाजमा हजारौं वर्षदेखि सामूहिक […]

नेपालमा अब सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा शनिबार र आइतबार बिदा

काठमाडौं । नेपाल सरकारले अब हप्तामा शनिबार र आइतबार बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले खाडी युद्धले पेट्रालियम पदार्थ आपूर्तिमा असहजता उत्पन्न भएपछि भोली सोमबार चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थामा हप्तामा दुई दिन बिदाको निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले डिजेल तथा पेट्रोलियम […]

नेपालमा सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द

काठमाडौँ । ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द […]

error: Content is protected !!