छुटे यातायात व्यवसायी महासंघका ६ पदाधिकारी, राष्ट्र बैंकद्वारा बैंक खाता रोक्का

SHARE:

काठमाडौं । हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् । आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात सञ्चालन गर्नेलगायतका लिखित प्रतिवद्धतामा हस्ताक्षर गरी उनीहरु रिहा भएका परिरका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

व्यवसायीहरुले कुनै लिखित प्रतिवद्धता जनाउन इन्कार गरे पनि प्रहरीले देशभरीका अन्य यातायात व्यवसायीलाई जस्तै उनीहरुलाई पनि लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेपछि मात्र रिहा गरेको हो । नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघले शुक्रबार देशभरीको यातायात बन्द आहृवान गरेको थियो । यातायातमा हड्ताल गरेको आरोपमा महासंघका महासचिव सरोज सिटौला त्यसै दिन पक्राउ परेका थिए भने अध्यक्ष योगेन्द्र कर्माचार्य, उपाध्यक्ष विजय स्वाँर, बसन्त भण्डारी, धर्म धिमाल, किरण खड्का भने शनिबार पक्राउ परेका थिए ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले फेसबुकमार्फत विना शर्त रिहा भएको जनाएका छन् ।

बैंक खाता रोक्का

नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ । गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आइतबार विभिन्न समितिको बैंक खाता रोक्का गरिएको जानकारी दिए ।

खाता रोक्का गर्न विवरण पठाउने क्रम जारी नै रहेकाले संख्या बढ्न सक्ने उनले बताए । सरकारले अनुमति दिएको खण्डमा मात्रै रोक्का गरिएको बैंक खाता फुकुवा गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता पौडेलले बताए । सरकारले शुक्रबार नै सिन्डिकेट पक्षधर यातायात समितिको बैंक खाता रोक्ने निर्णय गरेको थियो ।

प्रकाशित मितिः २३ वैशाख २०७५ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!