काठमाडौं । हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज गीत पनि धमाधम सार्वजनिक भइरहेका छन् । यही भीडमा गायिकाद्वय चयन मगर, अनु गुरुङले संयुक्त रुपमा तीज गीत प्रस्तुत गरेका छन् । महिलाहरुको वर्षभरिको वेदना पोख्ने पर्वको रुपमा लिइने तीजलाई तीन चेलीले गीतिमाध्यमबाट समय परिवर्तन भएको सन्देश दिने प्रयास गरेका छन् । उनीहरुले गीतको बोल नै ‘जमाना फेरियो साइँलो दाइ’ राखेका छन् । गीतमा मोनिका पूर्जा पुनले पनि साथ दिएकी ५न् ।
सो नयाँ गीत अनु गुरुङको युट्युब च्यानलबाट सोमबार रिलिज गरिएको हो । भिडियोमा अनु, चयन र मोनिकाहरुले नै अभिनय गरेका छन् । स्वर अनु र चयन मगर गुरुङले दिएका छन् भने शब्द/संगीत खेम सेन्चुरीको छ । एरेन्जमा प्रसाद खप्तरी मगरले साथ दिएका छन् भने छायांकन सम्पादनमा पिटर देखा परेका छन् । निर्देशकको भूमिका भने खबपु चञ्चल मगरले निभाएका छन् ।
आधुनिक समयलाई स्वीकार्नु पर्ने सन्देश दिन खोजिएको तीज गीत जमाना फेरियो साइँलो दाइ २४ घण्टा नबित्दै १० हजार हाराहारीमा दर्शकले हेरिसकेका छन् ।






