संघीय संसद्को दोस्रो अधिवेशन आइतबार सुरु, प्रतिनिधिसभामा चार र राष्ट्रियसभामा चार अध्यादेश प्रस्तुत

SHARE:

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विभिन्न चार अध्यादेश प्रस्तुत गरिएको छ ।

संघीय संसदको आइतबारदेखि शुरु भएको दोस्रो अधिवेशनको बैठकमा गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ प्रस्तुत गरे ।

त्यस्तै, कानुन मन्त्री तामाङले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५’ र ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७५’ पेश गरेका थिए । बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन, २०७५’ प्रस्तुत गरेका थिए । साथै, उनले राखेकफो नियमावली मस्यौदा समितिको म्याद थपसम्बन्धी प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले सभामुख र उपभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्षता गर्न खगराज अधिकारीको सट्टामा राधा ज्ञवालीलाई राख्ने प्रस्ताव पारित गरेको छ । अधिकारी नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतक भएका छन् ।

बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको ब्यहोरा पढेर सुनाएका थिए भने द्वितीय अधिवेशनको पहिलो बैठकमा शहीदको सम्झनामा मौनधारण गरिएको थियो ।

संसदमा शोक प्रस्ताव पारित
प्रतिनिधिसभा बैठकले पूर्वसांसद जागृतप्रसाद भेटवालको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

आइतबारको दोस्रो बैठकले पूर्वसांसद भेटवालको निधनप्रति शोक प्रकट गर्दै उनको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । पूर्वसांसद भेटवाल २०५१ सालमा नेकपा (एमाले) को तर्फबाट चितवन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित िथए ।

नेता भेटवालको ६५ वर्षको उमेरमा क्यान्सर रोगको उपचारका क्रममा गत चैत २१ गते बुधबार निधन भएको हो । संसद्को अर्को बैठक यही वैशाख २६ गते अपराह्न १ बजे बस्नेछ ।

राष्ट्रियसभामा चार अध्यादेश प्रस्तुत
संघीय संसद्को दोस्रो अधिवेशनअन्तर्गत संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाको बैठकको प्रारम्भमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सदस्यहरुलाई स्वागत गर्दै राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गरेर सुनाए ।

बैठकमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले समितिको प्रतिवेदन–२०७५ सभासमक्ष प्रस्तुत गरे । प्रतिवेदन प्रस्तुत गर्दै उनले राष्ट्रियसभालाई स्थायी सभाको चरित्र प्रदान गर्ने सोच अगाडि बढाइएको, अर्को सदन नभएको अवस्थामा राष्ट्रियसभाका एक चौथाई सदस्यहरुले निश्चित विषयवस्तु तोकेर बैठक बोलाउन माग गर्नसक्ने तथा प्रि–बजेटको छलफल गर्नसक्ने व्यवस्था प्रतिवेदनमा समेटिएको जानकारी दिए ।

यसअघि राष्ट्रियसभा नियमावली मस्यौदा समितिका सभापति गुरुङले समितिको म्याद थपसम्बन्धी सभामा राख्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ प्रस्तुत गरे । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ प्रस्तुत गर्दै चिकित्सा क्षेत्रमा राज्यको लगानी वृद्धि गर्ने, नियमन गर्ने तथा चुस्त र गुणस्तरीय तुल्याउने उद्देश्यका साथ अध्यादेश जारी भएको बताए ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग अध्यादेश, २०७५’ र ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवा शर्त र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५’ प्रस्तुत गरे ।

प्रकाशित मितिः २३ वैशाख २०७५

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!