नागरिकता र आर्थिक सहभागिता एनआरएनएको प्रमुख प्राथमिकता : अध्यक्ष डा. हेमराज शर्मा

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. हेमराज शर्माले संघको प्राथमिकतामा लगानी, नागरिकता, आर्थिक सहभागिता तथा विदेशमा रहेका नेपाली र नेपाल सरकारबीचको सम्बन्ध सुदृढीकरण प्रमुख रहेको बताएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमार्फत यी विषयलाई थप प्रभावकारी रूपमा अघि बढाइने उल्लेख गरे। उनले नेपाल सरकारले पनि डायस्पोराका […]
गोर्खा कप २०२६ को उपाधि राङ्भाङ एफसीको पोल्टामा

तमु धिं युकेद्वारा आयोजित प्रतिष्ठित ‘गोर्खा कप २०२६’ को उपाधि नेपाल राङ्भाङ एफसीले जितेको जानकारी तमु धिं युकेका खेलकुद सचिब क्याप्टेन दिपक घलेले दिएका छन् । बेलायतको अल्डरसटस्थित क्वीन्स एभिन्यू फुटबल मैदानमा सम्पन्न फाइनल खेलमा मुख्य टिमतर्फ (मेन टिम) गुरुजी इलियट टिमलाई २–० गोल अन्तरले पराजित गर्दै राङ्भाङ एफसीले उपाधि आफ्नो पोल्टामा पारेको हो। उपाधिसँगै […]
गीतकार जानु काम्बाङ लिम्बुको नयाँ कोसेली ‘१६ वर्षे जवानी’ सार्वजनिक

लन्डन । गीतकार एवं साहित्यकार जानु काम्बाङ लिम्बुको नयाँ कोसेली ‘१६ वर्षे जवानी’ सार्वजनिक भएको छ । बबिना किरातीको आवाजमा रहेको १६ वर्षे जवानी गीत २३ मे २०२६ मा जानु काम्बाङ अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उक्त गीतमा संगीत सुमन राई, एरेन्ज अमोश तामाङ, मिक्सिङ/मास्टरिङ गोभुन्डा सोनीले भूमिका खेलेका छन् । अभिनय बिना […]
धादिङ नुवाकोट समाज यूकेको १८औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन

लन्डन । धादिङ नुवाकोट समाज यूकेको २३ मेमा भएको १८औँ महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरिएको छ । नवगठित कार्यसमितिको नेतृत्व अध्यक्ष पदमा बुद्धि बहादुर तामाङ चयन भएका छन् । नवगठित कार्यसमिति यस प्रकार रहेको छ : अध्यक्ष – बुद्धि बहादुर तामाङ उपाध्यक्ष – शेर बहादुर पाखरिन तामाङ उपाध्यक्ष – थमु वाइवा उपाध्यक्ष – पेम्बा वाइवा […]
राखु समाज युकेको १४ औं वार्षिक साधारणसभा सप्पन्न [तस्बिरहरुसहित]

बिष्णु भण्डारी अल्डरसट । राखु समाज युकेको १४ औं वार्षिक साधारणसभा सप्पन्न भएको छ । बेलायतको क्याम्बर्लीस्थित रोयल मिलिटरी एकेडेमी स्यान्डस्टमा २३ मे २०२६ मा समाजको साधारणसभा सम्पन्न भएको हो । कार्यक्रम सन्चालन सचिव सुजता भण्डारीले गरेकी थिइन् भने हेल्थ एन्ड सेफ्टी संस्थाका संरक्षक मेजर डम्बर शाहीले जानकारी गराए । कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष सोभिता […]
क्व्होलासोथार जानका लागि चोम्रोदेखि तप्रो धर्मशालासम्म फुट ट्र्याक निर्माण गरिँदै

पोखरा । गुरुङ (तमु) समुदायको आदिम सभ्यता (पुर्ख्यौली थलो) क्व्होलासोथारसम्म जानका लागि (पहिलो खण्ड) कास्कीको ताङ्तिङ, क्रपुडाँडादेखि चोम्रोसम्म जाने फुट ट्र्याक सिँढी गोरेटो बाटोको निर्माण कार्य सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयको विशेष सहयोगमा आर्थिक वर्ष २०८१/०८२ को बिनियोजित बजेट तीस लाख लागतमा उक्त बाटो बनाइएको हो । यसैगरी आर्थिक वर्ष २०८२/०८३ […]
तमु साँस्कृतिक प्रतिष्ठानको रजत जयन्ती भव्य समापन, ६४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपाल द्वारा आयोजित “रजत जयन्ती समापन समारोह, स्मारिका विमोचन तथा छात्रवृत्ति वितरण कार्यक्रम” आइतबार पोखरामा भव्य रूपमा सम्पन्न भएको छ । संस्थाले २५ वर्ष पूरा गरेको अवसरमा एक वर्षसम्म सञ्चालन गरिएको रजत जयन्ती विशेष कार्यक्रमको औपचारिक समापन गरिएको हो । समारोहमा संस्थाको स्थापना कालदेखि हालसम्मका गतिविधि, तथ्यांक, विभिन्न प्रबुद्ध व्यक्तिहरूका […]
भारतमा तापलहर (लु) बाट १६ को मृत्यु, सतर्कता अपनाउन आग्रह

नयाँ दिल्ली । दक्षिणी भारतमा यस गर्मी मौसममा तापलहर (लु) का कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन् । देशका विभिन्न भागमा फैलिएको तीव्र लुपछि स्वास्थ्य सतर्कता जारी गरिएको छ । भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनहरूले जलवायु परिवर्तनका कारण लुहरू पहिलेभन्दा लामो, बढी आवृत्तियुक्त र बढी तीव्र हुँदै गएको […]
बेलायतका ‘इण्डो प्यासिफिक’ मन्त्री मल्होत्राद्वारा पशुपतिनाथको दर्शन

काठमाडौँ । बेलायतका ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गरेकी छन् । बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गरेको पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले जानकारी दिए । पशुपतिनाथको दर्शन गरेपछि उनले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गरेकी […]
बेलायतमा आज २४ औं गोर्खा कपको ‘महाकुम्भ मेला’ : विभिन्न विधामा ५६ टिम भिड्ने

तस्बिर : दिलमाया गुरुङ लन्डन । तमु धीं युकेको आयोजनामा आज आइतबार बेलायतमा ‘गोर्खा कप २०२६’को २४ औं संस्करण हुँदैछ । अल्डरसटस्थित क्वीन्स एभिन्यू आर्मी मैदानमा गोर्खा कप फुटबल प्रतियोगिता हुन लागेको हो । यस वर्षको गोर्खा कपमा मुख्य टिमतर्फ ३८, भेट्रानतर्फ १६ र महिलातर्फ २ गरी जम्मा ५६ टिमले सहभागिता जनाउने छन्। प्रतियोगितामा करिब […]