तेस्रो आदिवासी चलचित्र महोत्सवमा जसुलाई उत्कृष्ट निर्देशकको उपाधि

SHARE:

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघद्वारा आयोजित तीन दिने ‘तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०७६’ सम्पन्न भएको छ । महोत्सवको समापन चलचित्र विकास बोर्डको अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यता भएको हो । २० वटा चलचित्रमध्येबाट विभिन्न उत्कृष्ट ८ बिधामा अवार्ड प्रदान गरिएको थियो । जसमा छोटो चलचित्रको विधाबाट ‘पुल्टी’ उत्कृष्ट घोषित भयो भने सुनुवार समुदायमा आधारित तयार पारिएको वृत्तचित्र ‘छेँगु’ उत्कृष्ट भयो ।

त्यस्तै अन्य विधामा चलचित्र ‘यारी’बाट युवराज राईले उत्कृष्ट छायाँकारको उपाधि हात पारे । उत्कृष्ट महिला कलाकारको उपाधि बिनिता थापामगरले हात पारिन् भने उत्कृष्ट पुरुष कलाकारमा बलबहादुर गुरुङले जिते । त्यसैगरी उत्कृष्ट निर्देशक विधामा जसु गुरुङले उपाधि हात पारे भने उत्कृष्ट चलचित्र ‘के’(च्याब्रुङ)ले उपाधि जित्न सफल भएको छ ।

त्यसैगरी पब्लिक च्वाईस अवार्ड विधामा चलचित्र ‘रिजेनासा’ले प्राप्त गरेको छ । सफल र उत्कृष्ट चलचित्रलाई प्रमुख अतिथि चलचित्र बिकास बोर्डको अध्यक्ष भट्टराईले प्रदान गरेका थिए । उत्कृष्ट र उपाधि विजेता चलचित्रकर्मीलाई महासंघका अध्यक्ष अमृतबहादुर सुनुवार उपाध्यक्ष विकु थोकर र महासचिव पुर्खाजीत राई लगायत उपस्थित अतिथिहरुले बधाई तथा शुभकामना दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!